Online News Khabar

यस्ताे छ गाल्जे साँघु मेलाको एतिहासिक महत्त्व

876
SHARES
1k
VIEWS

कालिकोट- देवताका छैटपैठ त अरु क्षेत्रमा पनी लाग्छन तर, यहाँको तिलागुफा नगरपालिका गाल्जेको मेला भने अचम्म लाग्दो छ ।
श्रीमानको मृत्यु भइसकेपछी ज्युदै सति गएकी सुपधराको आत्मलाई शान्ति दिन १२ वर्षपछी ठुलो मेला लागेको छ । १२ वर्षपछी ७ दिन सात रात सम्म धामी झाक्री सहित पुजा आजा भएर धुमधामका साथ सकिएको छ ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यदेवीको साघुँ मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन ।
यस्तो छ यसको इतिहास ः आजभन्दा एघार पुस्ताअघी जुविथा गाउँमा पद्म राजका ४ छोरा थिए । जसमा जेठा छोरा समुराज, माइला रुदेराजा, साइला सालिमे राजा र कान्छा सतलराजा थिए । ति चार भाइहरुमा माइला र साइला कान्छि आमाबाट र जेठा र कान्छा जेठी आमाबाट जन्मिएका थिए ।

चार भाइको यस गाउँमा शासन संचालन गर्ने क्र्ममा सवै भाइहरुको झुकावको केन्द्रविन्दु चांफासेरा भन्ने खेत नै थियो ।
यी चारभाइहरुको अशंवण्डा गर्ने क्र्ममा चांफासेरा भन्ने खेत कसका नामका अंशवण्डा हुने हो भन्ने विवाद केही समयसम्म रही रर्यो ।
अत्यमा त्यो विषयमा टुंगो नलाग्दा कान्छो भाइ सातलराजा सिंचाही गर्ने कुमुलाको कुलामा पानी ल्याउन गएको सन्दर्भ पारी गोरु जोत्न गएको वेला जेठा भाइ सम्भुराजालाई माइला भाइर साइला भाइले तछार मछार पारी दिनु दुख दिए । सुपराजालाई भाइले दिनु दुख दिएपछी उनकी पत्नी सुपधराको अर्ती उपदेश मान्दै सुपराजाले आत्महत्या गरे ।
श्रीमानको मृत्यु भएपछी सुपधरा शाहीले ६ महिनाका राइबम्भ एक छोरा कान्छा देवर सतलराजाको जिम्मा लगाई सति जाने निर्णय गरिन् ।
पतिको सव संगै सति गएकी सुपधरा शाहीले सवदाह स्थलमा पतिको चिताहमा जलेर नष्ट भइन ।
सोही पतिको पुयडतिथिका बेला पुर्नजन्म लिएर औतार लिएको हुनाले उनको नामा सुपधराबाट देवि सत्यदेवी रहन गएको हो ।
अहिले सोही चिना तिलानदीको किनारामा देवी सत्यदेवीको आत्मालाई शान्ति दिन यो मेला लाग्ने् गरेको किंबदन्ती छ ।

मेलामा हजारौँ दर्शनार्थीहरूले मेला भरेका थिए भने २२ बोकाको बली चढाइएको थियो । ‘हिउँदको समय भएकाले पनि योपल्ट मेलामा छुट्टै रौनक थियो ।
कालिकोट, जुम्ला, दैलेख, बाजुरा हुम्ला लगायत जिल्लाका दर्शनार्थीहरू पूजाआजा गर्न, मेला भर्न र बली दिन यहाँ आइपुगेका थिए,’ मेलामा पूजापाठ, दर्शन तथा मन्दिरमा बली चढाएमा सत्यदेवीले मनोकांक्षा पूरा गरिदिने धार्मिक विश्वास रहीआएको छ । गत वर्खाको बाढिले नदिमाथीको सकाठको साँघु बगाएको थियो । १२ वर्षपछीे काठको साँघु नयाँ हाली ठुलो मेला लाग्ने लागेको हो ।

राजाको ऐनभन्दा खोलाको चैन ठूलो ः राजाको ऐनभन्दा खोलाको चैन ठूलो भन्ने उखानलाई यहाँका धामीहरूले सार्थक बनाएका छन् । विशेषगरी मुद्दामामिला, ग्रहदशा, विवाह, व्रतबन्ध र अन्य विषयमा यहाँका जनता गाउँठाउँका प्रसिद्ध देवताको माडुँमा न्याय खोज्न जाने गर्छन् ।

गरिब र निमुखाको सरकारसम्म पहुँच नहुने भएपछि न्याय माग्न यहाँका देवताको माडुँहरूमा गएर न्याय खोज्ने चलन शताब्दीयौँदेखि चल्दै आएको छ ।
कालिकोटमा दुई सरकार भएको अनुभूति गर्नुहुन्छ,तिलागुफा नगरपालिका –५ का ८५ वर्षका बुद्धिजीवी तिर्थबहादुर शाही । गरिब निमुखा जनताले जुगौँदेखि देवताको माडुँ गएर न्याय माग्ने चलन छ र ढिलोचाँडो मात्रै हो, देवताले पीडितलाई न्याय दिने पनि गरेको शाहीको अनुभव छ ।
पहुँच हुने र हुनेखानेहरूले नेपाल सरकारबाट न्याय लिन्छन्, तर गरिब निमुखा भने देवताको भर पर्दै आएका छन् । जिल्लाका झन्डै ४० प्रतिशतभन्दा बढी जनताले यसरी देवतासामु न्याय माग्ने गरेको आकलन गरिएको छ ।
जसले गर्दा गाउँमा अपराध भएपनी अडा अदालत जानु परेको छैन देवताको घण्ट छुदा मुद्धा फैसला हुन्छ ।

गरिब निमुखाको अदालत ः
गाउँघरमा झैझगडा जारी, चोरी, जग्गा अंश, ठगी, ज्यानमारा आदि प्रकृतिका फौजदारी र देवानी दुवै प्रकारका मुद्दा छिन्ने काम देवताका थान माडुँबाट हुने गरेको छ । यहाँका स्थानीय जनताले देशको लिखित कानुनमाथि भन्दा अलिखित परम्परामाथि बढ्ता विश्वास गर्दै आएका छन् ।

देवताले दूधको दूध पानीको पानी हुने गरी छानबिन गर्दै न्याय दिन्छन् भन्ने धेरैजसो यहाँका जनताको मन–मस्तिष्कमा परेको छ । कतिपय सन्दर्भमा यस्ता रीतिथिति असान्दर्भिक हुँदाहुँदै पनि शिक्षाको कमी, पुरातन मान्यता र अगाध विश्वासका कारण यस्तो प्रचलनले निरन्तरता पाइरहेको छ ।
मेला मान्छेको भेटघाट हुने पनी माध्याम हो । अझत सत्यदेविको साघु मेललाको पनी फरक र एक एतिहासिक महत्व छ । नेपालमा अझै बढि पश्चिम क्षेत्रमा सति प्रथाको बिगविगीले गर्दा पनी अहिले उनको पृति प्रप्तीका लागी यो मेला लागेको हो ।

साघु मेलामा स्थानिय सरकारको साथ
गाल्जे साघँु मेलाको एतिहासिक महत्वलाई प्रचारप्रसार गर्न नगरपालिकाले पनी लगानी गरेको छ । कर्णाली राजमार्गदेखी ५० मिटर तलरहेको तिला नदि किनारा सम्म मान्छे हिड्न आरसिसी सहितको रेलिङबाटो निर्माण गरेको छ ।
नगरपालिकाले ३० लाख रकम छुटाएर राजमार्ग देखी साघुँसम्म बाटो निर्माण गरेपछी अहिले यसको महत्वका लागी साघुँ हेर्न जान थालेका छन ।
हुनत कुप्रथा भनेर हटाइएको सतिप्रथाकै कारण मान्दै आएको धार्मिक अन्धविश्वासलाई त्यती प्रथामिकता नदिनु पर्ने हो । तर, यहाँको एतिहासिक महत्वको मेला भएकाले नगरले यसलाई पर्यटकिय क्षेत्रका रुपमा पनी अगाडी सारेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । हेर्दापनी कति सुन्दर सलल बग्दै गरेको सुन्दर निलो तिलानदी माथी कडा पहाड बिचमा एतिहासिक महत्व बोकेको काठको पुल ।
नगरपालिकालाई पहिचान गराउने हाम्रो नगरको मुख्य धार्मिक रुपमा गाल्जे साघुँ र नगरपालिका भित्र रहेको तिलागुफा नै हो यसको थप पुर्वाधार व्यवस्थापन र प्रचारप्रसारमा लगानी गर्ने उपप्रमुख शाहीले बताए ।

मेलामा धामी संगै देउडाखेल
देवि देवताको मठ मन्दिरमा पुजाआजा र धामिझाकी नाच्ने चलन पुरानै परम्परा हो। तर, पछिल्लो समय यसलाई केही आधुनिक नयाँ शैलिमा जादै गएको छ ।
अहिले यस्ताखालका मेलामा देउडा र अन्य पर्यटकिय रमाइलोका रुपमा जादै गएको पाइन्छ ।
यो मेलामा पनी अहिले वृहत रुपमा देउडा खेल लगाइएको थियो । पश्चिम क्षेत्रका सुप्रशिद्ध देउडा खेलाउलाहरुको उपस्थितिमा देउडा खेल लगाएर मेला सकिएको छ ।

मेलामा देउडा, धमारी लगायतका कार्यक्रम गरी माघ १५ गतेदेखी लागेको मेला २२ गते सकिएको छ ।
सुरुमा जुविथा गाउमा ७ वटा घर मात्र रहेका थिए । अहिले ५ सय घरधुरी रहेका छन । एक घरबाट ५ हजार जती मेलाको नाममा रकम उठाएर मेला लाग्ने गरेको छ ।

सम्बन्धित फोटोः
१) १२ वर्षपछी लागेको जुविथाको साँघु मेला ।,

२) यसरी नाच्छन धामिझाक्री
३) मेलामा देउडा खेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित