Online News Khabar

युनिकोड

संघियताले पनी दिएन काम ः भारतमै पोखियो तीन पुस्ताको पौरख

866
SHARES
1k
VIEWS

कालिकोट- बाजुराको स्वामकिार्तिक खावर गाउँपालिकाका देविलाल कामिले भारतमा काम गर्न थालेको ३१ वर्ष भयो । १८ वर्षको कलिलो उमेरदेखि काम गर्न भारत जान थालेका उनी अहिले ४९ वर्षका भए । उमेर ढल्किंदै जाँदा पनि पौरख नमरेको बताउने उनी हरेक वर्ष कामको खोजीमा भारत जान्छन् ।
हिउँदे खेति लगाएर गत मंसिर महिनामा कामको खोजीमा भरतको नैनिताल गएका कामी फेरी बर्खे खेती लगाउन घर पर्किदै गर्दा शुक्रवार कर्णाली करिडोरमा भेटिए । भारतमा सरसफाइका कामदेखी इँटा बोक्ने काम गर्ने कामि अहिले घर बनाउने डकर्मीको सहयोगीका रूपमा काम गर्दै आएका छन् ।

‘घरपरिवारमा मेलमिलाप पनि खासै राम्रो थिएन । आर्थिक अभावले साँझ–बिहान के खाउँ के लाऔं भन्ने अवस्था थियो’ पुराना दिन सम्झँदै देवलाल भन्छन्, ‘नोकरीको खोजीमा १८ वर्षको हुँदा म भारत गएको हुँ । शुरुका दिनमा होटलमा भाडा माझ्ने काम गरें । पछि अरू काम गर्दै गएँ ।’

कामको खोजीमा भारत छिर्ने कालिकोट, बाजुरा, अछाम पहाडको गाउँबस्तीका युवाको आर्थिक, सामाजिक बाध्यताले नेपाली राज्यसत्ताको कुरुप चित्र उदाङ्गो बनाउँछ । तीन पुस्तादेखि कामको खोजीमा भारत गएर पसिना बगाउनेहरूको कथा–व्यथा । देवलालको जीवनको उर्वर समय उतै बित्यो ।
यस्तै बेलाबखत कहिलेकाहीं मात्र घर बस्नु प्रथ्यो । गाउँमै सानो पसल थियो । बुवा पनि उनी सानो भएको बेलादेखि नै भारततिर कामको खोजीमा जाने गर्थे । ‘बुवा पनि काम गर्न मुग्लान जानुहुन्थ्यो भन्ने सुनेको हो । हामी सानै थियौं पछि त उहाँ गाउँमै सानो पसल गरेर बस्नुुभएको सम्झना छ’, उनले राजधानी दैनिक सँग भने ।

देवलालको परिवारमा कस्तो छ भने उनका बुबा भारतमै काम गर्न जान्थे । देविलाल ३१ वर्षदेखि भारत आउजाउ गरिरहेका छन् र उनका आधा उमेरका छोरा दीपक कामी पनि अहिले भारतमै काम गर्छन् । काँधमा बोरा र हातमा झोला बोकेका देविलालले भने, ‘बुवाले आफ्नो पूरै जीवन भारतमा बिताउनुभयो, मैले त भारतलाई नै कर्मभूमि बनाएँ, अब मेरो छोरो पनि म संगै काम गर्न हिँड्छ । देश भन्नु त हाम्रो तीन पुस्ताका लागि चाडबाड र खेती लगाउन घर आउने ठाउँ मात्रै भयो ।’

देविलालसँगै पिठिउमा गुन्टा बोकेर घर फर्किदै गरेका अलिबहादुर दमाईको पनी जिवनको आधा दशक भारतमै काम गर्दा बित्यो । अलिबहादुर वर्षले ४६ पुगे १५ देखिको उमेरमा कामको खोजीमा भारत जाने गरेको छन । कमजोर आर्थिक अवस्थाका कारण ८ कक्षाको पढाइ छोडेर १५ वर्षको उमेरदेखि मजदूरी गर्न बुवा संगै भारत जान थालेको बताउँछन् । अहिले त बुवा छैनन् बुवा पनी भारतमै काम गरेर परिवार पाले अहिले हामिले पनी भारतमै गएर घर परिवार पालिरहेका छौँ ।

गाउँ घरमा संघियता आयो भन्छन । हामिलाई त्यो संघियता के हो थाहा छैन । कागलाई वेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । भोट माग्न आउने बेला रोजगारी दिन्छौ विकास दिन्छौ भनेर भोट माग्न आउछन । अहिले सम्म रोजगारी पाएका छैनौ । पेट पाल्न भारतमै जानु परेको छ । अझै हुने खाने जनप्रतिनिधिकै हालीमुहाली छ । हामिले भारतमा काम गर्नु पर्ने वाध्यता हटेको छैन अलिबहादुरले भने ”।

रास्कोटका धन्नाम चौलगाई २० वर्षको उमेरदेखि परदेशमा पसिना बगाउँदा बगाउँदा दिक्क छन् । आफ्नो देशमा रोजगारीको अवसर नै नपाइने कुरा बुझेर पनि ‘फेरि भारत नजाने’ बाचा सहित उनी पाँच वर्ष अघि भारतको उतर प्रदेशबाट घर फर्किएका थिए । स्वदेशमै केही गर्नुपर्छ भनेर कालिकोट फर्किंदा उनीसँग जोश–जाँगर थियो । हरसम्भव कोशिश पनि गरे ।

तर कतै केही गर्दा पनि काम पाइएन । कामका लागि सुर्खेत देखि काठमाडौंसम्म धाए केही भएन । त्यसपछि उनी गाउँमै खेतीपाती गरेर भए पनि जीविका चलाउने निर्णयमा पुगे । पहाडमा भएको जग्गामा पुखौलीले पारिवार पाल्न नसकिने भन्दै नगदे खेतीको सुरुवात गरे ।
बिदेशको दुखले झेलेका चौलगाई गाउँमा काउली, टमाटर, आलु उत्पादन गरी बिक्री गरेर केटाकेटी पाल्ने अठोट गरेका उनलाई त्यो उब्जनीले साँझ बिहानकै छाक टार्न मुश्किल पर्न थाल्यो ।
चौलगाई फेरि मुटुमाथि ढुङ्गा राखेर भारततिर हान्निए । ४२ वर्षका चौलगाई अहिले भारत काम गर्न जान थालेको ठीक २५ वर्ष पुग्यो । ‘घर परिवार चलाउन काम गर्नै पर्यो । नेपालमा कुनै काम पाइँदैन’ चौलगाईले भने, ‘पहाडमा थोरै जमीन छ त्यहाँको उत्पादनले साँझ–बिहानको छाक पनि टर्दैन । अरूतिर अवसर नमिले पनि खेतीपाती गर्दा केही प्रगति नभएर फेरि भारत जानुको विकल्प भएन ।’चार जना छोराछोरीको पढाइ खर्च, लत्ताकपडा तथा दैनिक खर्चमै कमाएको पैसा ठिक्क हुने उनी बताउँछन् ।

रास्कोट –२ का नरी सार्की ५६ वर्षका भए । २० वर्षको तन्नेरी उमेरदेखि रोजगारीको खोजीमा भारत पसेका सार्किले उतै काम गर्न थालेको २५ वर्ष पुग्यो । गुजरात राज्यको सुरत शहरमा रहेको एउटा कपडा उद्योगमा काम गर्दै आएका उनलाई अहिले आफ्नै देश बिरानो जस्तो लाग्छ ।
नरीको भनाइमा नेपालमा काम पाए उनीहरू भारत जाने थिएनन् । ‘अर्काको देशमा पसिना बगाउने रहर कसलाई पो हुन्छ र ? घर–व्यवहार चलाउन, छोराछोरीको पालनपोषण र पढाइ खर्च जुटाउन हामी भारत जान्छौं’ उनले भने, ‘मेरो तीन पुस्ताले भारतीय भूमिमै काम गर्दागर्दै जीवन बिताए । अब छोराहरूको पुस्ताले पनि यहाँ काम नपाएर उतै जानुपर्ला जस्तो अवस्था छ ।’ संघियता पछी पनी यहाँका अधिकांस नागरिक भारतकै भरमा जिवीको पार्जन गरिरहेका छन ।

सम्बन्धित फोटो ः
१) रोजगारी गरेर भारतबाट घर फर्किदै गरेका देविलाल कामी ।
२) भारतबाट काम गरी वर्खेबाली लगाउन घर फर्केका स्थानिय ।
तश्बिर विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित