सुख्खा पहिरोले एक महिनादेखि कर्णाली करिडोर अवरुद्ध 

सुख्खा पहिरोले एक महिनादेखि कर्णाली करिडोर अवरुद्ध 

 

 

 

कालिकोट  –  गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैं खुल्न सकेको छैन ।

 

करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका–१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैं खुल्न नसकेको हो ।

उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खरिरहेको छ । करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा समस्या आएको छ ।  “निरन्तरको पहिरोका कारण सडक सञ्चालन गर्न सकिएको छैन”, निशान्त निर्माण सेवा कम्पनीका प्रोप्राइटर प्रमुख अनन्त बरालले भने, “स्काभेटर पहिरो खसेको स्थलमा छन् तर काम गर्न सकिएको छैन ।”

 

 

पहिरो पन्छाउन नसकिए वैकल्पिक उपाय खोज्नुको विकल्प नभएको उनको भनाइ छ । उनले पहिरो खसिरहेको ठाउँमा तार जाली हालेर रोक्नुपर्ने बताए । “हावा चल्दा पनि पहिरो खसेकाले ज्यान जोखिममा राखेर माटो पन्छ्याउन सकिएको छैन”, हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले भने, “पहिरो रोकिएपछि काम सुरु गर्नका लागि मेसिनसहित जनशक्ति तयारी अवस्थामा छन् ।”

 

 

कालिकोटको खुलालुदेखि हुम्लासम्मको सडकखण्ड अवरुद्ध हुँदा कालिकोट, बाजुरा, मुगु र हुम्लामा खाद्यान्न अभाव हुँदै गएको कालिकोट रास्कोट नगरपालिका–५ स्युनाका रजबहादुर शाहीले बताए ।

कर्णाली करिडोरअन्तर्गत कालिकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर छ ।

चुनावको मुखमा  अवरुद्ध बाटो छिटो खुल्ला भन्ने आशा राखेका यहाँका नागरिकमा निराशा पैदा भएको छ ।  विभिन्न पार्टीका चुनावी अभियान पैदल हिँडेरै संचालन भइरहेका छन  ।

बाटो खुलाउन कुनै पहल कदमी भएको छैन ।

फोटोः

कर्णाली करिडोर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित