Online News Khabar

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्वारा स्थायी दरबन्दी सिर्जना गर्न माग

880
SHARES
1k
VIEWS

 

 

 

 

कालिकोट – राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न बेथितिप्रति ध्यानाकर्षण भएको जनाउँदै स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ । महासंघका पदाधिकारीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई भेटेर १२ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।

स्वास्थ्य सेवालाइ अझै व्यवस्थित, गुणस्तरीय, सहज र पहँचयोग्य बनाउन आधारभूत स्वस्थ्य सेवा केन्द्रहरु, आधारभस्त अस्पताल र अन्य विभिन्न अस्पतालहरुलाई स्तरोन्नति गरि सेवा विस्तार गरेपनि ती संस्थाहरुको पूर्ण रुपमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन नसक्दा स्वास्थ्यकर्मीहरुको स्थायी दरबन्दि सिर्जना हुन नसकेको महासंघको भनाइ छ ।

साथै, ती संस्थाहरुमा कार्यरत स्थायी तथा करारका कर्मचारीहरुको सेवा र सुरक्षाको सुनिश्चितता नभएकाले स्वास्थ्यकर्मीहरुको मनोबल गिरेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ । ‘कतिपय संस्थाहरुमा राजनैतीक पूर्वाग्रह राखि कर्मचारीहरुलाई निष्काषन र कामबाट वञ्चित गर्ने कार्य समेत भएको छ ।

यस्तो बेथिति रोक्न तुरुन्त तत्–तत् संस्थाहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरि दरबन्दि पुनः संरचना गरियोस् र स्वस्थ्य संस्थाका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई सहज रुपमा आफ्नो कार्य सम्पादन गर्ने वातावरण अविलम्ब सिर्जना गरियोस,ध्यानाकर्षण पत्रमा भनिएको छ । ’
महासंघले ध्यानाकर्षण गराएका अन्य विषयहरु
– देश संघीयतामा गई सके पछि कर्मचारी समायोजन ऐन बमोजिम तीन तह मा समायोजन गरिदा धेरै स्वास्थ्यकर्मीले छनोट गरेको स्थानभन्दा बाहिर अपायक र समायोजन ऐनमा व्यवस्था भएका समायोजनको आधार भन्दा फरक हुने गरी समायोजन गरिँदा स्वास्थ्यकर्मीहरु समस्यामा परेका थिए ।

त्यस्तो अवस्थामा केही सहज हने गरी समायोजन व्यवस्थापन निर्देशिका जारी भए पछि दुवै तिरको सहमतिमा केही स्वास्थ्यकर्मीको समायोजन सम्बन्धि समस्यालाई सम्बोधन गरिएको थियो । हाल आफैले दिएको सहमति बमोजिम समायोजन भएका स्वास्थ्यकर्मीहरुलाई दरबन्दीभन्दा धेरै स्वास्थ्यकर्मी भए भनी सम्बन्धित पालिकाले फिर्ता गर्ने निर्णय समेत गरेकोले स्वास्थ्यकर्मी पीडित भएका छन् । दुवै तिरको सहमति मा समायोजन संशोधन भएर गएका स्वास्थ्यकर्मीहरुको व्यवस्थापन सम्बन्धित स्थानिय तह र यस मन्त्रालय ले तुरुन्त पहल गरी सम्बन्धित स्वस्थ्यकर्मीलाई यथास्थानमा काम गर्ने सहज वातावरण सिर्जना गरियोस भनी ध्यानाकर्षण गराउदछौं ।

स्वास्थ्यकर्मीहरुको नियमित रुपमा हनुपर्ने स्तरवृद्धि, बढुवा र पदपूर्ति नियमित र पारदर्शि किसिमले इन सकेको छैन जसले गर्दा हजारौं स्वास्थ्यकर्मीहरु पिडित भएका छन् । नियमित रुपमा सम्पादन गर्नपर्ने कामहरु पनि मन्त्रालय र विभागले समयभित्र र पारदर्शि रुपमा सम्पन्न गर्न सकिरहेको छैन । यस्तो ढीलासस्ती, अपारदर्शि र पक्षपातपर्ण कार्य बन्द गरिनुपर्छ र स्तरवृद्धिको नियमित काम समयसिमा तोकेर पारदर्शि किसिमले सम्पन्न गरियोस ।

– हाल स्वस्थ्य क्षेत्रमा स्वस्थ्यकर्मीहरुको परिचालनमा संघ, प्रदेश र स्थानिय तहमा देखिएको अराजक र अव्यवस्थित अवस्थाको अन्त्यका लागि समग्र स्वास्थ्य सेवालाइ संघ अन्तगत राखि प्रदेश र स्थानिय तहमा आवश्यकता अनुसार कामकाजमा खटाउने व्यवस्था हुनुपर्छ ।

– साविकको स्वस्थ्य सेवा ऐन २०५३(संसोधन सहित) मा भएको तहगत प्रणालिलाई संघ अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुमा पनि लागु गरिने व्यवस्था गरिनुपर्छ ।
– सबै स्वास्थ्यकर्मीहरुले प्राविधिक ग्रेड पाउने व्यवस्था हुनुपर्दछ ।
– समायोजन ग्रेड समायोजन भएको तह (प्रदेश र स्थानिय) मा कार्यरत रहँदासम्म यथावत (स्तरवृद्धि, तहवृद्धि, बढुवा भएतापनि ) पाउनुपर्ने ।
दुर्गम स्थानमा दरबन्दि नभएको कारणले वृद्धिविकास रोकिएका विभिन्न सेवा, समुहका स्वास्थ्यकर्मी तथा स्थानिय तहमा समायोजन पश्चात दुर्गम, अति दुर्गमको प्रावधानका कारण स्तरवृद्धि गर्न वा गराउन ऐनको बाध्यकारी व्यवस्थाका कारण समस्या भैरहेको तर ऐनको दफा ९(२)१ बमोजिमको प्रावधान आकर्षित हुने कर्मचारीको हकमा स्तरवृद्धि गर्न बाधा पर्नेछैन भनिएको, सो सन्दर्भमा संवैधानिक निकाय (अदालत, महान्यायधिवक्ताको कार्यालय) को राय समेत प्राप्त भएको, केहि स्वस्थ्यकर्मीको हकमा स्तरवृद्धि समेत भैसकेकोले उक्त बमोजिम सो प्रकृतिको स्तरवृद्धि गरिनुपर्दछ ।

– सुरु नियुक्ति आठौँ तहमा भई कार्यरत चिकित्सक लगायत अन्य जनशक्ति स्वतः नवौँ तहमा निश्चित समय अवधिभित्र वा २० प्रतिशतलाई खुल्ला राखि ८० प्रतिशतलाई न्युनतम का.स.मु.को आधारमा बढुवा गर्नुपर्दछ।
स्वास्थ्य बिमा बोर्डले पेश गरेको दरबन्दि प्राविधिक (स्वास्थ्य) पद समेत समावेश गरि छिटो स्वीकृत गरि सहज रुपमा काम गर्ने वातावरण तयार गरिनुपर्दछ।

हालै फार्मेसी निर्देशिकामा गरिएको संसोधन अवैज्ञानिक भएकोले सम्बन्धित पेशागत संघ संगठन र विज्ञ समुहसँगको परामर्शमा उक्त निर्देशिका परिमार्जन गरिनुपर्दछ ।
विभिन्न महामारी, प्राकतिक प्रकोप र विपद् व्यवस्थापन सम्बन्धमा विभिन्न सरोकारवालाहरुसँग समन्वय गरि पूर्वतयारी सहित व्यवस्थापन गरियोस ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित