कालिकोट – स्कुल छाडेको ३ वर्ष भयो अव कसरी झोला भिरेर स्कुल पढ्न जाने? यो भनाई खाँडाचक्र नगरपालिका –६ गोरालबाडाकी १७ वर्षिय पानकौरा गोरालको हो ।
पानकौरा अहिले वर्षले १७ पुगिन उनले कक्षा ६ मा पढ्दा बिवाह गरिन ।१४ वर्षको उमेरमा भागेर बिवाह गरेकी पानकौरालाई पढाई छाडेर कलिलो उमेरमा बिवाह गरेको अहिले ठुलै पछिुत्तो छ ।
अशिक्षा र अज्ञानताका कारण कक्षा ७ पढ्दा पढ्दै उनको गाउँकै एक केटासंग मायाप्रेम वस्यो ।
उनी वर्षले १४ मात्र थिइन । उनलाई कलिलो उमेरमा बिवाह गर्दा भविश्यमा के कस्ता समस्याहरु आउछन, कानुनी रुपमा अपराध हो भन्ने समेत थाहा थिएन । यहाँको समाज र परम्परा अनुसार उनको मनमा पनी त्यही उब्जियो उनको बाल बिवाह भयो । कक्षा ७ पढ्दा पढ्दै उनको पढाईमा पुर्ण बिराम लाग्यो । १४ वर्षमा बिवाह गरेकी पानकौराको १५ वर्षको उमेरमै एक सन्तान जन्मियो । त्यसपछी उनी घरजम गरेर बसिन्। अहिले उनी अनौपचारिक शिक्षा पढिरहेकी थिन ।
उनले भन्छिन म संगै पढ्ने साथीसंगी अहिले एसईई दिसके अहिले कक्षा ७ को कक्षाकोठामा कसरी पढ्न जाने मनले मान्दैन । आफ्नो् उमेर ठुलो भइसकेको छ अरु सानै उमेरका छन । स्कुल पढ्न जाउ मन मान्दैन स्कुल नपढौ भोली मेरो भविश्य के होला ?
घर नजिकै बिद्यालय थियो । सरकारले कक्षा दश सम्म निशुल्क र अनिवार्य शिक्षाको कार्यक्रम ल्याएको भएतापनि सानै उमेरमा बिवाह बन्धनमा बाधिदा थप घरपरिवारको जिम्मेवारीले पनी विद्यालय छोड्नुपरेको थियो । “मेरा बाबु–आमाले मेरा लागि शिक्षा सामाग्रीहरु (कापी–कलम आदि) किन्न सक्नुभएन”, पानकौराले भनिन् । “ बिवाह गरिसकेपछी आफ्नै माइति घरजस्तो नहुदो रैछ पराइको घरमा पुग्दा घरको काम सघाउनका लागि मैले स्कुल छोड्नुपर्यो” यही अवस्थामा समाज जागरण केन्द्र स्याक नेपालले अहिले आनौपचारिक शिक्षा दिरहेको छ ।
“म पढाईलाई निरन्तरता दिन चाहन्थेँ तर त्यति लामो समयसम्म स्कुल छुटेपछि फेरी स्कुल फर्किन मलाई आँट नै आएन”, उनले भनिन्। “स्याक” नेपालले मलाई यस स्कुलको वास्तविक गेटबाट भित्र छिर्न आत्मविश्वास दिलायो । अहिले उही बिद्यालय र उही कक्षामा भर्ना भएकी छु पानकौराले भनिन् । “मलाई स्कुल आउन एकदम रमाईलो लाग्छ र लेख्न अनि पढ्न मलाई एकदम मनपर्छ”, उनले भनिन्।
पानकौरा मात्र हैनन् सोही गाउँकी १६ वर्षिय कमला परिवार र १५ वर्षिय जुवारा गोरालको पनी १३ वर्षमा बिवाह भयो । उनी पनी कक्षा ४ मा पढ्दै थिन उनको १३ वर्षको कलिलो उमेरमा बिवाह हुदा उनको पनी पढाई बिचमै छोड्नु पर्यो । उनी पनी अहिले सोही अनौपचारिक शिक्षा पढिरहेकी थिन । यही प्रेरणाले अहिले कक्षा ५ मा भर्ना भएकी थिन । पानकौरा, जुवारा र कमला प्रतिनिधि पात्रमात्र हुन । यहाँको समुदायमा अझैपनी स्कुल जानबाट बञ्चित बालबालिका रहेका छन ।
गाउँ नजिकै स्कुल हुदापनी बिचैमा स्कुल छाडेर बिवाह गर्ने भागेर भारत जाने गरेको स्कुलका प्रधानाध्यापक अग्रबहादुर शाहीले बताए । पानकौरा, कमला र जुवारा लाई बिद्यालय र स्याक नेपालको सहयोगमा खोजी खोजी ल्याएर अनौपचारिक शिक्षा दिएका छौ भने उनिहरुको उमेरलाई मध्यनजर गरेर स्कुल पनी भर्ना गरेका छौ । अहिले स्कुलमा नियमित आएर पढिरहेकी छन् । यस कार्यक्रमले बालिकाहरुलाई साक्षर बनाउने मात्र नभई बालबिवाह, महिला विरुद्धको हिंसा, लिंग तथा जातिका आधारमा हुने भेदभाव जस्ता सामाजिक कुरीतिहरुको सामना गर्न पनि सिकाएको प्रअ शाहीको भनाई छ ।
समाज जागरण केन्द्र स्याक नेपाल अन्र्तगत संचालित बिद्यालय वाहिर रहेका किशोर किशोरीहरुका लागी शिक्षा र विजन उपयोगी सिपमा अवसर परियोजना र खाँडाचक्र नगरपालिकाको समन्वयमा सोमवार नगरपालिकाको ६ दाहाँ र पिलीको कालिका मावीमा अनुगमन गर्दा यस्तो भेटिएको हो ।
परियोजनाले बिद्यालय बाहिर रहेका बालवालिकालाई बिद्यालय जान प्र्रेरित गराउने उदेश्यले नगरपालिकामा १७ वटा कलस्टर बनाएर अनौपचारिक शिक्षा दिएको भेटिएको छ ।
स्याक नेपालका जिल्ला संयोजक हरीभक्त तिवारी, खाँडाचक्र नगरपालिका उपप्रमुख गाणेशबहादुर शाही, युनिसेफका प्रतिनिधि फर्सुराम पन्त, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय प्रमुख प्रशास धिताल, नगरपालिका शिक्षा शाखा प्रमुख बलिराज शाही, नगर शिक्षा समितिका सदस्य भानुप्रसाद आचार्य, लगायतका जिल्लाका शिक्षा संग सरोकारराख्ने सरोकारवालाहरुको सहभागितामा अनुगमन गरिएको थियो ।
अनुगमनमा परियोजनाले राम्रो काम गरेको बताएका थिए । बिद्यालय जानबाट बञ्चित बालवालिकाहरु लाई अनौपचारिक शिक्षा सहित शैक्षिक सामाग्री सहयोग गरेको प्रति धन्यवाद दिए ।
सम्बन्धित फोटो ः
१) बिचैमा स्कुल छाडेर कलिलो उमेरमा बिवाह पछी अनौपचारिक शिक्षा लिदै गोरालबाडाकी किशोरीहरु
तस्बिर विश्वनाथ सिम्खाडा ।
Discussion about this post