Online News Khabar

गाउँमा सिंहदरवार पुग्यो नुन पुगेन

901
SHARES
1.1k
VIEWS

कालिकोट – स्वाद र स्वास्थ्यको दृष्टिले नुनको महत्व कम छैन । सहजै पाउने ठाउँकालाई त व्रत बस्दा मात्रै यसको महत्व थाहा होला । तर, हाम्रै मुलुकमा नुनका लागि अझै संघर्ष गर्नुपर्ने ठाउँ छन् । एक÷दुई किलो नुन पाउन तीन दिनसम्म पैदल मात्रै हिँड्न त सामान्य हो, आन्दोलन र ज्यान दिनुपर्ने अवस्था स्थानीयको छ । जुन नियती भोगिरहेका छन् कर्णालीका नागरिकले। व्यथा पुरानै हो। तर, अवस्था उस्तै छ।
काठमाण्डौको सिंह दरवार गाउँमा पुग्यो तर दैनिक जसो नखाइ नहुने नुन गाउँमा पुग्न सकेको छैन । पाँच पाकेट नुन लिनकै लागी गाउँबाट सदरमुकाम मान्म जानु पर्ने वाध्यता हटेको छैन । अधिकार सम्पन्न सत्ता सहितको संरचना गाउँमा पुग्दा पनी अझैसम्म नुन लिन सदरमुकामा मान्म धाउनु पर्ने वाध्यता रहेको छ ।

कालिकोटको नरहरीनाथ गाउँपालिका–८ कि राम्सरा दर्जीले दिनभरि लाइन बस्दा, बल्लतल्ल ११ किलो नुन पाइन्। ९ रुपैयाँ किलोको नुन किन्न आतेजातेमै दुई हजार रुपैयाँ खर्च गरिन् । एक बोरा उठाएर लैजाने मन थियो। तर, ११ किलो मात्रै दिने नियम बनाएको रहेछ’, दिनभरि लाइन लागेर ११ पाकेट नुन पाएकी उनले गुनासो पोखिन्, ‘सबै हिसाब गर्ने हो भने एक किलो नुनको २ सय रुपैयाँभन्दा बढी प¥यो।’

राम्सरा मात्र हैनन् सोही गाउँपालिका –९ सितलगाउँका नविन बि पनि ११ किलो नुन लिएर घर फर्के । ‘लालुको शितलगाउँदेखी सदरमुकामा मान्म सम्मको गाडी भाडा, खाना खर्च जोड्दा २५ सय रुपैयाँ खर्च भयो । तर, नुन ११ किलो पाइयो । घरमा नुन नभई नहुने । अब सरकारले नुन पनि दिन नसक्ने भयो । सिंहदरवारको अधिकार सवै गाउँमा गयो अधिकार सम्पन्न स्थानिय सरकार भनियो तर, नुन सदरमुकाममै रयो गाउँमा पुगेन । अरु सवै सेवा सुविधा गाउँमा पाइन्छ नुन लिनको लागी मात्र जिल्ला सदरमुकामै आउनु पर्ने वाध्यता हटेको छैन । जतिको सस्तो वस्तु पनि नपाउने भइयो यो देशमा’, निराश हुँदै विकले भने, ‘नुन त दे सरकार।’

जिल्ला सदरमुकाम मान्ममा साल्ट्र ट्रेडिङको डिपो कार्यालय छ । त्यहाँ गत आर्थिक वर्ष सरकारले पठाउने अनुदानको नुनको कोटा ३७ सय क्विन्टल हो। तर, असारसम्म त्यहाँ २६ सय क्विन्टल मात्रै नुन पुगेको छ । बाँकी नुनको कोटा ढुवानीमा भ्याट लागेकाले काटिएको हो।

यहाँका ९ वटा स्थानिय तहमध्य रास्कोट नगरपालिकामा मात्र नुन डिपो स्थापना गरिएको छ । रास्कोटका नागकिले पालिकाको डिपोवाटै नुन पाउन छन । रास्कोट र सदरमुकामा रहेको खाँडाचक्र नगरपालिका वोहकका सान्नि त्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका, तिलागुफा नगरपालिका, शुधकालिका गाउँपालिका र महावै गाउँपालिकाले पालिकामा नुन डिपो स्थापना गर्न सकेका छैनन्। त्यहाँका जनता नुनकै लागी जिल्ला सदरमुकामा धाउनु पर्ने बाध्यता हटेको छैन ।
अधिकार सम्पन्न स्थानिय सरकारले वैंकदेखी अन्य सुविधा पालिकाबाटै दिने गरेपनी नुन नागरिकता र मालपोत सम्बन्धीका कार्यहरु जिल्लामै राख्दा उपभोक्ताको नुनु र जिल्ला प्रशासन कार्यालयमा भिड हुने गरेको छ । अरु सवै सुविधा पालिकामा पाइरहेका छौँ नागरिकता त एक पटक जिल्ला पुग्नै पर्छ बनाउन गारो भएन । तर, दैनिक जसो आवश्यक पर्ने नुन लिनको लागी दुई हजार देखी ३ हजार खर्च गरेर जिल्ला सदरमुकाम आउनु पर्ने वाध्यताको अनत्य हुन नसकेको पलाँता गाउँपालिका २ कि अमना न्यौपानेले गुनासो गरिन् ।

नुन लिन लामोे बाटो हिँडेरै सदरमुकाम मान्म पुगिन तीन सय रुपैयाँको ३३ किलो नुन लाने उनको सोच थियो । तर, डिपोमा ५ किलोका दरले मात्र नुन बाडेको देख्दा निराश हुँदै उनले भनिन्, ‘म दुई दिनको बाटो हिँडेर नुन लिन यहाँ आएँ मलाई ३३ किलो देऊ न भनें । तर, कर्मचारीले मानेनन् । धेरै अनुरोध गरेपछि बल्ल सय रुपैयाँको ११ पोका दिए नुन लिएर फर्किएँ’, उनले भनिन्, ‘हामी कस्तो देशका नागरिक हौं। सुनभन्दा बढी नुन पाउन मुस्किल यहाँ । बजारमा सुन पसलहरू प्रसस्तै छन्। तर, नुन पाउने एउटै डिपो छ । त्यहाँ मागेजति नुन पाइँदैन्।’

संघियता लागु भए ६ वर्ष भयो अहिलेसम्म नागरिकले नुन लिन जिल्ला जानु पर्यो । उपभोक्ताले नुन पनि सहज नपाइने भन्दै प्रदेश र संघ सरकारको आलोचना गरेका छन् । ‘साल्ट ट्रेडिङ र प्रशासनको यो जनविरोधी निर्णय हो । जिल्लाभरीका मानिसलाई नुनका लागि मात्रै सदरमुकामा मान्म आउन बाध्य पारिएको छ । न गाउँमा डिपो स्थापना गरेर नुन मिल्छ न जिल्ला पुगेरपनी डिपोले मागे जति नुन दिने गरिएको छ’, नेपाल वार एशोसियशन कालिकोटका अध्यक्ष अमलराज शाहीले भने, ‘तीन तहको सरकारको योभन्दा निकम्पापन के हुन सक्छ ? जनतालाई नुन पनि उपलब्ध गराउन नसक्ने सरकार भएको के काम ?’ नागरिकको खन पाउनु पर्ने अधिकारको सरकारवाटै हनन् भएको आरोप लगाए ।

साल्ट्र ट्रेडिङ कर्पोरेसन मान्म डिपोका प्रमुखलालबहादुर बमले अहिले गोदाममा १७ सय क्विन्टल नुन मौज्दात रहेको बताए । ‘२ सय ८२ क्विन्टल नुन आउन वाँकी छ, त्यो नुन असोज महिना सम्मको १५ गतेसम्म पुगाउनुपर्ने हो। यस वर्षको लागी ३५ सय क्विन्टल नुनको ठेक्का भएको थियो । नयाँ ढुवानी भदौ असार पछि मात्रै हुन्छ’, बमले जवाफ दिए । उनले डिपोबाट सस्तोमा नुन किनेर बजारमा बिक्री हुन थालको पनी छ । राजनितिक दलको निर्णय अनुसार ११ पाकेट दिने गरेका छौँ । डिपोमै नुन अभाव भएकाले उपभोक्ताले मागेजति नुन दिन नयाँ ठेकेदारसँग सम्झौता गरेर छिटो नुन ढुवानी नभए फेरि डिपो बन्द गर्नुपर्ने अवस्था आउने उनले जनाए । ‘उपभोक्ताको मागअनुसार नुन कहिलै पुग्दैन । यहाँ त हामीले वितरण गर्दा जबरजस्ती पु¥याउनुपर्छ’, उनले भने ।

कालिकोटका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा केही महिना अघि बसेको बैठकले जिल्लाका ९ वटै पालिकामा डिपो स्थापनाको लागी निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । प्रमुख जिल्ला अधिकारी नेपाली भन्छन्,‘उपभोक्ताले गाईवस्तुलाई पनि त्यही नुन दिने गरेको पाइयो । डिपोबाट किनेर बजारमा पनि २०÷२५ रुपैयाँमा बिक्री गरेको पाइयो। अनुदानको नुन दुरुपयोग भएको पनी पाइन्छ । नुनकै लागी खर्च गरेर जिल्ला सदरमुकामा मान्म आउनु पर्ने वाध्यताको अन्त्य गर्न हामिले सवै पालिकाबाट कार्यपालिका वैठकको निर्णय मागेर माथी मन्त्रालयमा पठाएका छौँ । केही समयपछी नुनकै लागी जिल्ला धाउनु पर्ने वाध्यताको अन्त्य हुने नेपालीले बताए । केही महिना अघिसम्म पाँच पाकेट मात्र नुन दिने गरिएको थियो । अस्ती भर्खर वैठक बसेर एकजनालाई ११ पाकेट नुन दिने गरिएको छ ।
पालिकामा नुन डिपो स्थापनाकै लागी कार्यापालिकाले निर्णय गरी जिल्ला प्रशासनमा पठाइसकेको नरहरीनाथ गाउँपालिका प्रवक्ता प्रदिप वोहराले बताए ।नुनकै लागी जिल्ला सदरमुकामा जानु पर्ने वाध्यताको अन्त्य गर्न हामिले पालिकाले निर्णण गरेर पठाएको बोहोराले बताए ।

डोल्पामा पनि नुन अभाव

कर्णाली प्रदेशको अर्को हिमाली जिल्ला डोल्पामा पनि नुन अभाव छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पा डिपो प्रमुख प्रकाशबहादुर धामीले जिल्लामा उपभोक्ताको मागअनुसार नुन ढुवानीका लागि बजेट नहुँदा बर्सेनि अभाव झेल्नुपर्ने बताए।

उनले भने, ‘डोल्पामा गत आर्थिक वर्षमा ५ सय क्विन्टल नुन ढुवानीका लागि ठेक्का भयो। त्यो नुन ४ महिना नपुग्ने भएपछि फेरि थप ८ सय क्विन्टल नुन ढुवानी गरियो। उक्त नुन हाल गोदाममा २ सय क्विन्टल मात्र मौदजात छ। दिनहुँ ७० देखि ८० जनासम्म नुन लिन आउँछन्। हरेक व्यक्तिलाई २ किलोका दरले नुन वितरण गर्दै आएका छौं।’

भौगोलिक रूपमा धेरै बिकट रहेको डोल्पामा धेरै टाढाबाट आउने उपभोक्तालाई ५ किलोसम्म नुन दिने गरिएको उनले बताए। उनका अनुसार गोदाममा हाल २ सय क्विन्टल नुन मात्र छ। दिनहुँ नुन लिन आउनेको लर्को हुन्छ। तर, दसैंसम्म यही २ सय क्विन्टल नुन पुगाउनुपर्ने बाध्यता रहेको उनले जनाए।

मुगुमा पनि उस्तै सास्ती

साल्ट ट्रेडिङ कर्पोरेसनबाट सहुलियत दरमा वितरण हुने आयोडिनयुक्त नुन प्रयोग गर्न ग्रामिण भेगका सर्वसाधारणलाई दुई दिन लगाएर सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ। जिल्लाका चार स्थानीय तहमध्ये जिल्ला सदरमुकाम मगमढीमा साल्ट ट्रेडिङ कर्पोरेसनको डिपो कार्यालय छ। डिपो कार्यालयबाट सातामा तिन दिन नुन वितरण हुने गरेको छ।

खत्याड र सोरु गाउँपालिकामा बिक्री केन्द्र छ। ती दुवै केन्द्रमा वर्षको एकपटक पुस माघ महिनामा मात्र सर्वसाधारणलाई नुन बिक्री वितरण हुन्छ। मुगुम कार्मारोङ गाउँपालिकामा डिपो छैन। आवश्यक परेका बेला बिक्री केन्द्रबाट सहुलियत दरको नुन नपाएपछि खत्याड, सोरु र मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय दुई दिन लगाएर नुन लिन आउन बाध्य भएका हुन्।

गत आर्थिक वर्ष सदरमुकाममा रहेका डिपोका लागि १ हजार २ सय क्विन्टल कोटा आयोडिनयुक्त नुन आपूर्तिको मुन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनलाई स्वीकृति दिएको थियो। खत्याड र सोरु बिक्री केन्द्रलाई १, १ हजार क्विन्टल स्वीकृत गरेको भए पनि थप ८ सय क्विन्टल माग गरेकोमा हालसम्म स्वीकृत भएको छैन।

गएको वर्षको मौज्जाद ४ सय ४९ क्विन्टल ५० केजी नुन सदरमुकामस्थित डिपोको गोदाममा मौज्जाद छ। खत्याड र सोरु डिपोको लागी छुट्ट्याएको कोटा पुस र माघ महिनामा वितरण गरिसकिएको छ। अहिले सदरमुकाममा रहेको डिपोबाट छाँयानाथ रारा नगरपालिका भित्रकालाई ५ किलो र अन्य तिन पालिकाका सर्वसाधारणलाई नागरिताको फोटोकपी पेस गरी १० किलोसम्म प्रतिकिलो १० रुपैयाँका दरले बिक्री वितरण गरिँदै आएको कर्पोरेसन गमगढी डिपोका प्रमुख देबेन्द्रकुमार महतोले जानकारी दिए।

१० किलो नुन लिन तीन–चार हजार खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता रहेको मुगुम कार्मारोङ—५ का छिरिङ टासी लामाले सुनाए। वर्षको एकपटक पुस वा माघ महिनामा सदरमुकामबाट आएका कर्मचारीले गाउँपालिकाको जनप्रतिनिधिको रोहबरमा प्रतिघर २५ किलो नुन १० रुपैयाँका दरले बिक्री वितरण गर्ने गरेका छन्। २५ किलो वर्षभरि ठूलो घरपरिवालाई पुग्दैन र सबैका घरमा पशुचौपाया पनि हुन्छन्। यो नुनले नपुग्ने भएपछि कि दुई दिन लगाएर सदरमुकाम गमगढी जानुपर्छ। कि त छिमेकी जिल्ला बाजुराको कोल्टी पुग्नु पर्ने बाध्यता सुनाए खत्याड गाउँपालिका–१ का तारा बुढाले बताए।

डिपो र बिक्री केन्द्रबाट १० रुपैयाँमा पाइने नुन केही स्थानीय व्यापारीले जम्मा पारेर स्थानीय बजारमा २५ देखि ५० रुपैयाँमा बिक्री वितरण गर्दै आएका छन्। १० रुपैयाँमा पाइने नुन गाउँमा २५ देखि ५० रुपैयाँसम्म हालेर खानुभन्दा सस्तोमा पाइने आसमा आउन जान दुई हजार जिप भाडा तिरेर सदरमुकाम आउनु परेको सोरु गाउँपालिका–५ का बरम शाहीले सुनाए।
सम्बन्धित फोटोः
१) जिल्ला सदरमुकामको नुन डिपोमा नुन लिन लाइनमा बसेका स्थानिय ।
२)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित