Online News Khabar

नन्दादेविलाई नमुना भवन

932
SHARES
1.1k
VIEWS

कालिकोट – नन्दादेवि माध्यामिक बिद्यालय काेटबाडालाई नमुना भवन हस्तान्तरण गरिएको छ ।
पलान इन्टरनेसल नेपालकाे सहयाेग र किर्डाक नेपालकाे सहजिकरणमा ९० लाख ५५ हजार चारसय ८४ रूपैयाँकाे लागतमा निर्माण गरिएको लैगिंक मैत्रि र अपांग मैत्री साैचालय तथा खानेपानि धाराे सहितकाे नमुना भवनकाे मंगलबार एक कार्यक्रमका बिच बिद्यालयलाई हस्तान्तरण गरिएको हाे ।
गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टकाे अध्यक्षता कर्णाली प्रदेश सभा सदस्य हिक्मत बिष्टकाे प्रमुख आतिथ्यता , पलान नेपालका क्षेत्रीय म्यानेजर मिना पराजुलि र जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीकाे विशेष आतिथ्यतामा स्थानीय तथा सराेकारवालाहरूकाे उपस्थितिमा निर्माण सम्पन्न भएकाे नमुना भवनलाई हस्तान्तरण गरिएको हाे ।
नमुना भवनमा बालबालिका मैत्रि अध्यापन गर्न सकिने, अपांग मैत्रि साैचालयदेखि बालमैत्रि खानेपानीको धारा समेत बनेका छन ।
बिद्यालयमा बिद्यार्थीलाई पढ्नका लागि राम्रो भवन नहुदा खुल्ला चाैर र जिर्ण भवनमा पढ्दै आईरहेका थिए ।
अहिले बिकास साझेदार संस्थाले नन्दादेविमा नमुना भवन बनाईदिएपछी तामझामका साथ भवनका उद्घाटन गरि हस्तान्तरण गरिएको छ । अब बालबालिकालाई पढ्नका लागि र अपांग बिद्यार्थीलाई सहज भएकाे छ । याे भवन कर्णाली प्रदेशकै नमुनाका रूपमा रहेकाे बताइएकाे छ ।

फाेटाे:
१) नमुना भवनकाे प्रदेश सभा सदस्य हिक्मत बिष्टद्वारा उद्घाटन गरि बिद्यालयलाई हस्तान्तरण गरिदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित