विश्वनाथ सिम्खाडा कालिकोट— प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसंगै निर्वाचनको चर्चा पनि चुलिन थालेको छ । कालिकोटमा पनि विभिन्न पार्टीका नेताहरुको बढ्दो आकांक्षा सुरु भइसकेको छ ।
दलहरु निर्वाचनको एजेण्डा तय गर्न केन्द्रित भएका छन् भने संघ तथा प्रदेशको चुनाव मिति मन्त्री परिषदले तोकेसंगै दलका नेताहरु उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्दै आफ्नो तर्फबाट तयारीमा जुटिसकेका छन् ।
यसै सन्दर्भमा प्रतिनिधिसभा निर्वाचनका लागि कालिकोट क्षेत्र नम्बर १ लाई पनी चासोका साथ हेरिएको छ । यो क्षेत्रमा ‘हेभी वेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
कालिकोटको क्षेत्र नम्बर–१ तीन दलका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हो । यो क्षेत्र सत्ता गठबन्धनको नेतृत्व गर्दै आएका कर्णाली प्रदेशका पुर्व कृषीमन्त्री शाही ’ को निर्वाचन क्षेत्र हो । उनी यो क्षेत्रबाट २०७४ सालको प्रदेश सभा सदस्यमा बिजयी सांसद हुन् ।
उनीसँगै यो क्षेत्र सत्ता गठबन्धनकै नेपाली कांग्रेशका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीको पनि निर्वाचन क्षेत्र हो । २०७४ को निर्वाचनमा पराजित भएपनी अहिले पार्टीको मुख्य पदमा छन । यस्तै सत्ता गठबन्धनकै अर्का नेता नेपाली कांग्रेशका पार्टी सभापती अम्बबहादुर शाहीको पनी यही गृह क्षेत्र हो ।
यी हुन् चर्चामा रहेका उम्मेदवार
२०६४ साल देखी लगातार ३ वटा निर्वाचनमा सफलता हात पारेर बाहुल्यता जमाएको नेकपा एमाले कुनै पनि अवस्थामा आफ्नो निर्वाचन क्षेत्र (कालिकोट–१) छोड्ने मुडमा छैन् । गठबन्धन भएकै अवस्थामा पनी एमाले सो क्षेत्रमा आफ्नो पकेट गुमाउने देखिदैन्।
सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रे यो निर्वाचन क्षेत्रमा कसिलो आँखा लगाएको छ ।गठबन्धन भएको अवस्थामा एमाले संग बिजयी हुने सम्भावना बढी रहेकाले कांग्रेसका अधिकांस नेताहरुमा टिकटको हानथाप जस्तै देखिन थालेको छ ।
लामो समयदेखी कांग्रेसको राजनिति गर्दै आइरहेका सभापती अम्बबहादुर शाहीको चासो पनी निकै देखिएको छ । उनि संगै युवा नेता मनराज शाही,२०७४ सालको निर्वाचनमा पराजित उम्मेदवार टेकराज शाही, र पदमबहादुर शाहीले पनी चुनाव लड्ने आकांक्षा देखाएका छन ।
आकांक्षा देखाएका कांग्रेसका तिनैजना उम्मेदवार आआफ्नो क्षेत्रमा बलियो नै देखिन्छन् ।
पुराना पाका नेताहरुको बिचमा युवा नेता मनराज शाहीको प्रवेशले केही राजनिति परिर्वतन देखिन सक्ने सम्भावना छ ।
यस्तै पुर्वमन्त्री कुर्मराज शाही पनी कमजोर उम्मेदावार भने हैनन्। उनको पनी यो क्षेत्र पकेट नै मानिन्छ । २०७४ सालको प्रदेश सभाको निर्वाचनमा बमगठबन्धन बाट भारी मतका साथ बिजयी शाही फेरीपनी चुनाव लड्ने योजनामा छन ।
मन्त्री हुदा केही लालछना लागेता पनी उनको एमालेमा रहदाको पार्टी कार्यकर्ता र जनताको माया त्यती घेटेको देखिदैन् । उनी अहिले नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य छन ।
शाहीको व्यक्तीगत हिसावमा जनमत रहदा पनी सानो र नयाँ पार्टीबाट चुनाव जित्न मुस्किल हुन सक्ने पनी देखिन्छ । अन्तमा गठबन्धन भएको अवस्थामा उनको पार्टी र उनलेनै टिकट पाउने लगभग निश्चीत छ।
निर्वाचन क्षेत्र नम्बर १ ठुला तिनपार्टी मध्य एमाले बलियो रहेको छ । पुर्वमन्त्री प्रेमसिंह र एमाले पार्टी अध्यक्ष जसीप्रसाद पाण्डेको निर्वाचन क्षेत्र हो ।
२०७४ सालको प्रदेश सभामा शुर्यचिन्हबाट बिजयी कुर्मराज शाही अहिले समाजवादीमा लागेपनी १ नम्बर क्षेत्र एमालेको पकटकै रुपमा मानिन्छ ।
एमालेबाट प्रदेश सांसदको लागी जसीप्रसाद पाण्डे र तुलराज मल्लको सम्भावना बढि रहेको छ । पाण्डे २०७४ सालको स्थानिय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका प्रमुखमा बिजयी भएका थिए । पाण्डेले आफ्नो ५ वर्षको कार्य अवधीमा गरिएका राम्राकामहरुले लोकप्रीय बनेका पाण्डेको जनमत पनी कमजोर छैन ।
यस्तै युवा नेता तुलाराज मल्लले पनी चुनाव लड्ने सोचमा छन । उनी पटक पटक स्थानिय तहको टिकटबाट पन्छिन पुगेका मल्ललाई यसपटक पार्टीले न्याय दिने देखिन्छ ।
यस्तै पछिल्लो समय आफ्नो मत बढाएको नेकपा माओवादी केन्द्रका नेताहरुले पनी चुनाव लड्ने आकांक्षा देखाएका छन ।
पार्टी संयोजक समेत रहेका लक्ष्मीप्रसाद चौलगाई,उनकी श्रमती एशोदा न्यौपाने, गंगा बोगटी र तिलागुफा नगरपालिकाका पुर्व मेयर रतनबहादुर शाहीले पनी चुनाव लड्ने आकांक्षा देखाएका छन ।
एशोदा न्यौपाने पार्टीको केन्द्रिय सदस्य हुन भने, अन्य उम्मेदवार प्रदेश कमिटि सदस्य हुन ।
पार्टीमा आफ्नो चुनाव लड्ने आकांक्षा देखाएपनी गठबन्धन भएमा निर्वाचन क्षेत्र १ मा नेकपा एकिकृत समाजवादी, २ मा नेपाली कांग्रेस र प्रतिनिधि सभाको लागी नेकपा माओवादी केन्द्रको भाग पर्ने देखिन्छ ।
एकैपार्टीका नेताहरुको चाहाना हेर्ने हो भने गठबन्धन हुन कालिकोटमा निकै सकस देखिन्छ ।
Discussion about this post