Online News Khabar

कालिकोटमा बालदिवस विभिन्न कार्यक्रम गरी मनाइयो

877
SHARES
1k
VIEWS

 

कालिकोट-   बालवालिकोको क्षेत्रमा चिन्तित रहेको यहाँका जनप्रतिनिधिहरुले बताएका छन । राष्ट्रिय बाल दिवस कार्यक्रममा बोल्ने अधिकांस स्तानिय तहका सरकारहरुले बालवालिकाका क्षेत्रमा लागानी समेत गरेको बताएका हुन ।

जिल्लाका ९ वटै स्थानिय तहमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुले बालवालिकाको क्षेत्रमा चासो र चिन्ता बढिनै रहेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । बालवालिका भविश्यमा मात्र कर्णदार हैनन् वर्तमानका पनी साझेदार भएको हुनाले बालवालिका को क्षेत्रमा १५ देखी २० प्रतिशत वजेट छुटाउनु पर्ने बताए ।

यस्तै तिलागुफा नगरपालिकाले २० वर्ष पूरा गरेर पनि बिवाह नगरेका २० जना किशोरिहरुलाई वडा नं ६ ले बालदिवसमा सम्मान गरेको छ ।
दिवसको अवसरमा किर्डाक नेपाल, सेभद चिड्यान, हुरेन्डेक नेपाल, सादा नेपाल लगायतका विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् ।

कालिकोटमा अहिले सम्म विभिन्न संघ संस्थाहरुको सहयोगमा बालबिवाह बिरुद्धको अभियान,बालकल्याण अधिकारी नियुक्त,बालबालिका सम्वन्धि स्थानिय नितिहरु,बालहित कोषको ब्यवस्था,बालमैत्रि स्थानिय शासन वडा घोषणा,बालहिसा मुक्त वडा घोषणा,बालबालिकाको क्षेत्रमा १५–२० %बजेट बिनियोजन,जोखिममा रहेका बालबालिकाहरुलाई सहयोग,बालबालिका बिरुद्ध हुने हिसाको सुनुवाइको लागि निशुल्क टोल फ्रि नम्वरको ब्यवस्था बालबालिकाका हिसाको केश ब्यवस्थापन गर्न केश वर्करको ब्यवस्था लगायतका थुप्रै कामहरु छन् ।

नेपालले बाल अधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

सम्बन्धित फोटोः
१) २० वर्ष पुगेर बिवाह नगरेकी किशोरी लाई नगरपालिकाद्धारा सम्मान ।

बाल दिवस मनाउन तिलागुफा नगरपालिका पुगेका बालवालिका ।

तश्बिर विश्वनाथ सिम्खाडा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित