Online News Khabar

बास बिनाको बस्ती

861
SHARES
1k
VIEWS

कालिकोट – रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई निलो जस्तापाताले सिँगारिएका एकनास घरहरूले लोभ्याउँछ । आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो । त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने र घुम्ने गर्छन । बस्ती पुग्ने धेरैको एउटै प्रश्न हुन्छ, किन सुनसान ?
पहिरोले जमिन चिरिएर थातथलोमा बस्न अयोग्य भएपछि कर्णाली प्रदेश सरकारले पहिलो पटक एकीकृत नमुना बस्तीको अवधारणा ल्यायो । पहिरोले गाउँनै जोखिम बनाएर त्रिपालको साहारामा बस्न बाध्य यहाँका समुदायका लागि बस्ती स्थानान्तरण गरेर चिटिक्क परेको एकीकृत नमुना बस्ती बन्यो ।
तर यहाँ पहिरोपीडित बस्दैनन् । उनीहरू पुरानै चिरिएको जोखिमयुक्त थातथलोमा बसिरहेका छन । एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ ।

पहिरोले पुर्णरुपमा घरमा क्षती ७३ परिवारका लागि आवास बनाइयो । चारवटा घर दलित समुदाय बाहेक अन्य समुदाय रहेका छन । नमुना बस्तीमा हाल १६ परिवारमात्रै बस्ने गरेको सोही वडाका वडाध्यक्ष कपुर महताराले बताए ।
‘अरू उतै पुरानौ थलोमा खेतीपाती गरेर बसेका छन्, यती मध्य राती सुत्न आउछन । दसैंमा आउँछन् होला ।’ ठूलो पानी प¥यो भने राति बास बस्न आउने गरेका छन । ‘रोजगारी छैन, भएको खेतीपाती बस्तुभाउ सबै उतै छ,’ उनले सुनाए, ‘ यो वस्तीमा बस्नको लागी विद्यालय छैन। खानेपानी र बत्ती पनी छैन ।’ अहिले समुदाय आफैले वस्तीसम्म पैसा उठाएर बाटो दिएका छौँ । खानेपानीको लागी एक संस्थाले डिपिआर बनाएको छ । एकीकृत बस्ती बन्ने भनेपछि खुबै हौसिएका उनी घर बनाउँदा ऋण लागेपछि निराश बनेका छन । जग्गा सम्याउन ेदेखि भेल तर्काउन नालालगायतका एकीकृत बस्ती आकर्षण बनाउन बगैंचासहितका संरचना बनाउन लागि परेको वडाध्यक्ष महताराले बताए । 

उक्त बस्तीमा बनेका घर बेचबिखन गर्न नपाउने सर्तमा बस्ती स्थानान्तरण भएको हो । वस्ती बनेको २ वर्ष बित्दासमेत बस्ती अझै आवश्यक पुर्वाधार खानेपाने , विद्यालय र बत्तीको व्यवस्था गर्न सकिरहेको छैन । जसका कारण स्थानीय बस्तीमा आउन नसकेको प्रकाश महताराले बताए ।

‘५ लाखमा घर बन्छ भने, तर सबैको घर ८ लाख रुपैयाँभन्दा कममा बनेन,’ उनले गुनासो गरे, ‘बस्तीका सबै ऋणमा डुबेका छन्, छानामात्रै छाएको घरमा कसरी बस्न सकिन्छ ?’ घर बनाउन घर निर्माणका लागी एक घरलाई सरकारले ४ लाखरुपैयाँ दिएको थियो । अपुग रकम स्थानीयले नै हालेका हुन । रास्कोट नगरपालिका वडा नम्बकर १, ३ र ७ का पहिरो पिडितहरु घर निर्माणको लागी प्रदेश सरकारले ५ करोड वजेट छुटाएको थियो ।

रास्कोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बमले भने एकीकृत बस्तीको काम सकिएको बताए । अधिकांश स्थानीयलाई थातथलो नै प्यारो लागेकाले बस्तीमा नआएको उनको भनाइ छ ।

‘हामीले बस्तीका सबै संरचना तयार पारिदिएका छौं,’ उनले भने, ‘रोजगारी र खेतीपातीकै लागि थातथलोमै बस्ने गर्दा बस्ती सुनसान छ ।’ नमुना बस्तीमा सडक, विद्युत्, खानेपानी, बालउद्यान लगायतका पूर्वाधार बनेका छैनन्। नजिकै विद्यालय र स्वास्थ्य चौकीसमेत छैन । जसका कारण बस्तीमा मान्छे नबसेका हुन । केही मान्छे छ वस्तीमा बसेका छन ।

बास्तविक पिडितले राहत नपाएर पावर र पहुचको आधारमा राहत पाएको स्थानियको गुनासो रहेको छ । २०७८ सालको बाढि पहिरोले रास्कोट नगरपालिकाका विभिन्न बस्तीहरु जोखिममा परेका छन ।
सम्बन्धित फोटोः
१) प्रदेश सरकारको सहयोगमा रास्कोट नगरपालिकामा पहिरो पिडितको लागी बनाएको एकिकृत नमुना वस्ती । तब्शिर विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित