कालिकोट- कर्णालीको प्रमुख ऐतिहासिक, धार्मिक तथा प्रयटकिय स्थल बडिमालिका मन्दिर दर्शन गर्न जाने तिर्थालुहरूलाई बास बस्नका लागि बनाइएका धर्मशालाहरु भत्किएका छन् । सान्नीत्रिवेणी गाँउपालिकाको पहलमा कर्णाली प्रदेश सरकारको बजेटले त्रिवेर्ण पाटनमा निर्माण गरेका धर्मशालाहरुको रेखदेख तथा संरक्षण नहुँदा भत्किएका हुन् ।
राजनीतिक तथा आर्थिक स्वार्थमा गठन गरिएका उपभोक्ता समितले गुणस्तरहीन काम गर्दा पुण्य कामका लागि बनाईएका धर्मशालाहरु बर्षदिन नपुग्दै भत्कीएका छन् । धर्मशाला निर्माण गर्दा प्राविधिक र निर्माण उपभोक्ता समितिको लापरबाहीले निर्माणाधिन अवस्थामै भत्कीएका थिए । तर फेरी टालटुल गरी कार्यसम्पन्न प्रतिबेदनमा फोटो राख्नका लागि निर्माण गरेका धर्मशालाहरु बर्षदिन नपुग्दै भत्किएर प्रयोग बिहिन भएका छन् । त्रिवेणी जाने बाटो पत्तागाडे स्थित ३० लाखमा बन्दै गरेको भवन बनेको तिन दिनमै भत्किएको थियो । पुनः निर्माण गरेपनि ६ महिना नबित्दै फेरी भत्कीएको छ ।
कर्णाली प्रदेश सरकारले त्रिवेणीमै धर्मशाला निर्माणका लागि आर्थिक बर्ष ०७६÷७७ मा १ करोड ४५ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटलाई विभाजन गरी डिभिजन वन कार्यालय कालिकोटले त्रिवेणी पाटनमा ९० लाख, पत्तागाडेमा ३० लाख र गाइगौँड़ामा २५ लाखमा तीन धर्मशाला निर्माण गर्न उपभोक्ता समितिसँग सम्झौता गरी बजेट कार्यन्वयन गरेको थियो ।
यी तीनै धर्मशालाहरु बर्षा सुरु भएसँगै भत्किएका छन् । जहाँ अहिले मान्छे बस्न मिल्दैन् । न ढोका छन् न झ्याल । पाटनमा चर्ने पशु चौपायाको ओतलाग्ने ठाँउ बनेका छन् । गत बर्ष बनाएको धर्मशालामा यो बर्षको बढिमालिका तिर्थयात्रा जाने तिर्थालुहरुले बस्न पाएनन् ।
त्रिवेणी पाटनमा रहेको धर्मशाला आधा भत्किएको छ । स्थानिय कर्म सिम्खाडाले भने, पत्तागाडेमा रहेको धर्मशाला पुर्णरुपमा भत्किसकेको छ । भत्किएका दुबै धर्मशाला सान्नीत्रिवेणी गाउँपालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरिएका हुन् । धर्मशाला निर्माणका लागि विनियोजित बजेट हिनामिना गरी स्टमेट अनुसार काम नगरेको तिर्थालु सिम्खाडाको आरोप छ । धर्मशाला निर्माणको नाममा राजनीतिक स्वार्थका उपभोक्ता समितिहरुले टालटुल गरी रकम अनियमितता गरे । यस बिषयमा छानबिन हुनुपर्छ । कार्यकर्तालाई भरणपोषण गर्नकै लागि धर्मशालामा बजेट विनियोजन गरिँदा गुणस्तरहीन काम भएको प्राबिधिक कम्मर बमले बताए । जुन धर्मशालाहरु न्यूनतम मापदण्ड पनि पुरा गरिएन् । प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला समेत हो । कार्यकर्तालाई चित्त बुझाउने नाममा गरिएको विकासले कालिकोटमा करोडौँ रकम बालुवामा पानी जस्तै भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा त्रिवेणी पाटन पर्यटकीय गन्तव्यका रुपमा समेटिएको छ । तर पर्यटकीय क्षेत्रसम्म पुग्न गोरेटा बाटो समेत छैन् । धर्मशाला निर्माणको लाप्रबाहीका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको जनाईएको छ ।
धर्मशालाकै लागि फेरी सात करोड बजेट
कर्णाली प्रदेश सरकारले फेरी त्रिवेणीमै धर्मशाला निर्माणका लागि सात करोड बजेट बिनियोजन गरेको छ । अहिले बिनियोजन गरेको बजेट ठेक्कामार्फत निर्माण गरिने गाँउपालिका उपाध्यक्ष पार्वति सिहंले बताईन् । उनका अनुसार त्रिवेणीमा धर्मशाला निर्माणका लागि ठेक्का प्रक्रिया अगाडी बढिसकेको छ ।
उनले भनिन्, विगतमा भएको गुणस्तरहीन कामले हामीलाई अहिले थप सचेत बनाएको छ । त्यस बिषयमा अख्तीयारमै उजुरी परिसकेकाले छानबिन हुँदै जाला । अहिले निर्माण गर्न लागेको धर्मशालालाई सुविधासम्पन्न बनाउन, गुणस्तरीय काम गराउन हामी पनि नियमित अनुगमन र रेखदेख गर्नेछौँ ।
Discussion about this post