कालिकोट – निर्माण उद्योगका विद्यमान समस्या समाधान गर्न सरकार उदासीन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
यसै अनुरुप कालिकोट जिल्लाका निर्माण व्यवसायीहरुले आइतवार सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएका हुन ।
निर्माण व्यसायी कमल शाही, भिम शाही,भानुभक्त आचार्य लगायतको टिमले जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र वुझाएका हुन ।महासंघको पुस २७ गते राजधानीमा सम्पन्न राष्ट्रिय भेलाले दिएको म्याडेन्टअनुसार भेलाबाट पारित भए बमोजिमको १४ बुँदे मागहरु देशका सवै जिल्लामा परीपत्र गरेर बुझाउन निर्देशन दिइएको थियो ।अहिले तत्काल सिमेन्ट र डण्डीमा बढाएको मुल्य तत्काल घटाउन माग गर्दै देशभर महासंघले खवरदारी गरेको छन ।
घोषित आन्दोलनका कार्यक्रम अनुसार महासंघले १४ बुँदे माग पूरा गराउनका लागि माघ ३ देखि ७ गतेसम्म प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका अध्यक्षहरू, सम्बन्धित संघीय सरकारी निकायमा ज्ञापनपत्र बुझाउने।सोही अवधिमा प्रदेश महासंघले सम्बन्धित मुख्यमन्त्री र जिल्ला संघले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई माग पूरा गराउन माघ १५ गतेसम्मको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने ।
यसैगरी महासंघले माघ १८ गते माइतीघर मण्डलामा धर्ना तथा माघ २० मा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने जनाएको छ । माघ २१ गतेबाट राजधानी प्रवेश गर्ने पूर्वी र पश्चिमी नाकाहरू ठप्प पार्ने चेतावनी पनि दिएको छ ।
माग पूरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै आयोजनाको निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने बताएका छन ।
कालोबजारीलाई सरकारबाटै संरक्षण भएको आरोप लगाउँदै निर्माण व्यवसायी शाहीले राज्य सीमित व्यक्तिहरूको सेटिङमा चल्दा उद्यमी तथा आमजनता निरीह भएको बताए । अव्यावहारिक ऐन कानुन तथा नीति नियमका कारण स्वदेशी तथा विदेशी कसैले पनि मुलुकमा काम गर्ने अवस्था रहेको उनको भनाइ थियो ।
file:///C:/Users/dell/Downloads/Gypan%20patra%20%20namuna%20Jilla_250116_152733%20(1).pdf
Discussion about this post