कालिकोट – सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचविखनको निर्मूलन भन्ने मूल नाराको साथ कालिकोटले पनी मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइएको हो ।
दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न संघसंस्थाले सचेतनामूलक ¥यालीसमेत निकालेर कोणसभामा सरिक भई मनाएको छ ।
प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको सभा अध्यक्षता, कर्णाली प्रदेस सभा सदस्य हिक्मतबहादुर विष्टको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाहीको विषेश आतथ्यितामा बजार परिक्र्मा गरी मान्मको प्रतीमा चोकमा कोण सभा गरी मनाएको हो ।
मानव बेचबिखन विरुद्ध एकताबद्ध भएर सबैले आवाज उठाउन नसके यसको अन्त्य गर्न नसकिने प्रदेश सभा सदस्य हिक्मतबहादुर विष्टले बताए । उनले पछिल्लो समय तस्करी पनि धेरै तरिकाले हुने गरेको भन्दै विशेषगरी वैदेशिक रोजगारीमा जानेहरूका लागि यो समस्याका रूपमा खडा भइरहेको उल्लेख गरे ।
उनले सरकारले नेपालको संविधान, मुलुकीय अपराध संहिता २०७४, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र नियमावली २०६५, बालबालिकासम्बन्धी ऐन २०७५, बाल श्रम निषेध र नियमन गर्ने ऐन २०५६, बैदेशिक रोजगारसम्बन्धी ऐन र नियमावली १५औँ योजना, विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौतामार्फत मानव बेचबिखनलाई गम्भिर फौजदारी अपराधको रुपमा राखी यसको नियन्त्रणको लागि विभिन्न नीतिगत र संस्थागत कार्यक्रमको व्यवस्था गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख धनजित शाहीले राज्यको एकल प्रयासले मात्र मानव बेचविखन जस्ता अपराधका घटनाहरु नियन्त्रण गर्न नसकिने भन्दै सबै संघसंस्थाको सहयोग आवश्यक पर्ने बताए । बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन गरेपछि नेपालमा २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवशको रुपमा मनाइएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ । गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका किर्डाक नेपाल कालिकोटका संयोजक तुलराम पाण्डेले बताए ।
दिवसमा जिल्लाका क्रियाशिल रुपमा काम गरिरहेका पलान नेपाल, किर्डाक नेपाल, हुरेन्डेक नेपाल,सादा नेपाल, फेडो नेपाल, इन्सेक,आइएनफ नेपाल लगायतको सहयोग र सहजिकरण रहेको थियो ।
Discussion about this post