Online News Khabar

सेराबाडामा बन्दै ४ सय २० मेगावाटको तिला २ जलबिद्युत आयोजना

1k
SHARES
1.2k
VIEWS

कालिकोट – जिल्लाको खाडाचक्र नगरपालिका ८ सेराबाडामा चारसय २० मेगावाटको जलबिद्युत आयोजना बन्ने भएको छ ।
शुक्रवार एक कार्यक्रमका बिच औपचारिक रुपमा जलबिद्युत आयोजनाको पावरहाउस र टनेलको निर्माण शिलन्यास गरिएको हो । खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही, प्रमुख जिल्ला अधिकारी गोकणराज सुवल, प्रहरी प्रमुख, आयोजनाका प्रतिनिधि कृष्णबहादुर चौधरी लगायतको उपस्थितीमा बिधिवत रुपमा शिलान्यास गरिएको हो ।
उर्जा तिलापावर कम्पनी प्रालीद्धारा निर्माण हुने आयोजनाको लागत रकम ७० अर्वको लागतमा निर्माण सुरु गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रको मुल्याकन गरी जग्गा अधिग्ररण गरी जग्गाको मुआब्जा समेत वितरण भइरहेको आयोजनाका प्रतिनिधी कृष्णबहादुर चौधरीले बताए । उनका अनुसार आयोजनाको सुरुवाती टनेल तिलागुफा नगरपालिकाको धनाडा देखी सेराबाडा निस्किने र पावरहाउस सेराबाडामा हुने छ । निर्माणका लागी वातावरणीय मुल्याकन समेत भइसकेको छ । अव टनेल खोप्ने कार्य सुरु हुने उनको भनाई छ ।

आयोजनाको शिलान्यास गर्दै नगरप्रमुख शाहीले यो आयोजना कर्णालीको लागी कोशेढुंगा सावित हुने बताए । तिला आयोजनाले स्थानिय रोजगारी देखी बिद्युत समेत उपयोग गर्न पाउने मात्र हैन यो एउटा विकासको नमुना हुने समेत बताए । विद्युत आयोजनाहरूले राजमार्गको आर्थिक चहलपहल र समग्र विकासमा प्रत्यक्ष र दीर्घकालीन सकारात्मक प्रभाव पार्दै आएको प्रमुख जिल्ला अधिकारी गोकणराज सुयलले बताए ।
यसले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म आर्थिक गतिविधि बढाउन मद्दत गर्दछ । विद्युत आयोजनाले आर्थिक चहलपहल बढाउने मुख्य रुपमा पूर्वाधार विकास आयोजना निर्माणका लागि सडक, पुल, र सञ्चार सुविधाहरू निर्माण हुन्छन्, जसले दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने उनको बुझाइ छ ।
रोजगारी सिर्जनाः निर्माण अवधिमा इन्जिनियर, प्राविधिक, र स्थानीय कामदारहरूले प्रत्यक्ष रोजगारी पाउने, आयोजनाहरूले पहुँचमार्ग र पूर्वाधार निर्माणमा तीव्र रोजगारी सिर्जना गरिरहेका छन्।
स्थानीय बजार र आर्थिक क्रियाकलापः निर्माण सामाग्रीको माग (सिमेन्ट, डण्डी), कामदारका लागि खाद्यान्न, र आवास व्यवस्थापनले स्थानीय पसल र व्यवसायमा चहलपहल बढाउँछ। मुआब्जा र पुनस्र्थापना जग्गा अधिग्रहण र विस्थापित परिवारहरूलाई मुआब्जा वितरण गर्दा स्थानीय तहमा ठूलो पुँजी प्रवाह हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित