कालिकोट- जिल्लाको सान्नीत्रिवेणी गाउँपालिमा पर्ने जिउली पाटनले पर्यटकको मन लोभ्याउने गरेको छ। त्रिवेणीको काखमा रहेका दर्जनौ सुन्दर पाटनहरूले पर्यटकलाई मोहनी लगाएको हो।
त्रिवेणी आउने पर्यटकले धर्तिको भू(स्वर्गको अनुभुति गर्दछन्। पछिल्लो समय त्रिवेणी पश्चिम नेपालकै सुन्दर पर्यटकीयस्थल बनेको छ।
शान्नि त्रिवेणी गाउँपालिका मुम्राको लेकाली क्षेत्रमा रहेको सुन्दर जिउली पाटनमा पर्यटकहरूको चहलपहलले कालिकोटमा पर्यटन व्यवसायमा केही आशा पलाएको छ।
प्रायः सिजनअनुसार त्रिवेणी– जिउली पाटनमा पर्यटकहरूको ओहोरदोहोर हुने गरेको पाइन्छ। यी पाटन समुन्द्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा छन् ।
यस क्षेत्रमा बाहै महिना घुम्न नसिकने भएपनी पर्यटन प्रवद्धनका लागी सरकारले सडक संञ्जाल पुगाउन नसक्दा एक सिजनमा मात्र हुम्न सकिन्छ ।
यो अहिले त्रिवेणी धामको रूपमा परिणत भएको छ। नेपाल भरबाट हजारौं भक्तजन जिउली– त्रिवेणी पाटन भएर बडिमालिकाको दर्शन गर्न पुग्छन् । कालिकोट र बाजुराको सीमा क्षेत्रमा रहेको बडिमालिका मन्दिरको दर्शन गर्न एक दिन एक रात त्रिवेणी धाममा बास बसेर भक्तजन जाने गरेका छन्। कर्णालीका सबै जिल्ला र सुदूरपश्चिम पहाडका बझाङ, बाजुरा, डोटी, वैतडी र अछामको संगमस्थलको रूपमा त्रिवेणीधामलाई लिन सकिन्छ ।
त्रिवेणी क्षेत्रमा पुग्न तिनदिनको लामो पैदल यात्रा गर्नुपर्छ। गोरेटो बाटो गाह्रो छ। तर, पुगेपछि भने पर्यटकका मन रोमाञ्चित हुन्छन्। प्रकृतिका अनेक छटाले धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणी अत्यन्तै दर्शनीय छ । त्रिवेणी पाटनको जुनसुकै भागमा उभिएर हेर्दा पनि मानिसले मनोहक प्रकृतिको विपुल छटाहरूले घेरिएको पाउँछन् ।
त्रिवेणीको वरिपरि मिलाएर उमारिएका जस्ता लेकाली वन, पानीको कलकल र अलिपरतिर लस्करै उभिएका पाटनले त्रिवेणीलाई पृथ्वी तलको स्वर्ग जस्तै कन्चन बनाएको छ। त्रिवेणीले कर्णालीको धार्मिक सांस्कृतिक आयाम निकै थपेको छ। त्रिवेणीमा विभिन्न प्रजातिका वनस्पति रहेका छन्।
करिब १ सय ४० भन्दा बढी जातका फूल, सयौं जातका जडिबुटी, ७० भन्दा बढी प्रकारका चरा, ६ महिना घोडा भेडाहरू चराउनका लागि उपयुक्त स्थान, २२ वटा घाँसे मैदान, तीन वटा नदीको संगम रहेको पवित्र धाम, मुलुकका दर्जनौँ जिल्लालाई नियाल्न सकिने अग्ला अग्ला हिमश्रींखलाहरूले यसको थप महत्व दर्साएको छ ।
अपार पर्यटकीय सम्भावनासहितको त्रिवेणी पाटनको विकासमा सरकारको ध्यान भने पटक्कै पुगेको छैन । सिजन अनुसार मात्र पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा खाना तथा बासको राम्रो प्रबन्ध छैन। बिहीबार सिम्रिक एयरको हेलिकप्टरमार्फत कालिकोटका प्रमूख जिल्ला अधिकारी रामहरी शर्मासहित सुरक्षा निकायका प्रमुख त्यहाँ पुगेका थिए । आन्तरिक पर्यटकहरू मात्र आउने गरेको पाइएको र सबैको नजर पुगेमा विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने बताए।
संरक्षित क्षेत्र बनाइने
त्रिवेणीलाई संरक्षित क्षेत्र बनाउने तयारी रहेको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष महेस केसीले कताए । त्रिवेणी पाटन मात्र नभइ त्रिवेणीधाम रहेकाले यसको महत्व थप बढेको उनले बताए। उनले भने, ुयस क्षेत्रलाइ आगामी दिनमा संरक्षित क्षेत्रको रूपमा घोषणा गर्ने र थप पर्यटकीय सम्भावनाहरूका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ । यस क्षेत्रमा कस्तुरी, बाघ, घोरलजस्ता वन्यजन्तु पाइन्छन् ।
कालिकोटको सदरमुकाम मान्महुँदै सान्नीको मेहलमुडी र मुम्रा भएर जान सकिन्छ । विमान वा बसबाट बाजुरा लगायतका अन्य जिल्ला भएर पनि जान सकिन्छ । मान्मबाट बिहानै पैदल हिँड्दा एक दिनमा मुम्राको मालिक वन पुगिन्छ। त्यस्तै दोस्रो दिनमा त्रिवेणी पुगिन्छ। त्रिवेणीदेखि बिहानीको शीतलमा ठाडो उकालो बाटो भएर दिउँसोतिर बडिमालिका पुगिन्छ।
बढिमालिकामा जनैपूर्णिमाका अघिल्लो दिन धुमधामसँग धार्मिक मेला लाग्ने भएकाले त्रिवेणी भएर भक्तालु जाने गर्दछन। जनैपूर्णिमामा भारतको कुमाउ गढवालदेखिका त्रिवेणी आउँने गरेका पुजारी कृष्णप्रसाद धमालाले बताए ।
त्रिवेणीमा नुहाएर बढिमालिका दर्शन गरे मनले चिताएको पूरा हुन्छ। रोगव्याध नाश हुने र पदोन्नति हुने विश्वास छ। शुद्ध मनले दर्शन गरे मनोकांक्षा पूरा हुन्छ। त्यसैले सुस्वास्थ्य, धनलाभ र सुयोग्य वरबधुको कामना गर्दै यहाँ पूजा गरिन्छ।
त्रिवेणीमा दुइटा खोला छन, गंगा र जमुना। जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भन्ने धार्मिक विश्वास छ। त्रिवेणीमा अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने पनि धार्मिक विश्वास छ।
यस क्षेत्रको समृद्धि बन्नसक्छ जिउली
पर्यटनका दृष्टिले त्रिवेणी धामको जिउली वश्वकै एक आकर्षक गन्तव्य हो । यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने त्रिवेणीको सिमाना जोडिएका कालिकोट सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम र डोटीका चार जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो सहयोग पुग्ने स्थानिय कण केसी बताउछन, “कर्णालीको विकास गर्नु छ भने पहिले त्रिवेणीको विकास गर्न जरुरी भएको छ ।”
त्रिवेणी क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटकीयसँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके त्रिवेणीमा पर्यटकको ओइरो लाग्ने विश्वास केसीको छ ।
उनले भने, “त्रिवेणी पर्यटन विकास गर्न सके अर्बौँ रुपैयाँको कारोवार हुनसक्छ, तर दुर्भाग्य यो क्षेत्रमा आउने पर्यटकलाई अहिलेसम्म खाने बस्नेसम्मको न्यूनतम पूर्वाधारसमेत बन्न सकेको छैन ।” पर्यटन बाहेक बडिमालिका र त्रिवेणीको जडीबुटी र वनस्पति पनि यहाँका चार जिल्लाको अर्को आयस्रोत बन्दै आएको छ ।
यहाँ औषधिय मूल्य भएका सञ्जीवनी, गधाल्लो, बाहजडी बुटीदेखि अति महत्वपूर्ण त्रिवेणीमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको स्थानिय अनुसन्धानकर्ता कालिबहादुर बम बताउछन । यो क्षेत्रमा जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने सिङ्गो कर्णाली र सुदूरपश्चिम धान्नसक्ने गरी आर्थिक लाभ लिन सकिने दाबी गर्छन ।
बडिमालिका त्रिवेणी जस्ता पर्यटकिय क्षेत्रको प्रचारप्रसार र पर्यटकीय विकासका लागि विसं २०६४ मा बडिमालिका पर्यटन विकास समितिको गठन भएको थियो । त्यसयता झण्डै रु १० करोड विकास समितिमा आइसकेको छ ।
तर अहिलेसम्म पर्यटकलाई खाने बस्नेसम्मको व्यवस्था गरिएको छैन । बीचपानी र पाटनमा दुई वटा धर्मशाला बनाइएका भए पनि ती गुणस्तरहीन भएकाले पाहुना बस्न नमानेको स्थानीय वासीको आरोप रहेको छ ।प्रदेश सरकारले बनाएका तिनवटा धर्मशाला अहिले भत्किएका छन ।
सम्बन्धित फोटोः
१) सुन्दर त्रिवेणी संगैको जिउली पाटन
२) बडिमालिका मन्दिर
Discussion about this post