कालिकोट पुष २५ – कालिकोटको शान्नित्रिवेणी गाउँपालिका–२ रकु की सुनिता बुढाले आजभन्दा ३ वर्ष अगाढी पहिलो सन्तानका रुपमा छोरा जन्माइन् । ३३ वर्षको उमेरमा एक छोरा र दुई छोरिको आमा बनिसकेकी बुढाले २०७७ साउन महिनामा फेरी चौथो सन्तानका रुपम छोरा जन्माइन ।
जन्मेको ६ महिना सम्म आमाको राम्रोसंग दुध आएन । दुध चुस्न समेत नसक्ने बच्चा बिस्तारै बिस्तारै ख्याउटे र कमजोर हुन थालेपछी सुनिताका श्रीमान जैदन बुढाले बच्चालाई गाउँको नजिकैको रकु स्वास्थ्य चौकिमा चेकजाँच गर्न लगे । उनको स्वास्थ्य चौकिमा चेकजाँच गर्दा नौ महिनाको उमेरमा जम्मा ४ किलो तौल देखियो । चेकजाँच गर्दा बच्चामा कुपोषण देखियो ।
कुपोषित देखिएपछी औषधी र पोषिलो लिटो पाए । नियमित पोषिलो लिटोको सेवनले कुपोषित बच्चाको स्वास्थ्यमा केही मात्रमा सुधार ल्याएपनी पुर्णरुपमा भने अहिले पनी निको भएको छैनन् ।‘गर्भावस्थामा श्रीमतीले पनि स्याहार पाइनन्, पछि जति स्याहार गरे पनि छोरा बिरामी परेको प¥यै भए,’ उनका पति जैदनले भने, ‘कुपोषणका कारण छोरालाई हुर्काउनै गाह्रो परेको छ ।’
गाउँको घरभन्दा माथी लेखतिरको घरमा बस्छौ यहाँ न औषधी पाइन्छ न आहारा कुपोषिति बच्चाकी आमा सुनिताले भनिन् ।
बिहान खाए वेलुका के खाने भन्ने चिन्ता हुन्छ कसरी पोषिलो खाने कुरा खान पाउनु दुख सुनाउदै भनिन् । गर्भ बसेको ८ महिनासम्म काम नगरी खान पाउदैन आरम भन्ने के हुन्छ थाहा छैन ।बच्चा त दुध समेत खान पाएन, भैसिँको दुध खुआएर बचाँए । बन जंगल नगरी खान पुग्दैन । गर्भवती हुदा अस्पतालमा चेक समेत गर्नु पर्छ भन्ने थाहा थिएन । एक पटक भने चेकजाँच गरेकी थिए । अहिले बावुको अवस्था केही रुपमा सुधार भएको छ ।
सुनिता बुढा मात्र हैनन सोही गाउँ रकुकी अरबिन्दा गिरीले गतवर्ष साउनमा २ वटा बच्चा जन्माइन । २४ ग्रामको छोरा र २८ ग्रामकी एक छोरी जन्माइन । जन्मेको ५ महिनासम्म दुध राम्रो संग आएन । त्यसपछी दुवै बच्चा बिस्तारै कमजोर र ख्याउटे हुन थाले । कुपोषण लागेको थाहा भएन पछी अस्पतालमा चेक गर्न गर्दा कुपोषणले छोएकोे थाहा भयो । अस्पतालबाट नियमित पोषिलो लिटो खुवाएपछी निको हुदै गयो । अहिले छोरी ९ किलो र छोरो ८ किलो तौल छ । गर्भावस्थामा चेकजाँच र भिटामिन खाएकै हुँ । आरम भने पाउथेन ।
रकुमा मात्र हैन शान्नित्रिवेणीका टोलै पिछ्छे कुपोषित बालबालिका अन्य क्षेत्रभन्दा बढी भेटिएका छन । वडा नं १ लुसाकी ३१ बर्षीय बशन्ता न्यौपानेले दुई वर्ष अघी छोराको जन्म दिइन् । जन्मदेखिनै कमजोर देखिएका उनका छोरा चैत्र महिनामा गाउकै स्वास्थ्य संस्थामा चेकगर्दा कुपोषण देखियो । अस्पतालबाट नियमित औषधी संगै पोषणयुक्त सर्वोतम लिटो खुवाउन सुरु गरे । पछी यसले पनी निको भएन । पछी सुर्खेतमा जेठ २१ गते चेकगर्दा बावुलाई टिबी देखियो ।
अहिले बावु १७ महिनाको भयो ९ केजी छ । पहिलाभन्दा सुधार भइरहेको बशन्ताले भनिन् । बशन्ता अम्बिका देखी बिद्यालय रकुकी बाल बिकास शिक्षीका समेत हुन ।
जिल्ला स्वास्थ्य कार्यालयले गत वर्ष कुपोषण नियन्त्रणका लागि ५ लाख रुपैयाँ खर्च ग¥यो । दसवटै स्थानीय तहले पनि १० देखी १५ लाख रुपैयाँसम्म खर्च गरिरहेका छन । तर कुपोषण घटेको छैन । गत वर्ष शान्नि त्रिवेणी गाउँपालिकाले २, रास्कोट र नरहरीनाथ गाउँपालिकाले ३÷३ लाख, रुपैयाँ कुपोषण बिरुद्ध खर्च गरेको तथ्यांक छ । शान्नि त्रिवेणी गाउँपालिकाबाट यो वर्ष शुन्य वजेट रहेको स्वास्थ्य शाखा प्रमुख मिनबहादुर विष्टले बताए । सन्तुलित खानपानको अभाव, सानो उमेरमा बच्चा जन्माउनु, आमाहरूमा स्तनपानको ज्ञान नहुनु, चेतनाको अभावलगायत कारण कुपोषण घट्न नसकेको प्रमुख बिष्टको भनाई छ ।
सुनौला हजार दिनका आमा,बच्चा र गर्भवती आमाहरूले अहिले सम्म पोषण खाद्य वस्तु पाउन सकेका छैनन् ।
गाउँपालिका संग पोषण मैत्री गाउँपालिका बनाउन वजेट माग्दा पनी वजेट नपाएको प्रमुख विष्टले बताए । अहिले गर्भवती आमालाई लिटो र आइरन चक्की मात्र नियमित दिन सकेका छौँ । अन्य पोषण खाद्ययवस्तु दिन सकेका छैनौ ।
गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा र स्वास्थ्य इकाइ सेवा केन्द्रबाट पहिलो वर्षमा अण्डा, लगायतका पोषणयुक्त वस्तुहरु बितरण गरेका थियौ । अहिले छैन । गाउँपालिकाले वजेट दिएन बिस्टले भने’ ।
यसैगरी यहाँ मृत्यु भएका बालबालिकाको तथ्यांक कसैले पनि राख्ने नगरेको शान्नि त्रिवेणी गाउँपालिका– १ रकु स्वास्थ्य चौकिका प्रमुख दृर्घबहादुर नेपालीले बताए ।
‘त्यस्तो रेकर्ड त कसैले राख्ने गरेको छैन, टोलटोलमा गएर बुझ्ने हो भने सबै डाटा आउन सक्छ,’ उनले भने । उनले रकुमा कुपोषणको अवस्था भयावह रहेको र कुपोषणकै कारण बालबालिकाले ज्यान गुमाइरहेको जनाउँदै स्थानीयको लापरबाहीका कारण उपचार गराउन समस्या भइरहेको बताए । ‘हामीले यो वर्ष मात्रै एकसय जना बच्चाको कुपोषण जाँच गर्दा ३६ जना कुपोषित भएको भेट्यौं, तीमध्ये ६ जनामा त निकै कडा खालको कुपोषण वाँकी ३० जना मध्याम खालको कुपोषण देखा परेको छ ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटको आर्थिक वर्ष ०७७÷०७८ मा कम तौल र कम बढी तौल १६ सय पाँच सय जना, ०७८÷०८९ मा घटेर एकसय २३ सय ६८, ०७९÷०८० मा २०२६ र ८० ८१ मा घटेर ९ सय ७० जना बालबालिकामा कुपोषण देखिएको छ । ३ वर्षको अवधिमा ७ हजार बालबालिकामा कुपोषण देखिएको तथ्यांकमा छ । जिल्लाका ९ वटै्र स्थानिय तहहरु मध्य सवैभन्दा बढी जिल्लाको पलाता गाउँपालिका, शान्नित्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा देखिन्छ । यो त बिरामी भएर स्वास्थ्य संस्थामा चेकजाँच गर्न आएपछी हाम्रो तथ्यांकमा देखिएको हो विश्वकर्माले भने, खोजि गर्दा त गाउँभरिनै हुन सक्छन ।
युनिसेफले गत वर्ष गरेको अध्ययनअनुसार ६ देखि २३ महिनाको अवधिमा कर्णालीका ३० प्रतिशत बालबालिकाले मात्रै न्यूनतम आहार पाउने गरेका छन । निर्देशनालयको तथ्यांकअनुसार ४८ प्रतिशत बालबालिकामा कम उचाइको समस्या देखिएको छ । त्यस्तै १७.६ प्रतिशत बालबालिकामा ख्याउटेपनाको समस्या देखिएको छ ।
आमाहरू कुपोषित हुँदा त्यसको असर बालबालिकामा देखिने गरेको कर्णाली प्रदेश अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.नवराज केसीले बताए । ‘महिला गर्भवती भएका बेला र सुत्केरी भइसकेपछि उचित खानपान र स्याहार नपाउँदा कुपोषित हुन्छिन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा बच्चालाई पर्याप्त स्तनपान गराउन सक्दिनन्, जसका कारण कुपोषण बढिरहेको छ ।’ बच्चा कुपोषित हुन नदिन किशोरावस्थादेखि नै पौष्टिक आहारमा ध्यान दिनुपर्ने डा. केसीको भनाइ छ । सन् २०२५ सम्म कुपोषणको दर शून्यमा झार्ने संघीय सरकारको लक्ष्य छ । तर कर्णालीको अहिलेको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन मुस्किल देखिने डा. केसीले बताए ।
डा.केसीले कर्णालीका करिब ४० देखि ५० प्रतिशत आमाहरू कुपोषणको सिकार हुने गरेका र आमालाई बलियो बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । ‘गाउँघरतिर सबैले खाएपछि मात्रै महिलाले खाने चलन अझै छ,’ उनले भने, ‘अन्तिममा खाने बेलामा महिलाले बचेको खाना मात्रै खानुपर्छ, त्यही पनि कहिले हुँदैन ।’पौष्टिक आहारसम्बन्धी चेतना नहुँदा, गर्भावस्था र सुत्केरी अवस्थामा आमा र बच्चाको खानपानमा ध्यान नदिँदा कुपोषणले बच्चा र आमाको ज्यान गइरहेको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका पोषण हेर्ने कटक महतका अनुसार कालीकोटका बालबालिकामा पोषणको अवस्था निकै नाजुक थियो अहिले क्रमिक रुपमा सुधारत्मक अवस्थामा छ । जिल्ला स्वास्थ्य कार्यालयले पछिल्लो समय जिल्लाका ११ हजार ४ सय ४५ बालबालिकामा गरेको पोषणको परीक्षणमा झण्डै एक हजार बालबालिका कुपोषित छन् । परीक्षण भएका बालबालिकामध्ये यो ४ दशमलब ५७ प्रतिशतमा झरेको दावि गरेका छन । जिल्लाका ९ वटै स्थानिय तहहरुभन्दा सवैभन्दा बढी पलाँता, शान्नि र रास्कोटमा देखिन्छ । पोषण सुधारका लागी यो वर्ष पाँच लाख मात्र वजेट रहेको समेत बताए ।
पेटभरी खानको चिन्ता छ पोसिलो खान त परै छ
पेटभरी खान त पुग्दैन पोषिलो खाने कुरा काबाट पाउनु यो भनाई सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर–६ मेहलमुडी निवासी अप्सरा दर्जिको हो ।
१६ वर्षको उमेरमा बिवाह बन्दनमा फसेकी अप्सराको १८ वर्षको उमेरमै पहिलो सन्तान छोरी जन्माइन । छोरी जन्मिन तर, पुर्णरुपमा स्वस्थ भइनन् । छोरी दुईवर्ष नपुग्दै अर्को दोसा्रे सन्तान छोरा जन्माइन अप्सराले पहिलो जन्मिाएकी छोरीले पोषिलो खाने कुरा र हेरचाह त पाइनन् आमाको दुधखान बाट बञ्चित भइन ।
कक्षा ८ मा पढ्दा १६ वर्षको कलिलो उमेरमै बालबिवाह गरेकी अप्सराको दुवै बच्चाको स्वास्थ्य अवस्था राम्रो भएन । अप्सराका श्रीमान तपेन्द्र दर्जि रोजगारीका लागि उकिमोट भारतमा छन्। घरमा अप्सराकी ८३ वर्षीया बुढी सासू मात्रै छन् । दुई छोराछोरी र बुढी सासु आमाको रेखदेख सासु आमाले गरेपनी उनको पोषण र स्वास्थ्य अवस्थाबारे चाहेर पनी पुग्ने अवस्था छैन ।
बिहान बेलुकाको राम्रोसँग दुई छाक टार्नसमेत समस्या भएपछि बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन समस्या भएको लक्ष्मिले बताइन् । ३ सन्तानकी आमा लक्ष्मिले भनिन्, ’बिहानदेखि बेलुका अबेरसम्म खेतबारीमा काम गर्न जानुपर्छ । बालबालिकालाई रोटी र बासी भात राखेर घरमै छोड्नुपर्ने बाध्यताले यस्तो अवस्था आएको हो ।’
सिपखाना –१ भटेगडाकी अम्ती टमटा भन्छिन्, ’दिनभर मरिमरी काम ग¥यो बिहान बेलुकाको छाक टार्न धौधौ हुन्छ । अनि कसरी बालबालिकालाई पोषणयुक्त खाना खुवाउने ?’ सरकारले कर्णालीका बालबालिकालाई भनेर दिएको २ सय रकम कम भएको बताउँदै टमटाले सरकारले भन्ने नारा र गर्ने व्यवहार फरक भएकाले पनि समस्या परेको बताईन ।
घरमा जे छ त्यही खुवाउने गरेको बताउँदै धौलागोह ३ कालीकोटकी सीता विक भन्छिन्, ’स्वास्थ्य संस्था नजिक नभएकाले पनि आफ्ना बालबालिकामा के रोग लाग्यो भन्ने जानकारी पाउन समस्या भएको छ । चौबीसै घन्टा हाडछाला माटोमा घोटे पनि दुई छाक टार्न पुग्दैन ।’
कलिलो उमेरमै बिवाह गर्दा कुपोषण
कम उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, पोषणयुक्त खाना खान नसक्ने तथा खाने र खुवाउने तरिका नमिल्दा पनि यहाँ धेरै महिला र बालबालिकामा कुपोषण देखिएको छ, जुन स्वास्थ्य सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ ।
१५ वर्षमा बिहे भएर १६ वर्षमा आमा बनेकी शान्नि त्रिवेणी –६ पोरविनकी आम्पुरा सार्कीको आमाछोरा त्यसका उदाहरण हुन । रैनादेवीका छोरा प्रशान्तको एक वर्षमा जम्मा तौल ५ किलो ९ सय छ । उनी खाना खान मान्दैनन । खाए बान्ता गर्छन । छिनमा ज्वरो आउँछ भने छिनमै पखाला लाग्छ । आजित भएकी आम्पुराले छोराको स्वास्थ्य परीक्षण गराउन छोरा स्वास्थ्य चौकीमा लगिन । त्यहाँ स्वास्थ्यकर्मीले कुपोषण भएको भन्दै नजिकैको स्वास्थ्य संस्थामा पठाए । प्रशान्त भदौदेखि आमासहित पुनःस्थापना गृहमा छन । गोमा पनि कुपोषणले थलिएकी छन ।
उनको तौल जम्मा ३५ किलो छ । न शरीरमा रगत छ, न पोषक तत्त्व । स्वास्थ्य संस्थामा अहिले उनीहरूलाई पोषक तत्त्व खुवाउने र खाने तरिका सिकाइँदै छ । पोषण विज्ञहरूका अनुसार धेरै बालबालिका आमाको दूध नियमित नखुवाइँदा, बजारिया खाजाको भर पर्दा, खाना पकाउने र खुवाउने तरिका नजान्दा कुपोषित हुने गरेका छन । कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवै रूपमा देखिन्छ । विडम्बना शिक्षा र चेतनाको अभावमा धेरै आमाबाबुले आफ्ना छोराछोरीको कुपोषणको उपचार गराउँदैनन । न त कुपोषित महिलाले उपचार गराएको पाइन्छ ।
खानपान नबुझ्दा कुपोषण
गरिबीका कारण आहारविहारको कमीले बच्चाहरू कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ । तर यो पूर्ण सत्य भने होइन । अन्य विभिन्न कारणले बालबालिका कुपोषणको सिकार हुने गरेका विभिन्न तथ्यांकले देखाउँछ । गरिबी एउटा कारण भए पनि त्योभन्दा बढी बुझाइको कमी र हेलचेक्र्याइँ प्रमुख कारण देखिएको किर्डाक नेपाल अन्तरगत संचालित शसक्त बालिका परियोजनाका परियोजना संयोजक बलिराज शाहीले बताए । पुराना रैथाने बालीहरु जस्तै चिनो, कागुनो, फापर कोदो लगाएतका पा्रटिन युक्त अन्न बाली उत्पादन हुदैन ।
गरिबीले भन्दा पनि अज्ञानताका कारण कुपोषण बढेको देखिन्छ । उनका अनुसार स्थानीय तहले कुपोषण रोक्न विभिन्न कार्यक्रम बनाएर अभियानकै रूपमा अगाडि बढाएको छ । बालबालिकाको उचित आहार, खानपिन र स्वास्थ्यका विषयमा गम्भीर भएर अघि बढ्दा समेत यसलाई शून्यमा झार्न सकस भइरहेको उनले बताए । ‘हामीले कुपोषण रोक्न अभियानकै रूपमा कार्यक्रम बनाएका छौं,’ उनले भने, ‘ गैरसरकारी तवरको एक्लोे प्रयासले सम्भव नहुँदो रैछ, विषेश गरी सरकार र अभिभावकहरू पनि उत्तिकै सचेत हुनु जरुरी छ।’
गभर्वतिले पाउदैनन् पोषणयुक्त खाद्य वस्तु
‘हर बार खाना चार’ को नारासहित सुआहाराले जिल्लाका सबै गाउँमा पोषणसम्बन्धी सचेतना फैलाएको देखिए पनि विपन्न परिवारका बाध्यता अगाडि सचेतनाका क्रियाकलापहरू फिक्का देखिएका छन् । ‘दुई छाक पेटभरि खान पुग्ने परिवारको संख्या नगण्य रहेको ठाउँमा खाना चार कल्पना मात्रै हो,’ पञ्चदेवल मावि मेहलमुडीका शिक्षक नवराज संज्यालले भने ।
पोषणको अवस्था नाजुक हुनुमा अनेक कारण औंल्याइएको छ । आर्थिक, सामाजिक तथा सामुदायिक सचेतनाको अवस्थाले असर पारिरहेको पोषण तथा खाद्य सुरक्षा परियोजनाका सौगात दाहाल औंल्याउँछन् । ‘गाउँघरमै पाइन सक्ने पोषणयुक्त आहार छाडेर चाउचाउ, चाउमिन खाने प्रवृत्ति बढ्यो,’ संज्यालले औंल्याए ।
सन् २०३० सम्म कर्णालीमा भोकमरी अन्त्य, पौष्टिक र पर्याप्त खाद्यान्नको पहुँच सुनिश्चित गर्ने उद्देश्य रहे पनि त्यो पूरा भएको अवस्था छैन । ०७१ देखि संघीय सरकारले पोषणमा सुधार ल्याउन कर्णालीमा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरेको छ । कर्णाली प्रदेश अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा नवराज केसीले गरिबी निवारण नगरी कुपोषण निको नहुने बताए । ‘कम उमेरका आमाबाट जन्मेका बच्चा एकदेखि दुई किलो तौलका मात्र हुन्छन् । आमाले बच्चालाई समयमा स्तनपान गर्न नसक्दा पनि कुपोषणले ठूलो रूप लिएको छ,’ उनले भने ।
सामाजिक विकास मन्त्रालयले गत वर्ष २५ बुँदे घोषणापत्र तयार गरी कर्णाली प्रदेशलाई पोषणयुक्त प्रदेश घोषणाका लागि कार्ययोजना र प्रतिबद्धता गरेको थियो
संघीय सरकारले १० जिल्लाका ७९ स्थानीय तहमा आव ०७७÷७८ मा १९ करोड रकम विनियोजन गरेको थियो । सुर्खेतमा प्रदेश र स्थानीय तहले गर्ने भन्दै २० करोड ३६ लाख विनियोजन गरेको थियो । स्थानीय तहले उक्त बजेट बालबालिकालाई पोषणयुक्त खानेकुरा वितरण, सरसफाइ र तालिम–गोष्ठी लगायतमा खर्च गर्दै आएका छन् ।
सम्बन्धित फोटोः
१) शान्नि त्रिवेणी गाउँपालिकाकुषोषित बालबालिकाहरु
तस्बिर बिश्वनाथ सिम्खाडा
Discussion about this post