Online News Khabar

पुनर्जीवन पाएको त्यो साँझ

2k
SHARES
2.4k
VIEWS

अचानक आफै मृत्युसंग जम्काभेट भएर जिउदै फर्किदाको अनुभबले चाहि बास्तबमै पुनर्जीबन पाए झैँ हुने रहेछ ।

दुर्घटनाको खबर आफैंमा अप्रिय र कहालीलाग्दो हुन्छ ,त्यो जहाँसुकै भएको किन नहोस् । बर्खायामको समयमा अविरल वर्षातको कारण देश तथा विदेशमा खोलानाला र नदिमा बगेर डुबेर होस् वा बाढी पहिरोले होस् धेरै नेपालीहरुले ज्यान गुमाउनु परेको ,अंगभंग भएको समाचार बर्खायाममा नियमित सुन्ने पढने गरिन्थ्यो । यसरी अविरल वर्षाको कारणले अकालमा ज्यान गुमाएको,अंगभंग भएको खबरले अत्यन्तै दुखित एवं मर्माहत बनाउथ्यो।

मृत्यु जस्तो शाश्वत कुरालाई न रोक्न सकिन्थ्यो न त छेक्न नै, संसारमा सबै कुराको उत्पति(जन्म)पछि विकास र बिनास(मृत्यु) निश्चित छ। मान्छे संसारको सबै प्राणीभन्दा जति संवेदनशील, चेतनशिल र विवेकशील छ त्यतिनै स्वार्थी,एकलकाटे र आत्मकेन्द्रित पनि। तसर्थ आफ्नो जीवन सबैलाई महत्वपूर्ण र प्यारो लाग्छ नै। मृत्युको नजिक पुगेर फर्कँदा जीवन बास्तबमै प्रिय हुने रहेछ। म त्यो घटना देखि महसुस गर्दैछु।

हुनत धेरैका मृत्युहरु नजिकबाट ननियालिएको पनि होइन म स्वास्थ्यकर्मी भएकोले अस्पतालहरु तिर पनि धेरैलाई आफ्नै अगाडि हेर्दा हेर्दै मृत्यु भएको देखेको पनि छु। म ११ बर्षको हुँदा करिब १३ बर्ष अगाडि मेरो आफ्नै जन्मदाता पुजनिय बुवा कर्णाली नदिमा बगेर लास समेत नभेटेको र घटना स्थलमा टोपी र चप्पल मेरै आँखाले देखेर यहि ठाउँमा डुबेर मृत्यु भएको यकिन पनि गरिएकै हो । बुवाको टोपीमा म आफैंले ११ बर्षको उमेरमा दागबत्ती दिई काजकिरिया समेत गरेको थिए। तर अचानक आफै मृत्युसंग जम्काभेट भएर जिउदै फर्किदाको अनुभबले चाहि बास्तबमै पुनर्जीबन पाए झैँ हुने रहेछ । किनभने बर्खायामको समय ,निरन्तर ५/६ दिन अविरल वर्षा भएको ,पुरै अँध्यारो पौने ८ बजे तिरको समयमा, उर्लिदो बर्खाको खोलामा,पुरै चिप्लो काइ लागेको साँघु बाट एक्कासि अचानक चिप्लिएर करिव ४०/४५ मिटर टाढा सम्म बगेर सकुशल बाँच्न पुगे।

कालिकोट जिल्लाको भौगोलिक रुपमा अत्यन्तै विकट मानिने पलाँता गाउँपालिकामा २०७६ देखि २०७८ साल सम्म जागिर गरियो। घटना थियो २०७८ साल भदौ ११ गते साँझ पौने ८ बजेको। पलाँता गाउँपालिकाको वार्ड नम्बर -९ थिर्पुको विच गाउँमा एउटा दाम्डी गाड(खोला) रहेको छ। त्यो खोलाको अलि माथी पट्टी झोलुङ्गे पुल पनि रहेको छ । तर बजार क्षेत्र अलि तल रहेको हुँदा मान्छेहरु आवतजावतको लागि खोलामा काठको पुल (साँघु) राखिएको थियो । बजार खोलाको दुबै साइडमा छ। त्यही साँघुबाट धेरै जसोले जति बेला पनि खोलामा आवतजावत गर्ने गर्थे। म त्यहाँ २ बर्ष सम्म रहदा त्यो साँघुमा सयौ पटक आवतजावत गरे हुँला । त्यही साँघु लगाएको ठाउँमा पक्की मोटरेवल पुल निर्माणको लागि खोलाको दुबै साइड डोजरले पुरै विगारेको थियो ।

बेलुकाको समयमा थिर्पुको बजार डुल्न म र मेरो सहकर्मी ज्वाइँ साब गोकर्ण धमाला गएका थियौं । कोठा खोलाको वारि साइड थियो २०७८ भदौ ११ गते साझ पौने ८ बजे हामी दुई जना मोबाइलको फलासलाइटको उज्यालोको सहाराले कोठा तिर फर्किदै थियौं । गोकर्ण धमाला अगाडि र म पछाडि भएर गफगाफ गर्दै हिनिरहेका थियौ खोला आयो खोलामा बर्खायामको उर्लिदो भेलको पानीको आवाजले बोलेको केही सुनिदैन थियो ,६/७ दिनको निरन्तर बर्षाले साँघु पुरै चिप्लो थियो खोलाको पानीले साँघु छुन खोजिरहेको थियो। हामी खोलामा हिडदै थियौ । म साँघुमा अचानक चिप्लिएर बगिसकेछु। गोकर्ण धमाला खोलाको वारि आएर पछाडि फर्केर हेर्दा धेरै तल करिव ४०/४५ मिटर मोबाइलको उज्यालो खोलामा रफ्तारमा दौडिरहेको थियो अर्थात् बगिरहेको थियो। त्यो मोबाइलको उज्यालो मात्र खोलामा बगिरहेको थिएन सँगै मपनी बगिरहेको थिए। त्यो खोलामा गोकर्ण धमाला र म मात्र थियौं । खोलामाङ पानीको आवाजले बोलाएको वा कराएको कोहि सुन्ने वाला थिएनन् । उहाँले एक्लै आँट गरेर उहाँ खोलाको जुन साइड हुनुहुन्थ्यो त्यही साइड बाट दौडेर मलाई बचाउन जानू भयो। म खुट्टा अगाडि र टाउको पछाडि भएर बगिरहेको थिए । एउटा कुरा बगिरहेको मान्छे अचेत नहुने रहेछ। त्यो अनुभव प्राप्त गरे। म पुर्ण रुपमा चेतमा थिए ,म बगिराछु बच्न पनि खोजिराछु ,एउटा मनले भन्दै थियो मेरो अन्तिम दिन आज रहेछ म अब मर्छु होला। त्यो खोलाको पानी कर्णाली नदिमा मिसिन्छ। नदि पनि धेरै टाढा थिएन करिव दुई सय मिटर जति टाढा मात्र म खोलामा बगिराछु मैले सोचिराछु कि नदि भेटिन लागि सक्यो म अलि बेगले अब नदिमा बग्छु होला।
भनेर सोच्दै बग्दै छु बच्न पनि खोज्दै छु त्यतिकैमा एउटा सानो छहरा भेटिन्छ म छहरा बाट तल पुगिसकेपछी खुट्टा अगाडि भएर बगिरहेकोमा अब मेरो टाउको अगाडि भएर एउटा ढुङ्गामा अडिएछु त्यहाँ सम्म पनि मोबाइल मेरो हातले कसिएर समातेको रहेछ । त्यो ढुङ्गामा अडिने बेलामा मोबाइल फालेर ढुङ्गामा कसिएर अंगालो हाले। त्यति गर्दै लगभग ५/७ मिनेट भइसकेको थियो। त्यति बेला नै ठ्याक्कै गोकर्ण धमाला त्यहाँ नेरै आइपुग्नु भयो। मैले हात दिएर तान्न भनिरहेको थिए उहाँको हातमा मेरो हात पुगिरहेको थिएन । उहाँले जोखिम मोलेरै साहसका साथ पानीमै पसेर मेरो हात समाउनु भयो र तान्नु भयो अनि पानी बाट बाहिर आए । खोलाको साइडमा पानी बाट बाहिर आइसकेपछि हेर्छु एउटा खुट्टामा जुत्तामोजा नै छैन हातमा मोबाइल छैन। यो घटनामा मोबाइलले मलाई ठूलो सहयोग गर्यो गोकर्ण धमालालाई म कहाँ छु भनेर भेटाउन सहयोग गर्यो। मैले ढुङा समातेर मोबाइल फाल्दा खोलाको छाल नजिकै पानीमै उज्यालो बलिरहेको देखिएको थियो। पछि आफै उज्यालो बन्द भयो। मलाई केही भएकै थिएन पानीमा पौडी खेलेर आएको जस्तो मात्र देखिएको थियो। मैले एकछिन आराम गरे गोकर्ण धमाला मोबाइल लिन जानू भयो त्यही समयमा थिर्पुको १/२ जना पनि आउनु भयो सबै लागेर मोबाइल पानी बाट निकाल्नु भयो तर मोबाइल खुलेन सिमकार्ड बाहेक अरु कुनै कामै लागेन।
म आफै सकुशल भएकोले पनि होला ३५ हजार बढीको मोबाइल बिग्रेकोमा पनि कुनै पछुतो लागेन। कोठामा आइयो गोकर्ण धमाला मलाई अंगालो हालेर पुरै रुनु थाल्नु भयो। उहाँले रुदै भन्नू भएको थियो तपाईं भविस्यको हाम्रो क्षेत्रको नेतृत्व हो आजै यति छिटै किन बित्नु हुन्थ्यो नि । मलाई पनि लाग्छ केही गर्न बाकी थियो र त बाचियो। घरबेटी राजु बम दाइ र भाउजू सुरिन्दा बम,सहकर्मी जनक बुढा सर लगायत त्यहाँ भएका २/३ जना मलाई देखेर छक्क परे लुगासहित लगाएको शरीर पुरै भिजेको छ ,एउटा खुट्टामा जुतामोजा नै छैन एउटा खुट्टामा जुत्ता लगाएको छ । म र गोकर्ण धमालालाइ आत्तिएको देखे के भयो भनेर सोधे हामीले भएको सबै घटना बतायौ। त्यत्रो घटनामा पनि घाइते नभएको र सकुशल बाचेको उपलक्ष्यमा भनेर बधाई दिए अभिर लगाइदिए। सबै मान्छे छक्क परे दुखित भए। मत खासै आतिएको थिइन गोकर्ण धमाला धेरै नै आत्तीएर काँपी राख्नु भएको थियो । घरभेटीले भात र माछा पकाएका थिए। मैले त टन्नै खाए तर गोकर्ण सरले एकदमै कम खानु भयो। राती सँगै सुतिरा थियौ उहाँ निदाउनै सक्नु भएन मत मज्जाले निदाए। उहाँलाई मानसपटलमा केही असर परेछ भोलिपल्ट बिहान केही अनुभुती सुनाउनु भयो। यो सत्य थियो तर मलाई सपना जस्तो लागिरहेको थियो र तपाईं म सँग सँगै सुत्नु भएको थियो तर तपाईं स्वयं मान्छे होइन कि भन्ने लाग्थ्यो भन्नू भयो। यस्तो डरलाग्दो दुर्घटनामा बाँचेर फर्किएकोमा भाग्यमा विश्वास नगरेपनि आज आफैलाई भाग्यमानी सम्झिरहेको छु ।

हामी त्यति बेला रास्कोट घरपायक सरुवाको पहलमा थियौ सहमति पत्रको लागि घटनाको भोलिपल्ट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमलाइ भेटन गैयो। त्यहाँ उहाँ लगायत केहि वार्ड अध्यक्ष र अन्य मान्छेहरु पनि हुनुहुन्थ्यो । त्यो कुरा उहाँहरुले पनि थाहा पाउनु भएछ। दुख व्यक्त गरि सकुशल भएकोमा बधाई दिनु भयो। र सरुवा सहमति दिने बचन समेत दिनु भएको थियो। हामी त्यही दिन गोकर्ण धमाला ,जनक बुढा र म मेरो घर आयौं । १ दिन मेरो घरमै बस्यौ। घरमा आमाले सकुशल भएपनी चिन्ता मान्नुहुन्छ भनेर भनेनौ। अलि अलि ज्यान त दुखिराथ्यो तर घटना भएको तेस्रो दिन देखि ज्यान अलि बढी दुख्न थाल्यो त्यसपछि आमालाई भन्नै पर्ने भयो सबै कुरा भने । त्यो दिन देखि केही महिना सम्मनै म आमाको अगाडि हुँदा हुँदै पनि धेरै चिन्तित हुन थाल्नु भयो। म बगेको घटना र १३ बर्ष अघि बुवा बितेको घटना पानीको कारणले नै हुन गएपछि आमाले पुरानो कुरा समेत सम्झिन थाल्नु भएछ। त्यसपछि बिस्तारै परिस्थिति सहज भएको थियो।
त्यो घटना भएको करिब १ महिना पछि मेरो र गोकर्ण धमाला सरको रास्कोट नगरपालिका सरुवा भयो। जनक बुढा सरको सान्नित्रीवेणि गाउँपालिकामा सरुवा भयो।

यो मेरो संस्मरण पढ्ने सबैलाई अफ्ट्यारो ठाउँमा यात्रा गर्दा रातिको समयमा नगर्नुहोस् र गर्नै परे तयारीका साथ टिमबद्व जानुहोस। सकेसम्म बर्षातको समयमा खोला,नदिको नजिक नै नजानुहोस अर्थात् यात्रा नै नगर्नुहोस् गर्ने परे साबधानी अपनाउनुहोस। धन्यवाद !

याे लेखका लेखक
रास्कोट नगरपालिका ९ थोल्मका शंकर प्रसाद बराल हुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित