Online News Khabar

कुपोषित बालबालिकालाई पोषणयुक्त आहारा

869
SHARES
1k
VIEWS

कालिकोट – नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहारा बितरण गरिएको छ । केही समय पहिला गाउँपालिकाका वडा नम्बर १ देखी ४ सम्मका ६ महिनादेखी ५९ महिना उमेर समुहका बालबालिकाको कुपोषण अवस्था चेकजाँच गरीएको थियो ।
बालबालिकालाई गरिएको कुपोषण पहिचान शिबिरमा देखा परेका जम्मा४६ जना कुपोषित बालबालिकाका लागी पोषणयुक्त खाद्यवस्तु जस्तै एक क्यारेट अण्डा, पोषणयुक्त लिटो बनाउनको लागी एक बोला मसिना चामल, ५ केजी मास, मसुराको दाल,चना केराउ लगायतका पोषणयुक्त आहारा कुपोषित बालबालिकाका आमाहरुलाई बितरण गरिएको छ ।
एकजनालाई चार हजार छस य ७० गरी जम्मा ४६ जनालाई दुईलाख १४ हजार आठसय २० रुपैयाँ बरावरको पोषणयुक्त वस्तु वितरण गरिएको शसक्त किर्डाक नेपालद्धारा संचालित शसक्त बालिका परियोजनाका अधिकृत हिमाल आचार्यले बताए ।

कुपोषित बालबालिका फेला पर्नु भन्दा पहिले नरहरीनाथकै वडा नम्बर १ देखी ४ सम्मका २५ माहिला स्वास्थ्य स्वमसेविकालाई २५ वटा जाँच गर्ने टेप,२५ वटा उचाई जाँच गर्ने मेशिन, र २५ वटा तौल जाँच गर्ने मेशिन र स्वास्थ्य संस्थालाई तिनवटा उचाई नाप्नो मेशिन दिने छौ ।

पोषणमैत्री पालिका निर्माणका लागी सरकार संग समन्वय गरेर सान्नि र नरहरीनाथमा एकसय ३१ वटा पोषणमैत्री सत्र संचालन गरिसकेका छौँ । जसले गर्दा गर्भाअवस्था तथा सुनौला हजार दिनका आमाहरुले पोषणको महत्व र हरेक बार खाना चारको बारेमा जानकारी लिई व्यहारमा लागु गरिएको पाइएको आर्चायले बताए ।

विभिन्न उपकरण नरहरीनाथमा ४ वटा र सान्नित्रिवेणीको लागी ३ वटा स्वास्थ्य संस्थाको लागी प्रसुती गृहको लागी चाहिने उपकरण सहयोग समेत गरेको उनले बताए ।
नरहरीनाथ गाउँपालिका वडा र्नं १ देखी ४ नम्बर वडासम्मका ६ महिनादेखी ५९ महिना मुनी सम्मका जम्मा ५सय ३८ बालबालिकाको चेकजाँच गर्दा चौथिकोट र बडेमेला दलित वस्तीमा मात्र आठ जनामा फेला परेका थिए ।
शिबिरमा पाँच सय ३८ जना बालबालिकालाई चेक गर्दा ४१ जना मध्यायम खालको कुपोषण देखा परेको थियो भने ६ जनामा कडा खालको कुपोपण देखा परेको थियो ।
यस्तै वडा नम्बर ५ मा १२ जना मध्यम र २ जना कडा खालको कुपोषीत छन । क्रमश ६मा ५० जना मध्यम खालका, ७ मा ३७ जना, ८ मा १२ जना र ९ मा ६२ जना मध्यम र १ जना कडा खालको कुपोषित गरी जम्मा २ सय २२ जना कुपोषित बालवालिका रहेको नरहरीनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटीले बताए ।
उनका अनुसार तथ्यांकमा उल्लेख भएअनुसार वडाका स्वास्थ्य चौकिमा आएर चेकजाँच गरे अनुसारको लिष्ट मा हो । कती त अस्पतालमा नआएका कुपोषित बालबालिका गाउँमा धेरै छन् बोगटीले भने।” अस्पतालमा आएर चेकजाँच गरी कुपोषण देखा परेका फेरी नियमित अस्पतालको सम्पर्कमा आउन मान्दैनन् । विषेश गरी स्हार र आहार नपाएरै बालबालिकामा कुपोषण देखा पर्दै आइरहेको छ । ग्रमिण भेडहरुका बालबालिकालाई छाडेर मेलापात, घाँस दाउरा बनपाखा गर्नु पर्ने हुन्छ । उनिहरुको रेखदेख र स्हार नहुदा कुपोषण लाग्ने सम्भावना बढि देखा परेको प्रमुख बोगटीको भनाई छ

टोल टोलमा अभिभावक शिक्षा संचालन

यसैगरी सान्नित्रिवेणी अभिभावक शिक्षा समेत संचालन गरिएको छ । आमा समुह र बुवा समुह गरी दुईवटा समुहमा सान्निमा वडा नम्बर १, ४, ५ देखी ८ सम्मका आमा समुहमा प्रारम्भिक बाल बिकासमा आधारित रहेर शारिरिक, सामाजिक, मानशिक, संम्बेगात्मक, भाषिक बिकास र सर्वाङ्गिय बिकासमा रहेर तिनसय एक सत्र संचालन गरिएको छ ।
यस्तै आमा समुहमा मात्र हैन बुवा समुह निर्माण गरेर पनी कक्षा संचालन गरिएको परियोजना संयोजक बलिराज शाहीले बताए । प्रारम्भिक बाल बिकासमा आमा मात्र हैनन् बुवाको पनी भुमिका, सहभागिता बढाउन सान्निमा २६ र नरहरिनाथमा ४१ गरी ६७ सत्र संचालन गरिएको छ । जसले गर्दा बुवाहरु गर्भाअवस्थादेखी बाल बालबा लिकाको उचित स्याहार र संरक्षण, शिक्षा र पोषणमा बढी उन्मुख भएको देखिएको संयोजक शाहीको भनाई छ । यस अघी नरहरीनाथमा गाउँपालिकामा प्रारम्भिक बाल बिकासको एकिकृत तथा योजना मस्यौदा बनाउनको लागी दुई दिने गोष्ठि समेत सम्पन्न गरिएको थियो । साथै नरहरीनाथको आधारभुत अस्पताल र सान्निको मुम्रामा बाल उत्प्रेरण कक्ष समेत निर्माण भइसकेको छ ।

गाउँपालिकाका २१ टोलमा खानेपानी तथा सरसफाई सम्बन्धी कक्षा संचालन

नरहरीनाथ गाउँपालिकाका वडा नम्बर १ देखी ४ सम्मका वडा भित्रमा खानेपानी, सरसफाई तथा स्वछ्छता सम्बन्धी ५ वर्ष मुनीका बालबालिका भएका घरमुलीहरुलाई कक्षा संचालन गरिएका छन ।
खानेपानी तथा सरसफाईका ६ वटा सुचकहरु जस्तै चर्पीको गुणस्थर र प्रयोग, ब्यक्त्तीगत सरसफाई, सुरक्षित हात धुने स्थान, सुरक्षित पानीको प्रयोग, सुरक्षित खानाको प्रयोग र घर तथा आँगनको सरसफाईमा केन्द्रित रहेर कक्षाहरु संचालन गरिएका छन । यो संगै प्रत्येक महिनामा सत्रहरु सकिएपछी टोलको खानेपानी, सरसफाई तथा समन्वय समिती र सहजकर्ताले अनुगमन गर्ने गरेका छन । जसले गर्दा बालबालिकाको लागी सरसफाईको व्यवहार सुधारिदै गएको परियोजना अधिकृत आचार्यले बताए ।
गाउँपालिकाकाको पोषणमैत्री अभियानमा सहयोग र सहकार्य गर्ने विभिन्न संघ संस्था र किर्डाक नेपाललाई नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले धन्यवाद दिए ।
यो अभियानलाई कार्यन्वयन गर्न आउदो गाउँसभाले विषेश ढंगले वजेट व्यवस्थापन गर्ने प्रतिवद्धता समेत जायर गरे । प्लान नेपालको सहयोग र किर्डाक नेपालद्धारा संचालित शसक्त बालिका परियोजनाले नरहरीनाथ र सान्नित्रिवेणी गाउँपालिकामा काम गरिरहेको छ ।

सम्बन्धित फोटो ः
१) नरहरिना गाउँपालिकाका ४७ जना कुपोषित बालबालिकाहरुका लागी पोषण आहारा वितरण गरिदै ।

२) आमा समुहलाई बाल बिकास र सरसफाई सम्बन्धी का लागी जनचेतना जोगाउदै ।

तश्बिर विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित