विश्वनाथ सिम्खाडा कालिकोट— प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसंगै निर्वाचनको चर्चा पनि चुलिन थालेको छ । कालिकोटमा पनि विभिन्न पार्टीका नेताहरुको बढ्दो आकांक्षा सुरु भइसकेको छ ।
दलहरु निर्वाचनको एजेण्डा तय गर्न केन्द्रित भएका छन् भने संघ तथा प्रदेशको चुनाव मिति मन्त्री परिषदले तोकेसंगै दलका नेताहरु उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्दै आफ्नो तर्फबाट तयारीमा जुटिसकेका छन् ।
यसै सन्दर्भमा प्रतिनिधिसभा निर्वाचनका लागि कालिकोट क्षेत्र नम्बर २ लाई निकै चासोका साथ हेरिएको छ । यो क्षेत्रमा ‘हेभी वेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
कालिकोटको क्षेत्र नम्बर–२ तीन दलका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हो । यो क्षेत्र सत्ता गठबन्धनको नेतृत्व गर्दै आएका कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही ’ को निर्वाचन क्षेत्र हो । उनी यो क्षेत्रबाट लगातार बिजयी हुँदै आइरहेका छन् ।
उनीसँगै यो क्षेत्र सत्ता गठबन्धनकै नेपाली कांग्रेशका पुराना नेता तथा कर्णाली प्रदेश समतिका उपसभापती कालीबहादुर सहकारीकोे पनि निर्वाचन क्षेत्र हो । २०७४ को निर्वाचनमा पराजित भएपनी अहिले पार्टीको मुख्य पदमा छन ।
यस्तै यही निर्वाचन क्षेत्रमा नेकपा एमालेका केन्द्रिय सदस्य नगेन्द्र शाही (नेशनल) र राष्ट्रिय सभा सदस्य मिनबहादुर शाहीको पनी निर्वाचन क्षेत्र हो । यस्तै पनी कालिकोटमा दुई वटा मात्र निर्वाचन क्षेत्र मध्य ख प्रदेश निकै चासोका साथ हेरिदै आइरहेको छ ।
यी हुन् चर्चामा रहेका उम्मेदवार
२०६४ साल देखी लगातार ३ वटा निर्वाचनमा सफलता हात पारेर बाहुल्यता जमाएको नेकपा माओवादी केन्द्रले कुनै पनि अवस्थामा आफ्नो निर्वाचन क्षेत्र (कालिकोट–२) छोड्ने मुडमा छैनन् । गठबन्धनको भागबण्डामा पनि उसले सो क्षेत्रमा आफ्नो माग दाबी गर्ने बुझिएको छ ।
यता गठबन्धनको अर्को दल नेपाली कांग्रेसबाट पनि सोही क्षेत्रबाट कहिले आफ्नै पार्टीको पेलाइ त, कहिले पार्टी भित्रकै असहयोगमा निर्वाचन हार्दै आएका पुराना नेता कालीबहादुर सहकारी छन ।
२०७० सालको प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै पार्टी भित्रको आन्तरिक बिवादका कारण टिकट गुमाएका थिए । २०७० देखी प्रतिनिधि सभामा युवा नेता भुपेन्द्रजंग शाहीको प्रवेशपछी कांग्रेसमा अरुको पालो आउन छाडेको हो ।
लगातार २ पटक प्रतिनिधिसभा को टिक भुपेन्द्रजंगको पोल्ठामा पर्ने गरेपछी सहकारीले २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन बन्दा सहकारीले प्रदेश सभाको टिकट पाएर पुर्वमख्यमन्त्री महेन्द्रबहादुर शाही संग पराजित हुनु परेको थियो ।
आगामी निर्वाचनमा भने सहकारी कुनै पनि हालतमा गठबन्दन भएमा प्रदेश सभामा र नभएमा सिंगल लड्नुपरेमा प्रतिनिधिसभाको उम्मेदवार बन्ने पक्षमा उभिएका छन् । उनले पनि चुनावको मिति ताकिए संगै सोही क्षेत्रबाट चुनाव लड्ने दाबी गर्दै आएका छन् ।
सहकारी संगै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वर्तमान राष्ट्रिय सभा सदस्य जिवन बुढाको पनि निर्वाचन क्षेत्र यही हो । गठबन्दन भएको खण्डमा पनी नभएपनी राष्ट्रियसभा सदस्य बुढाले पनि यस पटक सो क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी थालिसकेका छन् ।
उनको हैसियत र चाहाना प्रतिनिधि सभामा भएपनी पुर्व मुख्यमन्त्री महेन्द्रशादुर शाही हुदा उनी प्रदेशमा लड्न बाध्य छन ।
यता क्षेत्र नम्बर–२ लाई एमालेले पनि महत्वका साथ हेरेको छ । यो क्षेत्रमा एमालेका केन्द्रिय सदस्य नगेन्द्र शाही नेशनलको बसोबास छ । उनी सोही क्षेत्रको मतदाता पनि हुन् ।
शाही प्रतिनिधि सभामा लड्ने तयारी गरेपनी उनको निर्वाचन क्षेत्र भएकाले उनले आफ्नो साग जोगाउन एमालेबाट बलियो उम्मेदवार उठाउन खोजिरहेका छन ।
एमालेबाट पुर्व पार्टी अध्यक्ष तथा प्रदेश कमिटि सदस्य रमेश कुमार शाहीले आकांक्षा देखाएका छन् । उनी पनी बलियो उम्मेदवारका रुपमा रहेका छन ।
शाही संगै पुराना नेता २०७४ सालको निर्वाचनमा समानुपातीक उम्मेदवारको नाम परेका धिरबहादुर वमको पनी चार्चा रहेको छ । एमालेबाटै एक अर्का नेता पार्टीका प्रदेश कमिटि सदस्य बिरेन्द्र वोगटीपनी प्रदेश सभा सदस्यका लागी दावेदार रहेका छन ।
यस्तै २०५६ साल देखी नै पार्टीले उम्मेदवारका लागी शिफारिस गर्दै आइरहेका मोतिराज बमको पनी चर्चा चुलेको छ ।बम अहिलेस .स्थापन समुहमा रहेपनी बिमलेन्द्र निधी निकट मानिन्छन ।
लामो समयदेखी पार्टीमा रही अवसरलाई सरल र स्वभाविक ठान्दै आइरहेका बम यो चुनावमा सके प्रतिनिधिसभा नसके प्रदेशसभा निर्वाचनमा लड्ने मनोस्थितिमा रहेका छन ।
पार्टीको जिल्ला अधिवेशनमा संस्थापन समुह छाडर निधी समुहमा लागेको घोषणा गरेका बम केन्द्रिय महाधिवेशनमा देउवा लाई सहयोग गरेका थिए । अहिले बम जिल्लाको अभिवेशनमा चिसिएका नेता कार्यकर्ताका मनहरु रिजाउदै फकाउन थालेका छन् ।
यस्तै कांग्रेसका अर्को बौदिक नेताका रुपमा मानिदै आइरहेका नारायण भट्टराइको पनी चर्चा चुलीदै आएको छ ।
उनिपनी २०५६ सालदेखी शिफारिस हुदै आइहेका छन तर, पालो भने पाउन सकेका छैनन्। अहिले जस्तो परिस्थितिमा पनी चुनाव लड्ने दाउमा रहेका छन ।
नरहरीनाथ गाउँपालिका माडेगाउँ घर भएका उनि पार्टी र अन्य दलहरु संग राम्रो सम्बन्ध रहेको छ ।
यस्तै कांग्रेशकै अर्को युवा नेता दमनबहादुर शाहीको पनी चर्चा निकै रहेको छ ।छोटो समयमै चर्चा र पार्टीको जिम्मेवारी पद्मा पुगेका युवा नेता शाहीको प्रदेश सदस्यको लागी चर्चा चलेको छ ।
उनको परिचय जिल्ला कुरेर जन्ताको काम गर्ने नेतामा रुपमा चिनिने गरेका छन ।
नेपाली कांगे्रेश कर्णाली प्रदेश समिति सदस्यमा सवैभन्दा बढी मत ल्याएर बिजयी शाही अहिले प्रदेश कार्य समितिको प्रवक्क्ता रहेका छन ।
कार्यक्षेत्र प्रदेश राजधानी भएतापनी जिल्लामा जन्ताको काममा व्यस्त दमनशाही जेष्ठताका आधारमा सवैभन्दा कम उमेर समुहका होलान् । तर, जिल्लामा सवै कार्यकर्ता को मनमा बसिकेका छन् ।संस्थापन समुहका युवा नेता शाही अहिले जिल्लामै खटेर बसिरहेका छन् ।
कांग्रेसकै अर्का नेता हिक्मत विष्टले पनी प्रदेश सभा सदस्य लड्ने मनस्थितिमा देखिएका छन ।उनि आफ्ना नेताहरु लाई भेट्न काठमाण्डौमा छन । पार्टीले जिम्मेवारी दिएमा प्रतिनिधीसभा सदस्यमा लड्ने उनले बताएका छन ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट रास्कोट नगरपालिका पुर्व मेयर काशीचन्द्र वराल र पचालझरना गाउँपालिका पुर्व अध्यक्ष खड्डराज सेजुवालको पनी नाम चर्चामा छ ।
पार्टीमा एक वौद्धिक र शालिन नेताका रुपमा परिचित वराल र सेजुवाल पनी प्रदेश सभा सदस्यका दावेदार उम्मेदवार हुन ।वराल पार्टीको केन्द्रिय लेखा आयोगका सदस्य छन भने, सेजुवाल प्रदेश कमिटी सदस्य छन ।
यस्तै अर्को नेकपा एकिकृत (समाजवादी) का सत्ताधारी गठबन्धनकै नेता तुलाराज सिम्खाडाको पनी चर्चा निकै चुलिदै आइरहेको छ ।
एमालेमा रहदा २०६४ सालदेखीनै माननियको लागी नाम सिफरिश हुदै आइरहेका सिम्खाडा अहिले समाजवादी पार्टीमा लागेपनी उनको गठबन्धन भए पनी नभएपनी प्रदेश सभा सदस्यका दावेदार हुन् । उनी अहिले पार्टीको केन्द्रिय सदस्य समेत हुन् ।
गठबन्धन भएको अवस्थामा प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रको भाग पर्ने र दुई प्रदेश रहेको कालिकोटमा एक प्रदेशमा नेपाली कांग्रेस अर्को प्रदेशमा नेकपा एकिकृत सजावदीको भाग पर्ने देखिन्छ । कालिकोटको तुलनामा गठबन्धन गर्न निकै सकस देखिन्छ ।
यसैगरी प्रदेश सभा सदस्यको लागी युवा नेता लक्ष्मणबहादुर बमको पनी निकै चर्चा चुलिन थालेको छ ।
नेकपा माओवादी केन्द्रको प्रदेश कमिटि सदस्यबाट राजिनामा दिएर स्वतन्त्र रहेका बम प्रदेश सभा सदस्यमा बलियो उम्मेदवारी देखाएका छन ।
उनले आन्तरिक चुनावका लागी स्वतन्त्ररुपमा युवाहरु संग सल्लाह सुझाव लिरहेका छन । २०७४ सालको स्थानिय तहको निर्वाचनमा पलाँता गाउँपालिकामा बिजयी भएका बम त्यही समयदेखी चर्चामा रहेका छन ।
विकासका हिसावले पलाँताबाट चर्चामा रहेका बम पार्टीमा खटपट भएपछी अहिले स्वतन्त्र रुपमा रहेका छन । चुनावको वेला पाटीमा खटपट भएपछी स्थानिय तहको निर्वाचनमा एमाले लाई सहयोग गरेका बम अहिले एमाले र माओवादी दुवैको सहयोग पाउने आषा गरेका छन ।
गठबन्धन भएपनी आफ्नो स्वतन्त्र बलियो उम्मेदवारी रहने बताउदै आइरहेका छन । उनप्रती अहिले सवै दलहरुका कार्यकर्ताको माग र चासो रहेको देखिन्छ ।
Discussion about this post