कालिकोट- नेकपा एमाले कालिकोटको आठौ पुर्ण वैठकले जिल्ला अधिवेशन यही चैत २१ गतेदेखी सुरु गर्ने निर्णय गरेको छ ।
आईतबार सदरमुकाम मान्ममा बसेको आठौ पुर्ण वैठकले आउदो चैत २१ गतेदेखी २३ गतेसम्म गर्ने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ ।
नेकपा एमाले कालिकोट पार्टी अध्यक्ष जसीप्रसाद पाण्डेको अध्यक्षतामा सुरु भएको वैठकमा कालिकोट पार्टी इन्चार्ज नवराज रावतको प्रमुख आतिथ्यता, केन्द्रिय परिषद सदस्य कुर्मराज शाही लगायत प्रदेश कमिटिका सदस्यको आतिथ्यतामा वैठक सुरु भएको हो ।





