कालिकोट – रास्कोट नगरपालिकाको वडा नं २ सिपखानाका का नन्द्राप्रसाद उपाध्याय वर्षले ६७ मा टेके। उमेर पाके पनि उनी एक क्षण हात खाली हुदैनन्। नन्दाप्रसाद कि त पात्रो पढ्दै गरेको भेटिन्छन् कि त थालमा चामल हेर्दै ।
दैनिक जसो १० देखी १५ जना नन्दाप्रसादको घरमा हेराउन आउने गर्छन । ४० वर्षदेखी बैदारी काम गर्दै आएकबा बैदार नामले चिनीने उनी जोतिषी मार्फत आम्दानी संगै जनचेतना समेत दिने गरेका छन ।
रास्कोट धार्मिक संञ्जालका उपाध्यक्ष समेत रहेका उनी संग दैनिक जसो १० देखी १५ जनासम्म हात हेराउने देखी अन्य सेवा दिन्छन । उनी भन्छन जोतिषी मार्फत आम्दानी संगै जनचेतना समेत दिन थालेको बताउछन । मैले जोतिषी काम गरेको ४० वर्ष भयो । शान्नि रास्कोट लगायतका क्षेत्रका मान्छेहरु आउने गर्दछन । बाल बिवाह गर्नु, बहुबिवाह गर्नु महिला हिंसा जस्ता कामहरु गर्नु काुनुनी रुपमा पनी दण्डनिय रैछ भनेर प्रत्येकलाई चेतना दिन्छु । बालविवाहले त जन्मेको बच्चा पनी राज्यको सेवा सुविधाबाट बञ्चित हुनु परेको समेत सुनाउछन नन्दाप्रसाले भने”।
उमेर नपुगेर गरेको बिवाह बाल बिवाह मानिन्छ । १७ वर्षमा बिवाह हुन्छ १८ वर्षमा बच्चा जन्मिन्छ । बिवाह काुनुनि रुपमा २० वर्ष नपुगी नागरिककता र बिबाह दर्ता मिल्दैन । बिवाह दर्ता नभइ बचले जन्म दर्ता पाउदैन जन्म दर्ता नभएर राज्यले दिने सेवा सुधिाबाट बन्चित समेत हुनु परेको छ । बिचको समयमा जन्मेको बच्चा अवैध जस्तो हुनेगरेको नन्दप्रसाद बताउछन ।
पहिलाको भन्दा अहिले बालबिवाह कमै भएको देखिन्छ । विभिन्न संघ संस्था र समुहको सक्रियतामा बाल बिवाह जस्ता कुप्रथा केही मात्रामा रोकिएका छन । यसमा संघ संस्थासंगै सरकारी तवरले पनी निति नियम बनाउन सके बाल बिवाह, घरेलु हिंसा अझै रोकिने देखिन्छ । मैले पनी बाल बिवाह गरेको हुँ। उतिवेला बाल बिवाह बहुबिवाह समाजमा बढिनै हुने गर्थे । काुनन त पछी बन्यो तर, चेतना समेत भएन हाम्रो समाजमा ।
कुनै बेला गाउँमा लेखपढ गर्न जान्ने पहिले व्यक्ति भएकोले गाउँमा उनलाई ’बैदार’ को नामले चिनिन्थे। हुन त अहिले पनि उनी बैदारकै नामबाट चिनिन्छन्। परम्परागत हुने बिवाहहरुलाई न्युनिकरण गर्नका लागी धार्मिक अगुवा र नागरिक समाज संञ्जाल र धार्मिक संञ्जालका अगुवाहरुलाई सम्मेलन गरेर बालबिवाह न्युनिकरणमा प्रशिक्षण दिदै आएको पलान नेपालको सहयोग र सादा नेपालको सहजिकरणद्धारा संचालित बालबिवाह, छिटो बिवाह, र जवरजस्ती बिवाह परियोजनाका सुपरभाइजर केबल बमले बताए ।
उनका अनुसार यो परियोजनाले बालकलब, किशोर किशोरी समुह र धार्मिक संञ्जाल गठन गरेर बाल बिवाह जस्ता कुप्रथाको न्युनिकरणका सक्रिय रहेका छन । परियोजनाले आर्थिक अवस्था कमजोर भइ बिद्यालय जानबाट बञ्चित बालवालिकालाई सहयोग गरी नियमित स्कुल जाने गरेको समेत बताए ।
सम्बन्धित फोटोः
१) जोतिषी संगै जनचेतना समेत दिदै बैदार नन्दाप्रसाद
१) बाल बिवाह विरुद्ध जनचेतना फैलाउदै धार्मिक अगुवा ।
Discussion about this post