Online News Khabar

वन डढेलाे नियन्त्रण सम्बन्धि समन्वयात्मक वैठक सम्पन्न

868
SHARES
1k
VIEWS

कालिकोट – डिभिजन बन अधिकृत रमेश कुमार गिरीकाे अध्यक्षता, प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझीकाे प्रमुख आतिथ्यतामा जिल्ला स्तरिय समन्वयत्मक वैठक बसेकाे थियाे ।

वैठकमा वन उपभाेक्ता समितिका पधाधिकारी,पत्रकार, सुरक्षा निकायका प्रमुख लगायतका बन संग सम्बन्धित सराेकावालाहरूकाे सहभागीता रहेकाे थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझिले वन डढेलाे नियन्त्रण र राेकथाममा सामुदायिक वन समिति, समुदाय र स्थानीय सरकार जिम्मेवार हुनु पर्ने बताए ।
सामुदायिक वनलाई जनचेतना मुलक कार्यक्रम र सुचना सन्देश दिएर भएपनि राेकथाम गराउनु पर्ने बताए ।

आगलागी नियन्त्रण तथा राेकथामका लागि बैठककाे आयाेजना गरिएको वन अधिकृत तथा वैठकका अध्यक्ष गिरीले बताए ।
आगलागी एउटा विपद हाे । सुख्खा खडेरीकाे याे बेलामा सवैले ख्याल गर्न आग्रह गरे ।

एतिहासिक रूपमा अमेरिका र ब्राजिलमा सवैभन्दा बढि डढेलाे लाग्ने गरेकाे छ ।नेपालकाे सन्धर्भमा कर्णालीका सल्यान, कालिकोट लगायतका क्षेत्र रहेकाे प्रमुख गिरीले जानकारी गराए ।

मानव समुदायकाे कमजाेरीले बढि डढेलाे लाग्ने सम्भावना रहेकाले आगलागीहुन नदिन सलाईकाे काँटी, लाइटर चुरूट खायर नफाल्न अपिल गरे।
यस्ता डढेलाे नियन्त्रण तथा राेकथाम गर्न सवैलाई आग्रह गरे ।

कार्यक्रमका अधिकांस सहभागीले वन डढेलाे नियन्त्रण र राेकथाम गर्न सामुदायिक वनलाई निगरानीमा राख्नु पर्ने बताए ।

विशेष गरि आगलागी नै नभएकाे बन समितिलाई प्रात्सान र आगलागी हुने वनलाई दण्ड जरिवाना हुन जरूर रहेकाे बताए ।

हरेक वन समितिमा अग्नि नियन्त्रण समिति र जनचेतनामूलक सुचना प्रवाह गर्नु पर्ने बताएका थिए ।
हरेक वनकाे क्षेत्रमा आगलागी हुने लाइट, सलाइ जस्ता वस्तु राेक्नु पर्ने बताएका थिए ।

आर्थिक वर्ष २०७६ मा ७६ र ७८ मा ५२ वटा आगलागीका घटना घटेकाे तथ्यांकमा उल्लेख छ ।
बढिजसाे पलाता, पचालझरना,खाडाचक्र र महावै रहेकाे छ ।

बैठककाे संचालन साहायक वन अधिकृत प्रकाश देवकाेटाले गरेका थिए । देवकोटाले बन संरक्षण तथा डढेलाे नियन्त्रण सम्बन्धि डिभिजन वन कार्यालयले काम गर्दै आएकाे बताए । अहिले पनि केही सामुदायिक वनहरू उदाहरणीय रहेकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित