Online News Khabar

थन्किए गोदामै आईसीयु र भेन्टिलेटर

878
SHARES
1k
VIEWS

कालिकोट – सरुवा रोग अस्पताल कालिकोटमा बिशेश्यज्ञ जनशक्तिको अभावमा आधुनिक उपकरण गोदाममै थन्किएका छन ।
२१ जनाको दरबन्द्रि रहेको एकमात्र सरुवारोग अस्पतालमा बिशेश्यज्ञ जनशक्तिको अभाव संगै बिरामी नआउदा अस्पतालको गोदाममै महंगो मुल्यमा खरिद गरिएका आईसीयु र भेन्टिलेटर थन्किएका हुन ।

कोरोना कालको बेला महंगो मुल्यमा खरिद गरिएका त केही सहयोग मार्फत दुर्गम कालिकोटले पाएका यी उपकरणहरु जनशक्तिको अभावमा अस्पतालमै थन्किनु परेको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।
मेडिकल अफिसर संगै २१ जनाको दरबन्दि रहेको सरुवा रोग अस्पतालमा अहिले ३ जनाले धानिरहेको नि Þस्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए ।
कोरोनाको बेला खरिद गरिएका उपकरणहरुले धेरैको ज्यान त बचायो तर, अहिले जनशक्ति र बिरामी नहुदा थन्काउनु परेको हो । बिकट क्षेत्रमा स्वास्थ्य साम्रगी जस्ता सम्पती हुनु जिल्लाको लागी राम्रो हो । उतिबेला यिनै साम्रगीहरुले धेरैको ज्यान जोगियो । अहिले अस्पतालको गोदाममै थन्काउनु परेको छ । कोरोका बेला पाएको जनशक्ति र उपकरणको प्रयोग गर्न जिल्लाका सरवारोग अस्पताल स्थापना गर्न पुग्यौ तर अहिले जनशक्ति छैन । बिरामी पनी छैनन् २१ जनाको दरबन्दिमा ३ जनाले मात्र सरुवारोग अस्पताल धानिरहेका छन । बाकी जिल्ला अस्पतालमा काम गरिरहेका छन ् यसमा आवश्यक एक जना मेडिकल अफिसर लगायत बिशेश्यज्ञ डाक्टरको अभाव छ ।

कोरोना महामारीमा कोभिड अस्पतालका लागी प्रदेश तथा संघीय सरकारको सहयोगमा सय बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको थियो । तर, महामारीको प्रभाव कम भएसँगै आईसीयु र भेन्टिलेटर उपकरण अस्पतालको गोदाममा थन्किएका छन् । जिल्लामा सरकारी अस्पतालको स्वास्थ्य सेवाको अवस्था र संरचनामा केही सुधार देखिए पनि सघन उपचार सेवाको अवस्था भने उस्तै नाजुक छ ।
महामारीको समयमा सञ्चालित आईसीयु र भेन्टिलेटर सेवा पछिल्लो समय प्राविधिक जनशक्तिको अभावमा थन्किएका हुन् । सरुवा रोग अस्पतालमा ८ थान आईसीयु उपकरण र केही थान भेन्टिलेटर उपकरण प्रयोग बिहिन अवस्थामा छन ।
महामारीको समयमा चलेको आईसीयु र भेन्टिलेटर सेवा प्राविधिक जनशक्ति र बिरामी नहुुँदा अहिले अस्पतालले चलाउन नसकेको अस्पतालका हेमराज बमले बताए । उनले भने, ‘अस्पतालमा आईसीयु र भेन्टिलेटर सेवा छैन । तर महामारीका समयमा अस्पतालले खरिद गरेको उपकरणहरु भने अहिले गोदाममा छन् ।’

कोरोना महामारीको समयमा सरकारले उक्त उपकरण कोभिड अस्पताललाई सहयोग गरेको थियो । ती उपकरण अहिले प्रयोगबिहीन हुँदा कालिकोट वासीले सघन स्वास्थ्य उपचार सेवाको अभाव झेल्नुु परेको छ । कतिपयले आईसीयुु तथा भेन्टिलेटरको अभावमा ज्यानसमेत गुुमाउनुु परिरहेको छ । ‘उपकरण त छन् तर संरचना छैनन्, संरचना बनाउन सकिन्थ्यो तर उपकरण चलाउने प्राविधिक जनशक्ति छैनन् ।’

उपकरण व्यवस्थापनसँगै सरकारले उक्त उपकरणको सञ्चालन तथा व्यवस्थापनका लागि संरचना र जनशक्ति बन्दोबस्त गर्न सके कालिकोट वासी सघन उपचार सेवा जिल्ला बाहिर जानुुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।
कर्णाली प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कार्यकाल सकिन लाग्दा अस्थायी कोभिड अस्पताललाई सरुवा रोग अस्पताल स्थापना गरी हतार हतारमा चुनावी नारा बनाउन बिना जनशक्तिको सरुवा रोग अस्पतालको उद्घाटन गरेका थिए । तामझामका साथ उद्घाटन गरिएको अस्पतालमा अहिले न बिराम न त जनशक्ति रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित