Online News Khabar

कालिकोटको विकासमा गैरसरकारी क्षेत्रकाे भुमिका महत्त्वपूर्ण : धनजित शाही

882
SHARES
1k
VIEWS

कालिकोट – जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले कालिकोटकाे बिकासमा गैरसरकारी संस्थाहरूकाे भुमिका महत्त्वपूर्ण रहेकाे बताएका छन् ।

साेमबार सदरमुकाम मान्ममा किर्डाक नेपालकाे आयाेजना र सेभद चिल्ड्रेनकाे सहयाेगमा आयाेजित कार्यक्रममा बाेल्दै प्रमुख शाहीले यस्ताे बताएका हुन ।

सरकार संगै किर्डाक नेपालले पुर्याएकाे याेगदान प्रति धन्यवाद दिएका थिए ।
कालिकोटमा विशेष गरि किर्डाकले लामाे समयदेखि भाैतिक संरचनाको विकास संगै सामाजिक क्षेत्रमा राम्रो काम गरेकाे बताए ।

साथै प्रमुख शाहीले कालिकोटमा देखिएकाे बालविवाह न्युनिकरण , बाल संरक्षणमा स्थानीय सरकारले पनि नितिगत निर्णय गर्नु पनि निर्देशन दिएका थिए ।

यस्तै कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझिले बालबालिका सम्बन्धि एैन नियम नेपालकाे संविधानमा समेत लेखिएको छ ।
यसकाे कार्यान्वयन गर्न गैरसरकारी संघ संस्थाहरूले मात्र हैन सरकारले जिम्मेवार हुनु पर्ने बताए ।
दुईदिने गाेष्ठिमा सिकेका अनुभव आफ्नाे पालिकामा

किर्डाक नेपालका जिल्ला संयाेजक तुलाराम पाण्डेकाे अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीकाे प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझिकाे विषेश आतिथ्यतामा दुई दिने गाेष्ठि सम्पन्न भएकाे थियाे ।
महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवाल, शिक्षा विकास तथा इकाई कार्यालयका प्रमुख प्रकाशचन्द धिताल प्रहरी पत्रकार र तिलागुफा, शुभकालिका,रास्काेट, शान्नि त्रिवेणी र महावै गाउँ पालिकाका जनप्रतिनिधिकाे उपस्थितिमा कार्यशाला गाेष्ठी संचालन भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित