कालिकोट- निरन्तरको अविरल वर्षाका कारण पहिरोले ज्यान गुमाएका राँचुली गाउँका पहिरो पिडितलाई राहत वितरण गरिएको छ ।
राचुली गाउँमा वर्षाले असोज २३ गते ४ जनाको पहिरोमा परी ज्यान गुमाएका थिए भने, १६ जना वेपत्ता रहेका छन ।
पहिरो पिडित, मृतक र वेपत्ताका परिवारलाई हेलिकप्टर मार्फत खाध्यान्न देखी लत्ता कपडासम्मको राहत वितरण गरिएको छ ।
वर्षाले कर्णाली राजमार्गका ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध हुदा हेलिकप्टर मार्फत राहत वितरण गरिएको तिलागुफा नगरपालिका उप मेयर महेन्द्रबहादुर शाहीले बताए ।
भकारी परियोजना र विश्वखाध्याको सहयोगमा नगरपालिकाले पिडतको पहिचान गरी राहत वितरण गरेको शाहीले बताए ।
उप मेयर शाहीका अनुसार पहिरो पिडित ३५ घरधुरी, ४ जना मृतकका परिवार र १६ जना पहिरोमा परी वेपत्ता भएका परिवारलाई आवश्यक राहत वितरण गरेका छौँ ।
उनका अनुसार अहिले राँचुली गाउँ शोकमग्न अवस्थामा छ । यस घडीमा सहयोग र उद्धारमा सहयोग गर्ने सरकारी तथा गैर सरकारी निकायलाई धन्यवाद छ ।
असोज २३ गते गाउँका एक वृद्धको सव जलाउने क्र्ममा मलामी गएका स्थानिय १९ जना मध्य ४ जनाको सव भेटिएको थियो भने, १६ जना पहिरोमा परी वेपत्ता छन ।
वर्षाले अहिले पनी कर्णाली राजमार्ग देखी गाउँका ग्रामिण सडक अवरुद्ध अवस्थामा छन । सडक अवरुद्ध हुदा यात्रुलाई निकै सकस भएको छ ।
Discussion about this post