कालिकोट — भोटेकोशीमा आएको बाढीका कारण रसुवास्थित जलविद्युत् आयोजनामा कार्यरत कालिकोटका ६ जना सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा नरहरीनाथ गाउँपालिका–१ सोतरगाउँका अनिपाल विष्ट र धिरेन्द विष्ट रहेका छन् भने खाँडाचक्र नगरपालिका ९ माइतिघर भइ खाडाचक्र नगरपालिका वडा नं ५निवासी रसुवा टिमुरे स्वास्थ्य चौकिमा कार्यरत अनमी सरिता मल्ल, उनका ३ महिनाका छोरा काव्यांश शाही र उनकी नन्द दुर्गा शाही र पलाता गाउँपालिकाका लक्ष्मण परिवार रहेको प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराइले जनाकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी भट्टराइका अनुसार बेपत्ता परिवारको जानकारी अनुसार मौखिक खबर प्राप्त भएको उल्लेख गर्दै यकिन बुझ्ने क्रममा रहेको जानकारी दिए ।
रसुवाका प्रहरी प्रशासन र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि र कम्पनी संग खोज उद्धारको लागी पहल गरिरहेको उनले बताए ।





