कालिकोट – संविधानले दिएको अधिकार प्रयोग गरी महावै गाउँपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुुस्तक तयार पारेको छ ।
‘हाम्रो महावै ’ र ‘हाम्रो गौरव ’ नामको पाठ्यपुस्तक बनाएको हो । गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८० देखि गाउँपालिका भरिका विद्यालयमा सो पाठ्यक्रम लागू गर्ने जनाएको छ ।
कक्षा एकदेखि आठसम्मका विद्यार्थीले अनिवार्य अध्ययन गर्नुपर्ने गरी पाठ्यक्रम र पाठ्यपुुस्तक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । जिल्लाको स्थानिय पाठ्यक्रम तयार पारी लागु गर्ने महावै गाउँपालिका पहिलो भएको छ ।
पुस्तकमा जनयुद्धको र स्थानीय विशेषताबारे पाठ्यसामग्री
पुस्तकमा दश वर्षे जनयुद्धको एतिहास ,गाउँका पर्यटकीयस्थल, गाउँपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावना लगायतका बारेमा उल्लेख छ ।
गाउँपालिकाको सवै विद्यालयमा नमुना कार्यक्रमका रूपमा यसै शैक्षिक सत्रदेखि कक्षा एकदेखि आठ कक्षासम्म नै स्थानीय पाठ्यपुस्तक पठनपाठन सुरु भइसकेको सिंहले जानकारी दिए ।
यसै शैक्षिक सत्रदेखी पालिकाका सवै बिद्यालयमा लागुहुने गरी शुक्रबार एक कार्यक्रमका बिच प्रबोधिकरण गरिएको छ । मध्यपश्चिम विश् विद्यालयका उपप्रध्यापक कमल सिंह, लक्ष्मण सिंह लगायतको समिति बनाएर शुत्रवार महावैमा प्रबोधिकरण गरिएको छ ।
गाउँपालिकाको सार्वजनिक महत्वको क्षेत्र, चट्याङ, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको सम्भाव्य क्षेत्र र त्यसको कारण, बिभिन्ना जात जातिले मनाउने चाडपर्व, उनीहरूका रहनसहन, भेशभूषा, भाषा, संस्कृति, गाउँपालिकाभित्र रहेका खोला नालाबारेका विषयसमेत पुस्तकमा समेटिएका छन ।
यस्तै दश वर्षे जनयुद्धमा पिडित कालिकोट त्यसै भित्रको महावैको एतिहासिक युद्धप्रयटकिय क्षेत्र र यसको महत्वको विषय बढिनै प्रथामिकतामा राखेको छ ।
यसै वर्ष ३५ प्रतिशत बजेट शिक्षामा
कालिकोट जिल्ला भौगोलिक रुपमा निकै कठिनाइ छ । त्यसैमा अशिक्षा र अज्ञानताले पछाडी परेको जिल्ला हो । हुने खाने सम्पन्नशाली परिवारका छोरा छोरीहरु शहरबजारका महंगा स्कुलमा पढ्ने तर, गरिब तथा बिपन्न परिवारका छोरा छोरी गाउँका सामुदायिक विद्यालयमा पढ्ने गरेका छन । वर्षमा तिन सय ६५ दिन खुल्नु पर्ने गाउँका सामुदायिक विभिन्न बिदा, राजनितिक कार्यक्रम तथा बभिन्न वाहानामा वर्षमा दुईसय दिन पनी खुल्दैनन्
जसले गर्दा सामुदायिक विद्यालयको अवस्था नाजुक बन्दै गइरहेको छ । यस्तो कुरुप बन्दै गइरहेको सामुदायिक विद्यालयको शिक्षाको ज्योति उकास्न महावै गाउँपालिकाले यो वर्ष शिक्षामा मात्र कुल बजेटको ३५ प्रतिशत वजेट बिनियोजन गरेको छ ।पालिकाले अभिभावक शिक्षा, बिपन्न छात्रवृती अक्षयकोष, उच्च शिक्षा डाक्टर पढाउन बजेट सहित उत्कृष्ट विद्यार्थी पुरस्कार र अपुग दरबन्दि कोटा पुरा गरेको छ ।
धमाधम जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना
शिक्षामै प्रथामिकता राखेर महावै गाउँपालिकाले जनप्रतिनिधी, शिक्षक कर्मचारीका छोरा छोरी अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने निर्णय गरेको छ ।
सो निर्णयको कार्यान्वयन गर्न गाउँपालिकाले अध्यक्षले आफ्ना छोराछोरी गाउँकै सामुदायिक विद्यालयमा भर्ना गरेका छन ।
अध्यक्ष खेमबहादुर सिंहले सुर्खेतको बोडिमा पढिरेहका छोरा छोरी गाउँका सामुदायिक विद्यालयमा भर्ना गरेपछी अन्य कर्मचारी र जनप्रतिनिधिहरु यतिवेला धमाधम सरकारी विद्यालयमा भर्ना गर्न थालेका छन ।
अहिले सम्म १०जना जनप्रतिनिधि र ५१ जना कर्मचारीका अभिावकले सामुदायिक बिद्यालयमा भर्ना गरेको शिक्षा शाखाले जनाएको छ ।
आधारभूत तहको पाठ्यक्रम निर्माणको लागि गत बैशाखमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव तथा विज्ञ जीतबहादुर शाहको संयोजकत्वमा सात सदस्यीय समिति बनाएको थियो । समितिले डेढ महिनामा पाठ्यक्रम निर्माण गरेर अन्तिम रुपमा दिएको हो । कूल सात वटा विषय समेटेर निर्माण गरिएको पाठ्यक्रमको औपचारिक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
स्थानीय स्तरमा रहेका सार्वजनिक महत्त्वका विषयमा केन्द्रीय निकायलाई सबै कुरा थाहा नहुन सक्छ । थाहा भएर पनि सबै ठाउँका सबै कुरा एउटै पाठ्यक्रममा समावेश गर्न कठिन हुने गरेको शिक्षा विकास तथा समन्वय इकाई कालिकोटका प्रमुख प्रकाश धितालले बताए ।
देशका केही स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेर कार्यान्वयन गरिरहेको भए पनि अधिकांश स्थानीय तहले भने यसमा ध्यान दिन नसकेको प्रमुख धितालले बताए ।
कालिकोटमा ९ वटा स्थानीय तहहरू रहेकामा चालु शैक्षिक सत्रसम्म कुनै पनि स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन नगरेको अवस्थामा महावै पहिलो भएको छ । यसको पुर्ण रुपमा कार्यान्वयन गर्न र उदारणिय बनाउन इकाई कार्यालयपनी लागी पर्ने धितालको भनाई छ ।
सम्बन्धित फोटोः
१) जिल्लामै पहिलो पटक स्थानिय पाठ्यक्रम तयारी पारी प्रबोधिकरण गर्दै महावै गाउँपालिका ।
२)
Discussion about this post