Online News Khabar

गाउँ जोड्ने गोरेटा बाटा जोखिम मुक्त बन्दै महावै

868
SHARES
1k
VIEWS

कालिकोट – पाँच वर्ष अघिसम्म कालिकोटको महावै गाउँपालिका–१ डिल्लीकोटका सबै टोलमा गोरेटो बाटो थिए । गाउँमा सवारी चल्ने सडक विस्तारको लहर चल्यो मानिस र गाईवस्तु ओहोरदोहोर गर्ने गोरेटा बाटो मासिन थाले ।

बनेका सडक विस्तार होस् वा नयाँ बन्ने सडक किन नहुन् ? सबैको पहिलो प्रहार बन्यो, गोरेटो बाटो । थोरै भए पनि सार्वजनिक जग्गा पर्ने, पहिलैकै बाटो हुँदै सडक बनाउँदा सहज हुने र बिना स्टिमेट बन्ने सडकका लागि पहिलेकै गोरेटो पदप्रदर्शक बन्ने भएकाले धेरैले त्यसै गरे । तर अहिले तिनै गोरेटाको अभावमा गाउँले जीवन कष्टकर बन्दै गइरहेको छ ।
डोजरले खनेका सडकका कारण गाउँनै पहिरोको जोखिममा परे । कति त गाउँनै पहिरोमा परी धेरैको ज्यान समेत गयो कती बस्तीनै स्थानन्तण गर्नु पर्दा महावै गाउँपालिकाले गाउँ भित्र पक्कि गोरेका बाटा निर्माण थालेको छ ।

सडक सबैका घर–घरमा पुग्दैन । गाउँमा मेलापात होस् वा जन्ती र मलामी जाँदा होस् हिउँदमा हिलाम्मे र वर्षाको समयमा धुलाम्मे हुने सडकले अहिले पुराना गोरेटाको याद दिलाउँछन् । डिल्लीकोट मात्रै होइन, कालिकोट जिल्लाभर रहेका अधिकांश वडामा रहेको समस्या हो यो । गोरेटोबाटो मासिँदा गाउँले जीवन प्रभावित भएपछि महावै गाउँपालिकाले मर्मत तथा निर्माणको अभियान थालेको छ । पछिल्लो एक वर्षमा पालिकानका ७ वटै वडामा चार किलोमिटर बढी गोरेटो बाटो मर्मत तथा निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

“हाम्रो वडाका सबै टोलमा गोरेटो बाटो पुगेको छ, अहिले मर्मत भएको गोरेटो बाटोले मेलापात ओहोरदोहोर गर्न सजिलो छ”, स्थानीय सविना सिंहले भनिन, “पहिलै मास्न हुन्थेन, अहिले भए पनि बनेका छन् ।” सडक बनाउँदा गोरेटो काटेर बनेका डोजरले खनेका सडकले बिपत निम्त्याएका छन । स्थानिय सरकार आएपछी धेरै जसो क्षेत्रमा गाउँ भित्रका सडकमा सडक खन्न डोजर प्रयोग गरियो । जसले गर्दा पहिरोको उच्च जोखिममा परेका छन । अहिले महावैले एक गाउँ देखी अर्को गाउँ जोड्ने गोरेटा बाटा बनाएपनी पहिरोको जोखिम बाट मुक्त भएका छौँ ।
“पहिले हामीले डहर भन्थ्यौँ, अहिले पदमार्ग भन्ने चलन छ, गोरेटो बाटो नहुँदा जनतालाई सास्ती भएको हामीले देखेका छौँ”, वडा नम्बर ४ का वडाध्यक्ष हरीबहादुर शाहीले भने, “सवारी कुद्ने सडकमात्रै सबै कुरा होइन भन्ने लाग्यो, अहिले पाँच वर्षभि डोजरले गाउँनै उजाड लाग्दा बनायो । जसले गदाए गाउँनै पहिरोको उच्च जोखिम बढायो । हामीले धेरै गोरेटा बाटो मर्मत र पुनःनिर्माण गरेका छौँ ।”

सार्वजनिक खरिद ऐनमा कुनै नयाँ संरचना बनाउँदा बनिरहेका पुराना संरचना भत्किएमा नयाँ बन्ने योजनाले नै पुराना संरचना पुनःनिर्माण गर्नुपर्ने व्यवस्था छ । तर उपभोक्ता समितिमार्फत बन्ने सडक हुन् वा निर्माण व्यवसायीले बनाउने सडक, कसैले पनि गोरेटोमा ध्यान दिएको पाइँदैन ।
डोजरले खनेका सडक पुरै गाउँनै पहिरोको जोखिममा परेका छन । “सहरको जस्तो अवस्था गाउँमा हुँदैन, सबै कामका लागि सवारी प्रयोग हुन्छन् भन्ने छैन, पैदल हिँड्न सडकमा कठिन हुन्छ”, हरीबहादुरले भने, “मेलापात, जन्ती, मलामी, वल्लोगाउँ पल्लोगाउँ गर्ने बाटासमेत नभएकाले हामीले गोरेटो पुनःनिर्माण थालेका हौँ ।”

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी मजदुरको प्रयोग गरेर सवै वडाले गोरेटो बाटो निर्माण गरेको छ । यो कार्यक्रमको परिचालन गर्दा बेरोजगारको सूचीमा रहेका सबैले सहजै काम पनि गर्न सक्ने र परिणाम पनि राम्रो आएको वडा नम्बर ३ का वडाध्यक्ष प्रसान्त सिंहको भनाइ छ । धमाधम टोलटोलमा गोरेटो बाटो मर्मत र निर्माणका काम हुन थालेपछि स्थानीयवासी हर्षित छन् । हाम्रो गाउँपालिका पहिरोको जोखिम बाट टाढा रहेको छ ।
सम्बन्धित फोटोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित