कालीकोट— घर बन्यो न घरवार बन्यो,जागिर रर्यो न अगाढी बढ्न सकियो! यो गुनासो दश वर्षे जनयुद्धका पिडित शिक्षक कलबहादुर मल्लको हो ।
एकातिर राज्य पक्षको दवाव र अर्को तिर तत्कालिन नेकपा माओवादीको, बाच्न पनी गार्यो अवस्था थियो । बाच्चियो र पो संसार देख्न पाइयो । अहिले १८ वर्षपछी उही पेषामा फर्किन पाएँ पुर्नर जन्म पाएको महसुश भएको छ ।
२०६० साल जेठ ८ गते उनको गाउँ नजिकै राज्य पक्ष नेपाली शाही सेना र माओवादी पक्षको दोहोरो भिडन्त भयो । आँखा अगाडीको घटना थियो । केही गाउँले दाजु भाइ घटनामा ज्यान गुमाए । यस्तो दोहोरो मारमा पर्दा जागिर त के आफ्नो ज्यान बचाउन मुस्किल हुन्थ्यो ।
उनले शिक्षक सेवा आयोगबाट भर्खरै नाम निकालेका थिए । विद्यालयमा जागिर खान नपाउदै उनलाई राजनिति पुर्वाग्रहकै कारण उनलाई तत्कालिन नेकपा माओवादीले मल्ललाई राजनितीमा लागेको आरोप लगाउदै अपहरण गरेर लग्यो । ६ महिना सम्म कहिले जुम्ला त, कहिले कालिकोटमै नियन्त्रणमा राखेर सजाए दियो । शिक्षक सेवामा नाम निकाली सकेपछी उनले नियुक्ती नपाउदै अपहरण गरेपछी उनले जागिर खान पाएनन् ।
राज्यले दुई दसकपछी न्याय दिएपनी आफुले न्याय पाएको महसुश गर्न नसकेको दन्द्ध पिडित मल्लले गुनासो छ । १८ वर्षपछी जागिरमा पुनर्वहाली त गर्यो तर, सेवा सुविधा बारे फैसला गरेको छैन् ।
मल्ल संगै जागिरमा पुनर्वहाली भएका अर्का दन्द्ध पिडित शिक्षक सर्पराज सिंहको पनी सुनि नसक्नु गुनासो छ । उनी साविकको ओदा गाउँ विकास समितिको देव प्राथामिक विद्यालयमा शिक्षक थिए ।
कक्षा कोठामा पढाउदै गर्दा उनलाई त्यती बेलाको सत्तापक्षले राजनिति आस्ता राखेको भन्दै कक्षा कोठाबाटै अपहरण गरेको थियो ।
२०५८ देखी अध्यापन गराउदै आएका सिंहलाई २०६० साल वैशाख ३ गते अपहरण गर्यो । उनलाई नेपाली सेनाले तत्कालिन नेकपा माओवादीमा आवद्ध भएको भन्दै नेपाली सेनाले अपहरण गरेको थियो ।
३ महिना पछी रिहा भएका सिंह अन्तत माओवादीमै भुमिगत भएर लागे , जागिर खाउँ फेरी मार्ने हुनकी भन्ने गर, नखाउ बाच्न गर्यो । जागिर गयो परिवार छोडेर राम्रो संग युद्धमा हुमिए ।
बाच्चियो अहिले संसार देख्न पाइएको छ । जिन्दगीमा केही गर्न नसकिएपनी बाच्न पाइएको छ । सुखी छौँ सिंहले भने’ ।
सम्माननिय सर्वोच्च अदालतले मलागयत कालिकोटका दश जना दन्द्ध पिडित शिक्षकको जागिरमा पुनर्वहाली गरेको छ । हामि सुखी छौँ ।
पुनर्वहली भएका शिक्षक सिंह र मल्ल शुभकालिका गाउँपालिका को अजमारे आधारभुत विद्यालयमा छन भने, अन्य आठ जना शिक्षक जिल्लाका अन्य विद्यालयमा अध्यापनका लागी खटिएका छन् ।
दश वर्षे जनयुद्धको मुख्य शिकार रुकुम रोल्पा पछी कालिकोट थियो । उतिवेला कालिकोटमा दुवैपक्षबाट गरी पाँच सय बढीले ज्यान गुमाउनु परेको थियो ।
सम्बन्धित फोटोः
१) जागिर छोडेको १८ वर्षपछी विद्यालयमा फर्किदै शिक्षक कलबहादुर मल्ल ।
२) १८ वर्षपछी विद्यालयमा फर्किदा विद्यालयले गरेको स्वागत ।
Discussion about this post