Online News Khabar

युनिकोड

महावु सिमा बिवाद, धामको विकासमा दुवै पालिकाको करोडौँ खर्च

979
SHARES
1.2k
VIEWS

 

कालिकोट र दैलेखको सिमानामा पर्ने महावु धाम दुई जिल्लाको बिवादमा परेको छ । विकासका नाममा जिल्ला विकास समिति देखी अहिले सम्म करोडौँ खर्च भएपनी अहिले सम्म सिमा बिवादमै अल्झिएको छ ।
उता दैलेखको महावु गाउँपालिकाले आफ्नो भनेर दावि गरेको छ भने, यता कालिकोटको महावै गाउँपालिकाले आफ्नो भुमिमा पर्ने दावि गर्दै आइ रहेको छ ।

सवैभन्दा ठुलो शिवलिंगी रहेको महावु धाम प्रश्चिम नेपालकै ठुलो धामका रुपमा मानिदै आइरहेको छ ।
समुद्री सतहदेखि ४ हजार २०० मीटरको उचाईमा दैलेख जिल्लाको महावु र कालिकोट जिल्लाको महावै गाउँपालिकाको सीमानामा पर्ने यो सुन्दर महावु धाममा वर्षेनी १५ हजारभन्दा बढीको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने गरेका छन् । महावुकै नामबाट यी दुई स्थानीय तहको नाम महावु र महावै रहन गएको हो ।
आआफ्नो भुमिमा रहेको दावि गर्दै आएका महावै र महावु गाउँपालिकाले नापी नक्सा सहितको प्रमाणित गर्न सकिरहेका छैनन् ।

के छ यसको महत्व

 

जब बर्षायाम शुरु हुन्छ, तब बेला–बेलामा पर्ने सिमसिम पानीसँगै अग्ला र अँध्यारा लेकहरु पनि विस्तारै रंग फेर्दछन् । बर्षामा पाटनको भित्रि गोलार्धमा रहेको तालमा पनि पानी टमक्क भरिन्छ । हरिया मैदान माथि फुलेका रंगिविरंगी फूलहरु सिरसिर हावासँगै लहराइरहेका हुन्छन् त अर्कातिर पाटन वरिपरि चराचुरुङ्गीको चिरबिर आवाज गुन्जिरहन्छ । घाम लाग्दा बिहानीको पारिलो घाममा रंगहरु बदल्दै आफ्नो महिमा झल्काउँछ, महावु धाम । यति मनमोहक महावु धामले जो कोहीलाई पनि मोहित तुल्याउँछ ।
त्यसैले त बेला–बेलामा रंग फेर्ने भएकाले नै धेरै पर्यटकलाई आकर्षित गरिरहेको महावु धाम धार्मिक पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ । सुन्दर पाटनको बीचमा विशाल ढुंगा र त्यसमाथि शिवलिंगको मूर्ति छ । यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ । दैलेख र कालिकोटका साथै देशका विभिन्न भागबाट यहाँ आउने धार्मिक पर्यटक यस महावु धामको प्राकृतिक सौन्दर्यमा रमाउँदछन् ।
महावु धामलाई पछिल्लो समय कर्णाली प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा लिइएको छ । महावुबाट कर्णाली मात्र नभई ५ नम्बर प्र्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका डाँडाकाँडाहरु र बाँके, बर्दिया तथा कैलालीका समथर भूमिहरुको सजिलै अवलोकन गर्न सकिन्छ । रातिको समयमा भारतको नयाँ दिल्ली, लखनउ र उत्तरतर्फ मुगुल हिमाल लगायतका ठाउँ देख्न सकिन्छ । हिउँदमा बेला–बेलामा पर्ने सेताम्य हिउँले ढाकिदिँदा महावु धाममा बेग्लै आनन्दको अनुभूति गर्न सकिन्छ । विभिन्न जिल्लादेखि महावु पाटनमा भैंसी, भेडाबाख्रा चराउन आउने गोठलाहरुले पहिले बनाएका स–साना गोठहरु पनि यहाँ छन् ।

 

धार्मिक महत्व

 

यहाँको धार्मिक महत्व पनि छ । पाटनको बीचमा रहेको ढुंगामाथि रहेको देवतालाई महावु जगन्नाथ भन्ने गरिन्छ । महावु जगन्नाथलाई महादेवको प्रतिकको रुपमा लिइन्छ । जगन्नाथलाई प्राथना गरे आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ । धाममा हरेक वर्ष जनैपूर्णिमा मेलाका अवसरमा धेरै भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

मुख्य समस्या
यहाँको मुख्य चुनौति भनेको सडक तथा भक्तजनको लागि आवश्यक धर्मशालाहरुको अभाव नै हो । जसले गर्दा यहाँ आउने पर्यटक एवम् भक्तजनहरुले सास्ती भोग्नु परिरहेको छ । सबै भौतिक पूर्वाधारको जोहो गर्न सके यहाँ अत्यधिक संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याउन सकिन्छ ।
देशका १०० महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महावु धाम पनि समेटिएको छ । अहिले महावु गाउँपालिकाले यहाँका भौतिक पूर्वाधार लगायतको विकासमा पहल थालेको छ ।

 

धामको विकासमा करोडौँ रकम खर्च

महावुलाई पूर्णरुपमा विकसित र महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन करीब ४ अर्ब रुपैयाँ बराबरको रकम आवाश्यक पर्ने महावु गाउँपालिकाको अनुमान छ । आउँदो वर्ष धाममा धर्मशाला निर्माण थाल्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए । उता कालिकोटको महावैले आफ्नो भुमिमा पर्ने दावि गरेको छ यता हाम्रो भुमिमा पर्ने दोहोरो दावि छ ।
यसको लागी हामि दुवै जिल्लाबाट नापिको टिम लगायत प्रमुख हरुको सयुंक्त अनुगमन सहित सिमा बिवाद सुल्झाउने सल्लाह भएको अध्यक्ष शाहीको भनाई छ ।
‘हाल संघीय सरकारको त्रिदेशीय सडक निर्माणको कार्य अघि बढेको छ, जस्ले केहि सहयोग हुने अपेक्षा छ,’ शाहीले भने ।
यस्तै यस भन्दा अगाडीको स्थानिय सरकारले यसको विकासको लागी लाखो रकम खर्च गरिसकेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

आफ्नै भुमि भित्र रहेको मुख्य धामको विकासका लागी महावैले सडक देखी मन्दिर निर्माण सम्म एक करोड बढी खर्च गरिहसेको छ । अझै हामिले संघिय सरकार र स्थानिय सरकारले सडकको स्तोरोन्तीका लागी बजेट बिनियोजन गरे छौँ,’ सिंहले भने ।

यस विषयमा नेपाल पत्रकार महासंघ कालिकोटले चासो देखाएको छ । वर्षौ देखी सिमा बिवाद वारे दुवै जिल्लाका स्थानिय सरकार नापीको टोली लिएर छलफल र सहजिकरण गरी सिमा बिवाद सुल्झउने महासंघका अध्यक्ष भरतराज विष्टले बताए ।
यसमा हामि सहजिकरण गछौँ। विकासलागी कलम पनी चलाएका छौँ । उनले भने, भर्खर मात्र महासंघको चौथो बैठक पनी महावैको औला टाकुरामा सम्पन्न गरेका छौँ । हामिले केही निर्णय पनी गरेका छौँ ।

सम्बधित फोटोः

२) फोटो मन्दिर


१) महावु धाम

तश्बिर विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित