कालिकोट – पुरुषले गर्ने काम महिलाले गर्दा अनौठो मान्ने र कुरा काट्ने हाम्रो समाजलाई एक सहासी महिला मधु शाही समाजको एक उदाहरण बनेकी छन् ।
कालिकोट खाडाचक्र नगरपालिका १ मान्म निवासी ३७ वर्षिय मधु शाहीले २०६८ सालमा काठमाण्डौको एकान्तकुना भैँसीपाटीबाट ६ महिनाको सिप बिकास तालिम लगिन् । ६ महिनामा उनले हाते होजिहारी, पार्लर, कुसम कवर, पर्दा लगायतका सिप सिकिन । सिकेको सिपलाइ सदुपयोग गर्न उनले जिल्ला सदरमुकाम मान्ममै कर्णाली युनिक तालिम सेन्टर खेलिन।
निकै मेहनत र लगानी गरेर सदरमुकामा तालिम सेन्टर खोलेकी मधुले सयौँ बिरोगार महिलालाई सिप सिकाउन थालिन । उनले सिकाएको सिपले बेरोजगारीले त रोजगारी पाइन भने एकल महिला र आर्थिक अवस्था निकै कमजोर महिलाको त जिबिको पार्जन गर्ने मुख्य आधार नै बन्यो । उनले रोजगार मात्र दिनन् कसैको भविश्य समेत बनाइन् ।
सिलाई बुनाई गदैगर्दा मलाई यस्तो सम्मको जातिय भेदभावको पिढा समेत सहनु पर्यो भन्दै मधु भावुक बनिन् । एक दिन म पसलमा काम गदै थिए । गाउँबाट एकजना बृद्ध मेरो पसलको अगाडी आउनु भयो । बृद्ध बुवाको जिउभरी पसीना र थकानमा देखिनुहुन्थ्यो । मैले मेरो बुवा जस्तै सम्झेर बुवा बस्नुहोस भन्दै कुर्सी छोडे । उनि कुर्सीमा बसे । मैले सोधे कहाँबाट आउनु भयो बुवा यती बृद्ध उमेरमा हिँडेर जिउभरी पसीना निकालेर भने । उनले भने म गाउँबाट आए छोरी । पानी खाएर आरम गर्नु भनेर पानी दिए तर, बुवाले पानी खादैन भन्नु भयो । बुवाले पानी नखानुको कारण रहेछ कपडा सिलाउने दमाईकि छोरी होलिन भनेर । ति बुवाले पछी अर्कै पसलमा गएर पानी खानु भयो । मधुले भनिन् हाम्रो समाज यस्तो छ । कसरी महिलाले काम गरी खानु । हुनत म ठकुरीकी छोरी थिए । कपडा सिलाउदा देखे उनले दमाईकी छोरी सोचेर पानी खानु भएन । त्यो कुरा पछी थाहा भयो । सिप सिक्न पनी यस्ता खाले जातिय भेदभावको सिकार बन्नु परेको छ । दमाईले सिलाएको कपडा माथिल्लो जात भनेर चिनिएकाहरुको शरिरमा कपडा चल्ने तर पानी चाही नचल्ने हामे कस्तो समाज बिडन्भना छ मधुले भनिन् ।
संघियतापछी जिल्ला सदरमुकामको चहलपहल घटेपछी अहिले महधुले कर्णाली प्रदेशको सुर्खेतमा कर्णाली महादेब ड्राइभिङ तालिम सेन्टर खोलेर केहीलाई रोजगारी त हजारौलाई गाडी चलाउन सिकाइरहेकी छन ।
हुने बिरुवाको चिप्लो पात भनेझै उनले सानै उमेरमा केही गरौ भन्ने हुटहुटी बोकेकी मधुले अहिले सुर्खेतमा ड्राइभिङ तालिम सेन्टर खोलेर हजारौलाई गाडी सिकाएर पास गराएकि छन । उनले भनिन अघिल्लो वर्ष मात्र सुर्खेत सेन्टरबाट तिन हजार र रुकुम पश्चिमबाट ५ हजार गरी जम्मा आठ हजार बिद्यार्थीलाई गाडी सिकाएर लाइन्सेन्स समेत दिसकेकी छु । केही गरौ भन्ने युवा युवतीलाई सरकारी क्षेत्रबाट सहयोग र हौसलाको कमि भएको उनले गुनासो पोखिन्। दिमानु दिन रोजगारीको खोजिमा युवा युवतीहरु बैदेसिक यात्रामा गइरहेको बेला नेपालमै केही गरौ भन्ने उद्यमिलाई सरकारले काम दिन नसकेको उनले दुखेको पोखिन । उनले भनिन् महिलाई डाइभर्नि समेत भन्छन । संख्या नराम्रो दिएपनी मैले हजारौलाई सिप सिकाएकी छु । अहिले पनी सुर्खेतमा धेरैलाई ड्राइभिङ सिकाउछु ।
यही महनत र परिश्रमले मैले कालिकोटमा एक घर र सुर्खेतमा जग्गा समेत जोडेकी छ । उनले भनिन् पुरुषको छुटै र महिलाले गर्ने काम छुटै हुदैन । सिप सवैले सिक्नु पर्छ । हामे समाजले महिलाई चुलो र चौकोमा मात्र सिमित गरिनाले महिलाले बाहिरको काम गर्न सक्दैनन् भन्ने गलत बुझियो । आखिर समय र मौका दिएपछी महिलाले पनी गर्न सक्छन भन्ने उदाहरण धेरै ठाउँमा बनेको देखिेकि छु मधुले भनिन । मलाई पनी मेरो श्रीमान धर्मराज शाही र घरपरिवारले अगाढी बढ्न सहयोग र हौसला दिनु भएको छ । महिला उद्यमि संघ कालिकोट जिल्लाको अध्यक्ष समेत रहेकी शाहीले आफु मात्र उद्योमि हेनन् जिल्लाका अन्य महिलाई उद्योग संचालन गर्ने प्रेरण समेत बनेकि छन ।
मैले सिपसिप का आधारमा गरिएको जातिय
Discussion about this post