कालिकोट – अब हरेक सामुदायिक बिद्यालयमा नर्सिङ शिक्षाकाे आवश्यकता रहेकाे रास्काेट नगरपालिका उपप्रमुख मनिराज वरालले बताएका छन ।
शुक्रबार सदरमुकाम मान्ममा बालविवाह न्युनिकरण सम्बन्धि एक गाेष्ठिमा बाेल्दै उप प्रमुख वरालले
नयाँ नयाँ प्रविधि संगै फैलिएको बिकृति र यसकाे असरलाई न्युनिकरण गर्न अब हरेक बिद्यालयमा याैन शिक्षा अनिवार्य रहेकाे बताएका हुन ।
सामाजिक संञ्जालकाे दुरुपयोगले बालविवाह जस्ता अपराध बढ्दै गएकाले किशोर तथा किशोरीलाई अनिवार्य बिद्यालयमा याैन सम्बन्धि छुट्टै कक्षानै संचालन गर्नु पर्ने बताए ।
बालविवाह जस्ता अपराध बिषेशगरी अशिक्षाका कारणले नै हुने भएकाले चेतना फैलाउन आवश्यक रहेकाे बताए ।
लामाे समयदेखि बिद्यालयमा पठनपाठन गराएर राजनितीमा लागेका वरालले जनचेतनामै लाखाै खर्च भयाे । जति लगानी भयाे उति प्रतिफल देखिएन ।
अब बिद्यालयमै यस्ता जनचेतनामूलक पाठ्यक्रममै राख्दा अझै राम्रो हुने बताएका छन ।
Discussion about this post