Online News Khabar

कालिकोटमा समाजवादी मोर्चा घोषणा हुदै

910
SHARES
1.1k
VIEWS

कालिकोट – पार्टी विभाजन भई अलग भएका पाँच दलले गुमेको शक्ति बटुल्न समाजवादी मोर्चा घोषणा अन्तिम चरणमा पुगेको छ । छरिएर रहेको वाम शक्तिलाई एक ठाउँमा भेला भएर ठूलो शक्ति देखाउन देशभर जस्तै कालिकोटमा पनी समाजवादी मोर्चा बनाउन लागेका हुन।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मिप्रसाद चौलगाईको सभा अध्यक्षतामा जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार सुरु भएको छ ।
माओवादीबाट अलग भएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, एमालेबाट अलग भएको एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मोर्चा घोषणा गर्न लागेका हुन ।
+
घोषणा कार्यक्रममा नेकपा का स्थायी समिति सदस्य रणबिर बम, एकिकृत समाजवादीका नेता तुलाराज बिष्ट, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सचिव धनजितबहादुर शाही, नेपाल समाजवादी पाटीका कालिकोट अध्यक्ष माधवप्रसाद उपाध्याय लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

व्यवस्थाको बिरोध गर्दै आएको नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा पनी यो समाजवादी मोर्चामा अग्रपन्ती रुपमा अगाढी रहदा यो मोर्चाप्रती आम नागरिकको चासो र चिन्ता रहेको छ । नेकपाले वर्तमान पाँच दलिय सरकार संग एमसिसी लगायत विषयमा बिरोध गरिरहने तर, उही पार्टीहरु संग मोर्चा बनाएर हिड्ने अभियान प्रति नागरिकको ठुलो संका उत्पन्न हुन गएको छ । अधिकांसले कम्युनिष्ट पार्टीहरु मध्यको ठुलो पार्टी नेकपा एमालेलाई अलग राखेर यो मोर्चा वर्तमान सरकार टिकाउने वाहाना भएको प्मुख प्रतिपक्ष एमालेले आरोप लगाउदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित