Online News Khabar

वडाध्यक्षनै बने जातिय विभेद्को शिकार

920
SHARES
1.1k
VIEWS

कालिकोट – पचालझरना गाउँपालिका –२ का वडा अध्यक्ष करबिरे विश्वकर्मा जातिय बिभेदको शिकार बनेको छन ् ।
लामो समयदेखी स्वास्थ्य चौकी सार्ने भन्ने बिषयमा बिवाद हुदा सोही स्वास्थ्य चौकीका कार्यालय सहयोगी तथा स्थानिय गोकुल बोगटीले वडाध्यक्षलाई फोन गरेर नराम्रो शब्द प्रयोग गरेर गाली दिएको हो । उनले नराम्रो शब्द संगै ज्यान मार्ने धमकी समेत दिएका छन । उनले सत्ताको दुरुपयोग गरेको भन्दै जातिय हिंसा भड्किने गाली दिएका हुन ।
माथिल्लो जात भनिनेबाट वडाध्यक्ष समेत जातिय बिभेदको शिकार बनेको भन्दै दलित अगुवा तथा अधिकारकर्मिहरुले जिल्ला प्रहरी कार्यालप कालिकोटमा बोगर्टी बिरुद्ध जातिय बिभेद सम्बन्धी ठाडो उजुरी दिएकोे जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरी प्रमुख ढिएसिपी अर्जुन केसीका अनुसार दलित अधिकारकमीहरुको समुहले ठाडो उजुरी दिएका छन । यो सरकारबादी घटना हो । यसका लगाी सवै प्रमाण उपलब्ध भएमा मुद्धा दर्ता हुने केसीले बताए । वडाध्यक्षलाई गाली गर्ने बोगर्टीलाई प्रहरीले प्रकाउ गरिसकेको छ ।

आशय विभेद उत्तिकै

केही समय अघि सदरमुकाम मान्ममै पनी दलित अधिकार कर्मी रमेश नेपालीले आशय विभेदको शिकार बन्नु परेको थियो । सदरमुकाम मान्ममा बिवाहको बेला टिकाको थाल समेत दुई वटा प्रयोग भएको गुनासो गरेका छन् ।
माथिल्लो जात भनिने हरको लागी टिकाको एक थाल र तल्लो जात छुन मिल्दैन भनेर अर्कोथाल गरेको गुनासो गरे ।जनप्रतिनिधी संगै दलित अधिकारकर्मीहरु समेत बिभेदको पिढामा परेको बताए ।

कानुनले छुवाछूतलाई अपराध मानेको छ। तर, व्यवहारमा भने छुवाछूत पूर्णरूपमा हटेको छैन। प्रत्यक्ष विभेद त लगभग अन्त्यजस्तै भएको छ। तर, आशय विभेदले आक्रान्त छन्, कथित दलितहरू । लामो समयको दलित आन्दोलनमा योगदान गरेका दलित नै स्थानीय तहको नेतृत्व तहमा छन्। उत्पीडनको विरुद्धमा दशकौंदेखि लागिपरेका जनप्रतिनिधि पनि अहिले विभेदको सिकार हुने गरेका छन्। उनीहरूमाथि प्रत्यक्ष विभेद छैन। तर, आशय विभेद प्रस्ट देखिन्छ।

स्थानिय गाउँ घरमा त प्रत्यक्ष विभेदको सिकार भएका छन्। तर, स्थानीय तहको नेतृत्व तहमा पुगेका जनप्रतिनिधिलाई समेत जातिय विभेद भयो अधिकारकर्मी नेपालीले भने । धेरैपटक आशय विभेद भएको पाइन्छ । विभेदका कुरा अरूबाट सुन्नुपर्छ’, कलिकोट जिल्ला समन्वय समितिकी उपप्रमुख निना रावत बिक भन्छिन्, ‘गैरदलितको अनुहारमा विभेदको झिल्का प्रस्ट पढ्न पाइन्छ ।’

दलित जनप्रतिनिधिले राम्रो काम गर्दा पनि नाक खुम्च्याइने चलन अझै छ । राम्रो काम गर्दा पनि जस पाउन निकै समस्या पर्ने गरेको दलित समुदायका जनप्रतिनिधि बताउँछन् । ‘हामीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निकै कम छ’,खाँडाचक्र नगरपालिका – १ अध्यक्ष धर्मराज टमटा भन्छन्, ‘दलित जनप्रतिनिधिले राम्रो काम गर्दा पनि आक्षेप आउँछ । कर्मचारीले पनि उस्तै व्यवहार गर्छन्।’

हरेक कामलाई जातीयताका आधारमा जोडेर हेर्ने गरेको उनको भोगाइ छ । ‘हामीले निर्णायक ठाउँमा प्रस्ताव लाँदा पनि अरू जनप्रतिनिधिको छिटो काम हुन्छ । हाम्रो काम रोकिन्छ’, उनी भन्छन्, ‘हरेक काम गर्दा विभेदमा परिन्छ कि भन्ने डर छ।’

नेतृत्व तहमा पुगेका भन्दा पनि समुदायमा बस्ने दलितले धेरै विभेद भोग्नुपरेको टमटाको अनुभव छ । ‘हामीले भन्दा गाउँका समुदायमा बस्नेले धेरै विभेद भोग्नुपरेको छ’, उनले राजधानीसँग भने, ‘उहाँहरूलाई हेर्ने दृष्टिकोण नै फरक छ ।’ संविधानले तोकेका दलितका अधिकारका कुरा गर्दा अरूका आँखाको तारो बन्नुपरेको दलित जनप्रतिनिधिको भोगाइ छ ।

दलित समुदायका जनप्रतिनिधिले स्थानीय तहमा निर्वाचित भएपछि एउटा अनुभव गरेका छन– जुनसुकै तहमा पुगे पनि आशय विभेद भने हुने रहेछ । आफू मात्रै विभेदमुक्त भए पनि सिंगो समुदाय विभेदकै सिकार हुँदा उनीहरूको मन खिन्न हुन्छ रे ! ‘जुनसुकै स्थानमा पुगे पनि विभेद त भोगिन्छ नि’, दलित महिला संघकी कालिकोट अध्यक्ष हजा सुनार भन्छिन्, ‘आफू मात्रै विभेदमुक्त भएर पनि केही हुँदैन । हामो आन्दोलन भनेको सबै दलित विभेदमुक्त हुनुपर्छ भन्ने हो।’

विभिन्न संघ संगठन र पार्टीका बैठक भेलामा दलित हक र अधिकारका कुरा गर्दा पनि दलितवादी भएको आरोप लाग्छ उनीहरूलाई । दलितले केही कार्यक्रम गरे पनि दलित जनप्रतिनिधि छन् नि भन्दै अरू जनप्रतिनिधिले बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ।

‘मिटिङमा दलितका कुरा आउँछ । कतिपय कुरामा दलितलाई छुट्याइन्छ’, सुनार भन्छिन्, ‘दलितलाई बजेट छुट्याउन निकै कञ्जुस्याइँ गरिन्छ। दलितको क्षेत्रमा छुट्ट्याइएको पैसा खर्च हुँदैन। उनीहरूले पढेका हुँदैनन् भन्ने बुझाइ छ।’

कालिकोटमा विभेदको जालो ठूलो छ । अहिले दलित र गैरदलित समुदायमा चेतनाको कमिका कारण अझैपनी जातिय बिभेदको व्यथा कायमै छ ।

‘आफूले महसुस गर्ने गरी विभेद भोगेको याद छैन’, सुनार भन्छिन्, ‘धार्मिक कार्यक्रममा सामन्य विभेद देखिन्छ। टीका लगाउँदा यो विभेद प्रकट हुन्छ। कोही पार्टीका कार्यकर्ताको निधन हुँदा झण्डा ओडाउने बेलामा यस्तो महसुस हुन्छ।’

‘जनप्रतिनिधिलाई चिया दिँदा सबैभन्दा अन्तिममा दलितलाई दिने, हरेक बहानामा छोएको नखाने, घरमा लानुप¥यो भने गर्मी छ बाहिरै बसौं भन्ने गरेर विभेद भएको पाइन्छ’, सांसद विश्वकर्मा भन्छन्, ‘कार्यक्रममा मेयर प्रमुख अतिथि हुन्छ भने र ऊ दलित समुदायको छ भने ऊभन्दा माथिको पोस्ट्को प्रमुख अतिथि ल्याएर विभेद गर्ने गरेको प्रशस्तै पाइन्छ।’
केही वर्ष पहिला धारको पानी छोएको भन्दै नरहरीनाथ गाउँपालिका माल्कोटकी वडा सदस्य मना सार्कीले ज्यान गुमाउनु परेको थियो । यस्ता खालका घटनाहरु अरुपनी भएका छन । कती घटनाहरु आपसी मिलापत्रमा मिले भने कतीले त सजाय समेत काटेका छन ।
वडाध्यक्षलाई गाली गर्ने गोकुलले स्वास्थ्य चौकिकै बिषयमा फेसवुकमा पोष्ट गरेको कमेन्टमा वडाध्यक्षले रिप लेखेपछी आफुले आक्रोशमा फोनबाट गाली गरेको स्किकारेका छन ।

सम्बन्धित फोटोः
१) स्वास्थ्य चौकीका कार्यालय सहयोगी बाट जातिय बिभेदको शिकार बनेका पचालझरना गाउँपालिका १ का वडाध्यक्ष करबिरे बिश्वकर्मा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित