Online News Khabar

बिद्यालयमै महिनावारी आरम कक्ष

871
SHARES
1k
VIEWS

कालिकोट – रास्कोट नगरपालिका– २ कि १८ वर्षिय पुजा बमलाई स्कुल जान अहिले कुनै समस्या छैन । महिनावारी भएको बेला उनको स्कुलमा महिनावारी आरम कक्ष थिएन । हरेक महिनावारी समय र बिरामी हुदा उनी बिद्यालयमा नियमित स्कुल जानबाट बञ्चित हुने गरेकी थिइन ।
अहिले बिद्यालयमा महिनावारी कक्ष स्थापना भएपछी पुजा नियमित स्कुल जान थालेकी छन् । उनले भनिन,‘ हरेक महिनाको ५ दिन स्कुल गइल हुन्थे , किताब समेत छुन मिल्थेन , स्कुलमै पढ्दैगर्दा पेट दुख्ने रिगटा लाग्ने हुन्थ्यो यस्तो अवस्थामा बिचमा कलास नै छाडेर घर जानु पथ्यो अहिले स्कुलमै महिनावारी आरमकक्ष स्थापना भएपछी नियमित स्कुल जान थालेकी छु’ । यस्ता समस्या भएमा बिद्यालयकै आरमकक्षमा आरम गर्न पाएका छौ , खुशी हुदै पुजाले भनिन् यतिमात्र हैन आवश्यक विद्यालय नर्शमार्फत उपचार समेत पाउदा साचिकै आफुहरु भाग्यमानी भएको बताइन ।
पुजा मात्र हैनन् यस्ता समस्या झेल्दै आएकी रास्कोट नगरपालिका – ५ कि १५ वर्षिय रस्मी बमको पनी भनाई फरक छैन । महिनावारी हुदा,पेट दुख्दा पढाइ छाडरे घर जानु पर्ने बाध्यता थियो ।
अहिले स्कुलमै कक्ष स्थापना हुदा सहज भएको बताउछिन । आरम कक्षमा आवश्यक स्यानिटरी प्याड, सफा पानी, प्राथामिक उपचार साम्रगी, आरम गर्ने बेड तथा सरसफाइका साम्रगी व्यवस्था हुदा स्वास्थ्यमा सहज र नियमित स्कुल जान थालेका छौ ।

किशोरी विद्यार्थीलाई महिनावारी भएको समयमा सहज वातावरण प्रदान गर्न विद्यालयमै महिनावारी आराम कक्ष स्थापना गरिएको बडिमालिका माविका प्रअ पुष्पराज वरालले बताए ।
महिनावारीका बेला हुने शारीरिक असहजता, पेट दुख्ने, कमजोरी तथा मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालयमा आराम कक्ष सञ्चालनमा ल्याउदा अहिले किशोरीहरु नियमित स्कुल आउन थालेको वरालको भनाई छ ।
नगरकापालिका ४ वटा मावि र ६ वटा आधारभुत विद्यालयमा महिनावारी आरम कक्ष स्थापना गरिएको रास्कोट महिनावारी स्वास्थ्य र खानेपानी तथा सरसफाई स्वच्छ्रता सुधार पहियोजनाका संयोजक सुर्यबहादुर रोकायाले बताए । उनका अनुसार आराम कक्षमा आवश्यक स्यानिटरी प्याड, सफा पानी, प्राथमिक उपचार सामग्री, आराम गर्ने बेड तथा सरसफाइका सामग्रीको व्यवस्था गरिएको छ । यसले किशोरीहरूलाई विद्यालय नछोडी नियमित पढाइमा सहभागी हुन सहयोग पुगेको छ ।

विद्यालयमा सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्न यस्तो पहल प्रभावकारी बनेको रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाहीले बताए । स्थानीय तह तथा विद्यालय व्यवस्थापन समितिले किशोरी स्वास्थ्य र महिनावारी स्वच्छतामा विशेष ध्यान दिनु निर्देशन समेत दिएको शाहीले बताए । यति मात्र हैन रास्कोटको शैक्षिक सुधारमा पहिलो प्रथामिकता राखेर आगाडी बढेको प्रमुख शाहीको भनार्य थियो ।
प्लान इन्टरनेशनल नेपालको सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको सहजिकरणमा संचालित रास्कोट महिनावारी स्वास्थ्य र खानेपानी तथा सरसफाई स्वच्छ्रता सुधार पहियोजना अर्तगत रास्कोट नगरपालिकाका सामुदायिक विद्यालय भित्र सुरिक्षत खानेपानी, शौचालय निर्माण जस्ता जनचेतना मुलक गतिविधीहरु संचालनमा आइरहेका छन ।

सम्बन्धित फोटो ः
१)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित