Online News Khabar

युनिकोड

एमाले कालिकोटले गर्यो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

0
SHARES
53
VIEWS

कालिकोट-   नेकपा एमाले कालिकोटले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।
शनिवार सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगेन्द्र शाही ((नेशनलले) सो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
प्रतिवद्धता पत्रमा निरन्तरको अविरल वर्षाले पारेको क्षती देखी गौरवका आयोजनाको निर्माण र सुरुवात समेटिएका छन ।
पत्रमा अविरल वर्षाले पारेको क्षतीको राहत र व्यवस्थापन, सडक अवरुद्ध पन्छाइ नागिरकको कष्टकर यात्रमा सहज, पर्यटकिय क्षेत्रको विकास, ९ वटै पालिकामा सरकारी भवन, गौरवका आयोजनाको निरन्तरता, कर्णाली करिडोरको स्थर उन्नती देखी राजमार्ग चारलेनको बनाउने सम्म प्रतिवद्धता गरेको छ ।

यस्तै पत्रकार सम्मेलनमा आउदो मंसिर ४ गते हुने प्रतेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एमालेका उम्मेदवार विजयी गराउन ५ सय ५१ सदस्यि निर्वाचन मुल कमिटि समेत घोषणा गरेको छ । पार्टी अध्यक्ष जसीप्रसाद पाण्डेको नेतृत्वमा गठन गरी परिचालन गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित