Online News Khabar

जातिय छुवाछुत रोक्न स्थानिय सरकारलाई निति बनाउन सुझाव

874
SHARES
1k
VIEWS

कालिकोट – जातिय भेदभाव तथा छुवाछुत जस्ता कुप्रथालाई रोक्न स्थानिय सरकारले अनिर्वाय निति तथा नियम बनाउन कार्यक्रमका सहभागिहरुले सुझाव दिएका छन ।
आइतवार सदरमुकाम मान्ममा जातिय भेदभाव तथा छुवाछुत अन्मुलन राष्ट्रिय दिवस कार्यक्रममा सहभागिहरुले अव स्थानिय सरकारले यस्ता खालका कुप्रथारोक्न निति नियम अनिर्वाय बनाउनु र्ने सुझाव दिएका छन ।
जिल्ला प्रहरी कार्यालयको आयोजनामा संचालन भएको कार्यक्रममा फेडो नेपालको सहयोगमा जातिय छुवाछुत तथा उन्मुलनका लागी सहभागिहरु बिच अन्तरक्रिया समेत गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालको सभाअध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता, खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको विषेश आतिथ्यतामा जिल्लाका सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख सरोकारवाला र पत्रकारको उपस्थितीमा अन्तरक्रिया भएको थियो ।
बिहानी प्रभातफेरी गरी कोणसभा कार्यक्रममा बोल्ने अधिकांस सहभागिहरुले जातिय छुवाछुत मुक्त राष्ट घोषणा भएको लामो समय बित्दापनी अझै समाजमा जातिय भेदभाव तथा छुवाछुत कायमै रहनु दुखत रहेको भन्दै अव बनेका निति तथा नियमलाई कार्यन्वयन गर्न स्थानिय सरकारले कार्यविधि बनाउनु पर्ने बताएका थिए । जातिय छुवाछुत पुराना पुस्तामा देखिन्छ । नयाँ पुस्तामा छुवाछुत नरहेको सहभागिले बताए ।
कालिकोटमा जातिय छुवाछुतकै कारण गम्भिर खालका घटना घटिसकेका छन । यसलाई रोक्न स्थानिय सरकारले एनमा टेकेर जातिय विभेद गर्नेलाई दण्ड सजाय र जातिय छुवाछुत मुक्त समाजलाई पोत्साहन गर्नु पर्ने बताए ।
खाँडाचक्र नगरपालिकाले जातिय छुवाछुत मुक्त पालिका बनाउन कार्यविधि समेत पास गरिसकेको छ ।
यसैगरी जिल्लाको रास्कोट नगरपालिकाले पनी प्रभातफेरी गरी नगरमा एक कार्यक्रम गरी मनाएको छ । रास्कोट नगरपालिकाको आयोजना र सादानेपाल पलानको सहजिकरणमा बनाएको छ ।

जातिय भेदभाव तथा छुवाछुत गर्ने जो कसैलाई कानुनले कपराध कानेको छ।
नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १२ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो ।


https://lawcommission.gov.np/np/wp-content/uploads/2020/12/%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A5%80%E0%A4%AF-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%AF-%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%BF%E0%A4%95-%E0%A4%9B%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%9B%E0%A5%82%E0%A4%A4-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%AD%E0%A5%87%E0%A4%A6%E0%A4%AD%E0%A4%BE%E0%A4%B5-%E0%A4%95%E0%A4%B8%E0%A5%82%E0%A4%B0-%E0%A4%B0-%E0%A4%B8%E0%A4%9C%E0%A4%BE%E0%A4%AF-%E0%A4%90%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AC%E0%A5%AE.pdf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित